भारतीय शिविरमा रहेका नेपाली स्वदेश भित्रिँदै

दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरका अनुसार  भारतमा लकडाउन अर्थात् बन्दाबन्दी सुरु भएपछि भारतका विभिन्न स्थानमा रहेका नेपालीहरू आफ्नो घर फर्कन नेपाल भारत सीमामा आइपुगेपछि नेपाल सरकारले नेपालमा पनि बन्दाबन्दी रहेको भन्दै आवागमन बन्द गरिदिएको थियो। “चैत १७ गतेदेखि भारतका विभिन्न शिविरहरूमा बसेका नेपालीहरूलाई एक महिना बितिसकेपछि बिहीवार बिहान दार्चुलाका दुईवटा नाका खोलेर स्वदेश ल्याउन सुरु गरिएको हो।”

पुलघाटबाट आएकाहरूको महेन्द्र नमुना माध्यमिक विद्यालय खलङ्गा र खुलामञ्चमा स्वास्थ्य जाँच गरि बिहीवार नै सम्बन्धित स्थानीय तहमा पठाउने तयारी भइरहेको छ। दत्तु पुलघाट प्रवेश गरेकाहरूको दत्तु खेलमैदानमा स्वास्थ्य जाँच गरि सम्बन्धित जिल्लामा पठाइने बताइएको छ।बझाङ र बैतडी जिल्लाका विभिन्न स्थानीय तहका जनप्रतिनिधिहरू नै दार्चुला आइपुगेका थिए।

Spread the love