निषेधाज्ञामाआन्तरिक उडान बारे मंगलबार निर्णय हुने

nepal airlance

काठमाडौं : १६ गतेदेखि निषेधाज्ञा लागू घोषणा भइसकेको छ। वैशाख १६ गतेदेखि २२ गतेसम्म एक साता निषेधाज्ञा जारी गरिएको छ।  कोभिड संक्रमण नियन्त्रणका लागि काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञाको समयमा अन्तर्राष्ट्रिय हवाई उडान निरन्तर हुने भएको छ। निषेधाज्ञा जारी भएपछि एकाएक हवाई यात्राको माग बढेको छ।

जिल्ला प्रशासन कार्यालयले जारी गरेको सुचनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म जाने यात्रुलाई सवारी साधनका लागि सहजीकरण गरिने उल्लेख छ।  अन्तर्राष्ट्रिय उडानबाट विदेश जाने यात्रुहरुको हवाई टिकट, पासपोर्ट  भिसा हुनेहरुलाई सिधै एयरपोर्ट जाने सवारी साधनका लागि सहजीकरण गरिनेछ कार्यालयको जारी सूचनामा भनिएको छ।

यो देखेपछि आन्तरिक उडान गर्ने कम्पनीले अतिरिक्त उडान गर्दैछन्।  ‘आन्तरिक उडान बन्द हुने र खुल्ने विषयमा कुनै पनि आधिकारिक निर्णय आएको छैन।   यती एयरलाइन्सले मंगलबार पाँचवटा एटिआर ७२ र दुईवटा जेटस्ट्रिम गरी कुल सातवटा जहाजमार्फत ६४ वटा उडान गर्ने भएको छ। कम्पनीले यात्रु सेवा सहजतालाई मध्यनजर गर्दै रात्रीकालिन उडान हुने गन्तव्य विराटनगर, भैरहवा, नेपालगञ्ज, भद्रपुर राती ९ बजेसम्म उडान गर्ने  निषेधाज्ञामाआन्तरिक उडान बारे मंगलबार निर्णय हुने र आन्तरिक उडान खुला हुने नहुने कुराको आधिकारिक जानकारी आएको छैन। श्री एयरलाइन्सले मंगलबार र बुधबार यात्रु माग अनुसारको उडान संख्या थप्ने जनाएको छ।

Spread the love