नेपाल अमेरिका पत्रकार संघ नेजाको छैटौँ अधिवेशन सुरु

अमेरिका, अमेरिका र क्यानडामा रहेका नेपाली पत्रकारहरूको साझा संस्था नेपाल अमेरिका पत्रकार संघ, नेजाको छैटौँ अधिवेशन तथा बाह्रौं साधारणसभा भोलि जुलाई २१ तारिखबाट सुरु हुन् गैरहेको छ । साधारण सभाको सम्पूर्ण तयारी पुरा भैसकेको कुरा संयोजक ध्रुव कुँवरले जानकारी गराएका छन् । प्रमुख अतिथि नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य बिहीबार सियाटल आइसक्नु भएको छ। १ लाख ११ हजार १ सय ११ रुपैयाँ राशिको पुरस्कार यस पटक बढाएर २ लाख २२ हजार २ सय २२ रुपैयाँ पु¥याएको छ । पुरस्कार नेजाले नेपालमा नेपाल पत्रकार महासङ्घको संयोजकत्वमा ५ सदस्यीय पुरस्कार छनोट समिति र अमेरिकामा नेजा पुरस्कार छनोट समिति गठन गरी प्रदान गर्दै आएको छ । नेजाले नेपालको ग्रामीण भेगमा उत्कृष्ट पत्रकारिता गर्दै आएको एक जना पत्रकारलाई हरेक दुई वर्षमा नेजा उत्कृष्ट पत्रकारिता पुरस्कार प्रदान आएको नेजाले अधिवेशनमा भाग लिन क्यानडा, न्युयोर्क, वासिङ्टन डी.सी. मेट्रो एरिया, लस एन्जलस, सान फ्रान्सिस्को, टेक्ससको ह्युजटन र डल्लास, तथा कोलोराडोबाट सदस्यहारु आउने क्रम जारीरहेको छ ।

नेपाल सियाटल सोसाइटी, शेर्पा एसोसिएसन, नेवा: अर्गनाइजेसन लगायत स्थानीयहरूबाट कार्यक्रम सफल पूर्वक सम्पन्न गर्नको लागि सहयोग पुर्याईरहनु भएको छ ।  नेपाली समुदायमाझ नेजालाइ परिचित गराउने उद्देश्य अनुरूप उत्तर अमेरिकाका विभिन्न सहरमा साधारणसभा र अधिवेशनको आयोजना गर्दै आइरहेको छ । यसै उद्देश्य अनुरूप सन् २०१४ मा ह्युजटन, २०१५मा कोलोराडो, २०१६मा क्यालिफोर्नियाको लस एन्जलस र २०१७ मा डी.सी. मेट्रो एरिया( भर्जिनिया, मेरिल्याण्ड र वासिङ्टन डी. सी.) मा अधिवेशन तथा साधारणसभाको आयोजना गरेको थियो । अमेरिकाको उत्तर पश्चिम भागमा रहेको सुन्दर सहर सियाटलमा जुलाई २१ र २२ मा अधिवेशनको आयोजना हुन् गइरहेको छ ।

Spread the love