मास्कको कालोबजारी – पाँच रुपैयाँ पर्ने मास्कलाई ६० रुपैयाँसम्म बिक्री

काठमाडौं :  मौकाको फाइदा उठाएर व्यवसायीले पाँच रुपैयाँ पर्ने मास्कलाई ६० रुपैयाँसम्ममा बेच्न् थालेको छ। । मास्कको कालोबजारी गर्ने औषधि व्यवसायीमाथि सरकारले कारबाही थालेको छ। मौकाको फाइदा उठाएर उपभोक्ता लुट्ने व्यवसायीसँग वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले लाखौं रुपैयाँ जरिवाना असुल्न थालेको हो।
नेपालमा चिकित्सा क्षेत्र र धुलोधुवाँबाट जोगिन मास्क प्रयोग हुँदै आएको छ। यस्तो प्रयोजनमा मासिक २५ हजार थान मास्क खपत हुन्छ। नेपाल औषधि व्यवसायी संघका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठका अनुसार चीन र भारतबाट आउन बन्द भएपछि नेपाली बजारमा मास्कको चर्को अभाव भएको हो। एक स्वदेशी उद्योगबाट दैनिक करिब पाँच हजार मास्क उत्पादन हुन्छ। कच्चा पदार्थ उपलब्ध नहुँदा मागअनुसार उत्पादन हुन नसकेकोले अभाव भएको हो।

Spread the love