महराविरुद्ध करणी उद्योगमा डेढ गुणा बढी सजाय हुने उल्लेख

१४ कात्तिक, काठमाडौं : महराविरुद्ध मु्लुकी अपराधसंहिताको दफा २१९ को उपदफा ३ को -ङ) बमोजिम हुने सजायमा संहिताको दफा ३४ को ३ बमोजिम कसूर गरेको अभियोगको मागदावी गरेको छ । पदको दुरुपयोग गरी कसूर गरेमा डेढ गुणा बढी सजाय हुने उल्लेख गरिएको छ । पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध जिल्ला अदालत काठमाडौंमा जबरजस्ती करणी उद्योग गरेको अभियोगको मुद्दा दर्ता भएको छ ।
महरालाई पहिलो पटक (पक्राउ परेदेखि १३ दिन) थुनामा राख्न म्याद दिएको थियो। त्यस्तै प्रहरीको अनुसन्धान नसकिएपछि कार्तिक ३ गते फेरि पाँच दिनको लागि म्याद थपिएको थियो।  
२० दिन लामो अनुसन्धानमा टोली महराले बलात्कार प्रयास गरेको निष्कर्षमा पुगेको छ ।
मुलुकी संहिताको दफा २१९ को उपदफा ३ को -ङ) मा १८ वर्षभन्दा बढी उमेरकी महिलालाई करणी गरेमा ७ देखि १० वर्ष कैद सजाय हुने व्यवस्था छ । दफा ३४ को ३ मा कसूरको उद्योग गर्ने व्यक्तिलाई तोकिएको सजायको आधामात्र सजाय हुनेछ ।

Spread the love