नेपाल-भारत – चीन बाटो सहरबीचको दुरी दुई तिहाइसम्म घट्ने

Nepal, India and china relation

७ जेठ, काठमाडौं । राजधानीमा बिहीबार सुरु चीन नेपाल भारत सम्बन्धको प्रमुख विशेषता र नेपालका लागि नयाँ विकास रणनीति अन्तर्राष्ट्रिय सम्मेलनमा धारणामा भारत र चीनबीच स्थलसम्पर्क भए प्रमुख दुई छिमेकीका प्रमुख सहरबीचको दुरी दुई तिहाइसम्म घट्ने विज्ञले औँल्याएका छन् । दिल्लीबाट नेपाल हुँदै चीनको कुम्निङसम्म सिधा दुरी २ हजार ८ सय ८७ किमी चोङचिङसम्म् ३ हजार १ सय ५१ र चेदुङसम्म २ हजार ९ सय ११ किमी मात्र हुन्छ । अहिले यी दुबै स्थानबीच हङकङ हुँदै जल तथा स्थलमार्गबाट सम्पर्क स्थापित छ ।स्रोत – नागरिक

Spread the love