न्युयोर्कमा ८ जनाको ज्यान लिनेले गरे निर्दोष रहेको दावी

अक्टोबर ३१ मा न्युयोर्कको म्यानहटनमा गाडी जोताएर ८ जनाको ज्यान लिएका सेफुलो साइपभले मंगलबार अदालतमा दिएको बयानमा आफू निर्दोष रहेको दावी गरेका छन् । उनीमाथि ८ जनाको हत्या गरेको र १२ जनालाई हत्या गर्न खोजेको अभियोग छ । ८ जनाको ज्यान जानेगरी गराएको घटनालाई आतंकबादी गतिविधि भन्दै अदालतमा मुद्दा चलाइएको छ । साइपभले ८ जनाको ज्यान लिइसकेपछि नक्कली बन्दुक देखाउदै अल्लाहु अकबर भनेर चिच्याउदै भाग्न खोजेका थिए । तर प्रहरी अफिसरले गोली हानेर उनलाई नियन्त्रणमा लिएका थिए । अनुसन्धानकर्ताहरुले जोताईको ट्रक नजिकै इस्लामिक स्टेट सम्बन्धित अरबिक नोट समेत फेला पारेका थिए । घटनापछि आक्रमणकारी साइपभले अस्पतालको कोठामा उपचारका क्रममा इस्लामिक स्टेटको झण्डा टाँग्न भन्दै आफूले गरेको आक्रमणबाट खुशी भएको बताएका थिए । नोभेम्बर १ को अदालती सुनुवाईमा ह्वीलचेयरमा ल्याइएकपनि मंगलबारको सुनुवाई उनी आफै हिडेर आएका थिए ।National election of nepal Nga_chhap-lagaune

Spread the love