वाम एकताको नयाँ मोडमा

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच लगातार सात दिन कुराकानी भएपछि नेकपा एमाले र माओवादीबीच चुनावी तालमेल गर्ने र पछि दुई पार्टी नै एक बनाउने घोषणा ‘बिजुली गति’मा भएको थियो। दुई नेताबीच प्रतिनिधि र प्रदेश सभामा चुनावी तालमेल गर्ने,   तेस्रो चरणमा मधेसमा भएको स्थानीय चुनावपछि तीव्र भएको एमाले-माओवादी वार्ताले लगभग एक हप्ताभित्र आकार ग्रहण गरिसकेको थियो। टीकाको अघिल्लो दिन, महानवमीको साँझ प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा भेटेर एमालेले आफूलाई प्रतिनिधि र प्रदेश सभामा ४० प्रतिशत सिट छाडिदिने थियो। एमाले र माओवादीबीच बिजुलीको गतिमा बढेको यो वार्ता र सहमति यति गोप्य राखिएको थियो प्रचण्डको कुरा प्रधानमन्त्री देउवाले पनि पत्याएका थिएनन्। प्रचण्ड त्यहाँबाट निस्केलगत्तै बालुवाटर पुगेका कांग्रेस नेतालाई देउवाले भने एमाले  ४० प्रतिशत सिट अफर गरेको छ  । अहिले दुई पार्टीबीच चलिरहेको एकता वार्ता गोप्य छैन। वार्ता अहिले बिजुलीको गतिमा छैन, कछुवाको चालमा  चलिरहेको छ।   ‘नयाँ पार्टीको विचार के हुने र नेतृत्व कसले गर्ने भन्ने विषयमा वार्ता सुरू भएको छ, तर बुझाइमा एकरूपता कायम भइसकेको छैन,’ माओवादीका एक सेतोपाटीसँग नेताले भने ‘मूल चुनौती त्यही हो, त्यसको हल भएपछि अन्य नेताहरूको व्यवस्थापन र सांगठनिक कुरा मिलाउन सजिलो हुनेछ।’  एमाले अध्यक्ष ओलीले सार्वजनिक रूपमै पार्टी एकता र सरकार गठन फरक कुरा भएकाले एमालेका अन्य नेताहरूले भने पार्टी एकता नभए पनि सरकार गठन गरेर अघि बढाउनु पर्ने बताउँदै आएका छन्।  यसमा माओवादी नेताको मत फरक-फरक छ। एक माओवादी नेताले पार्टीको प्राथामिकता त्यही भए पनि पार्टी त्यसमै नअड्ने बताए।  माओवादीले अन्तत: के निर्णय गर्छ भन्ने कुरा प्रचण्ड के चाहन्छन् भन्नेमा भर पर्छ।

Spread the love