कोरिया जानलागेका ३७ नेपाली एरपोटमै रोकिय

koriya

६ वैशाख, काठमाडौं । व्यवस्थापिका संसदको सामाजिक न्याय तथा मानवअधिकार समितिले श्रम स्वीकृति लिएर कोरिया जान लागेका ३७ नेपालीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट फर्काइएको, कागजपत्र नक्कली भएको खुलेपछि ३७ युवा विमानस्थलबाट फर्कन बाध्य भएका थिए । वैदेशिक रोजगार विभागले सो कम्पनिमा काम गर्न श्रमस्वीकृति किन दियो भन्दै यसमा ठूलो आर्थिक चलखेल भएको आशंका गरेका थिए । घटनामा ठूलो आर्थिक चलखेल भएको आशंका गर्दै छानविन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ । साथै पीडित पक्षलाई क्षतिपूर्ति दिन र ३० दिनभित्र त्यसको जानकारी गराउन समितिले सरकारलाई निर्देशन दिएको छ ।   युनाइटेड कन्सलटेन्सी म्यानपावर कम्पनिबाट ठगिएको भन्दै गत विहीबार ३७ युवाहरुले समितिमा लिखित उजुरी दिएका थिए । श्रम स्वीकृति आए-नआएको जानकारी कामदारहरुले ४००१ मा एसएमएस गरेर पाउँछन् । त्यसपछि मात्र रकम बुझाउन भनिएको छ । एसएमएस पाएपछि ३७ युवाहरुले ८ लाख रुपैयाँको दरले रकम बुझाएका थिए । तर, कामदार माग्दै नमागेको कोरियाली कम्पनिको नाममा वैदेशिक रोजगार विभागले कसरी एसएमएस मार्फत् ‘ओके’ भएको जानकारी दियो भन्ने गम्भीर प्रश्न उब्जिएको समितिले ठहर गरेको छ ।

Spread the love