लव डायरिजको पहिलो गित – चलचित्र असोज ३ मा

नेपाली चलचित्र लव डायरिज्ले आफ्नो पहिलो गित सार्वजनिक गर्दै आफ्नो दम देखाएको छ । सौरव चौधरीले निर्देशन गर्नुभएको चलचित्रमा पर्यटन व्यवसायमा ख्यातिप्राप्त विनोद सापकोटाको निर्माण रहेको छ । ‘सुन्यौ कि सुनिनौ’ बोलको गीतमा नायक शुशिल श्रेष्ठ र रुविना थापाको दमदार प्रर्दशन रहेको छ । मनाङको भिम्थाङस्थित पोङकार तालमा सुटिङ गरिएको यस गितलाई सञ्जय लामाले छायांकन गर्नुभएको हो भने चलचित्र जगतमा बेष्ट अफ् टेलर मेकर साहिल खान एसोसियट निर्देशनको भूमिकामा रहनुभएकोे छ । यो गीतमा सुगम पोखरेल र स्वेच्छा ठकुरीको स्वर, अर्जुन पोखरेलको शब्द तथा संगीत छ । विक्रम लामा र एन्जिला खत्रीले कोरियोग्राफी रहेको छ । सन् २०२० लाई पर्यटन वर्षको रुपमा मनाउने सरकारको तयारी भईरहदा यस गीत पर्यटन प्रवद्र्घनको एक पाटो समेत रहेको निर्माता विनोद सापकोटा बताउनुहुन्छ । फिल्म असोज ३ गते रिलिज हुंदै छ ।

Spread the love