इन्फ्रास्ट्रक्चर बैंकको सेयर बाँडफाँट – अधिकतम ६० कित्तासम्म दिइने

काठमाडौं : इन्फ्रास्ट्रक्चर बैंकको सेयर बाँडफाँट  अधिकतम ६० कित्तासम्म दिइने छ।  ४९ लाख २० हजार ७२० कित्ता सेयर गोलाप्रथाबाट वितरण गरिने छ। ६० भन्दा बढी माग गर्नेले यसैबाट थप सेयर पाउने हुन्। कम्पनीले ८ अर्बको सेयर जारी गरेको हो। सेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी २० अर्ब पुग्ने छ। नेपाल इन्फ्रास्ट्रक्चर बैंकको साधारण सेयर केही बेरमा बाँडफाँट हुँदैछ। बुधबार प्रि-अलटमेन्ट भइसकेको छ।   ५० कित्तासम्म माग अनुसार नै उपलब्ध हुनेछ। कम्पनीले न्यूनतम १० कित्तामा पनि आवेदन गर्ने व्यवस्था गरेको थियो।

 

Spread the love