गरिब जनतालाई सिटामोल दिन नसक्ने देशमा नेताका अस्पतालमा अनुदान

nepal

काठमाडौँः  विभिन्न दलका नेता तथा कार्यकर्ताले आफ्ना पार्टीका चर्चित व्यक्तित्वको नाम जोडेर चलाएका अस्पतालले पहुँच र दबाबकै भरमा राज्यबाट करोडौं अनुदान लिने गरेको खुलेको छ । स्वास्थ्य मन्त्रालयले बाँड्ने यस्तो रकम कुन शीर्षकमा ,कसरी खर्च हुन्छ भन्ने अनुमानसमेत हुँदैन । प्रष्ट नीतिबिनै बाँडिने रकम चरम दुरुपयोग हुने गरेको छ । रकम पाउने अधिकांश निजी तथा सामुदायिक अस्पतालले सेवा शुल्कका नाममा बिरामीसँग पनि चर्को शुल्क असुल्दै आएका छन् ।  स्वास्थ्य मन्त्रालय,चिकित्सा सेवा महाशाखाका प्रमुख गुणराज लोहनीले सामुदायिक अस्पताललाई प्रदान गरिने अनुदान वितरणसम्बन्धी स्पष्ट नीति नहुँदा राजनीतिक पहुँचवालाले धेरैजसो रकम लैजाने गरेको छ ।  कांग्रेस नेता बिपी कोइराला,महेन्द्रनारायण निधि,गिरिजाप्रसाद कोइराला,कम्युनिष्ट पार्टी संस्थापक पुष्पलाल र कम्युनिष्ट नेता मनमोहन अधिकारीका नाममा खुलेका अस्पतालसमेत यसरी कुम्ल्याउनेमा पर्छन । स्रोत : नागरिक दैनिक

Spread the love