बन्द फिर्ता लिए पनि झापामा बन्दको प्रभाव

Jhapa Strike

झापा : तीस दलीय गठबन्धनले गरेको बन्द फिर्ता लिए पनि बन्दको प्रभाव आज पनि झापामा कायमै छ । कार्यालय तोडफोड गर्दै र पसल बन्द गर्दै हिँड्ने क्रममा पक्राउ परेका कार्यक्रर्ताको रिहाइको माग गर्दै एकीकृत नेकपा(माओवादी) झापाले जिल्ला बन्द गरेको जनाएको छ ।  भारतको पानीट्याङ्कीबाट धरानको बूढानीलकण्ठ दर्शनका लागि हिँडेका छ जना यात्रुलाई भ्यानबाट ओराली पश्चिमबाट पूर्वतर्फ मोटरसाइलमा आउँदै गरेका दुई जना कार्यकताले पेट्रोल छर्केर आगजनी गरी चारआली जङ्लतर्फ भागेको प्रहरीले जनाएको छ । आगजनीबाट भ्यान पूरै जलेको छ । लामो तथा छोटा दूरीका गाडी प्रहरीले स्कटिङ गरेर बिहानैदेखि चलाइरहेको छ ।

Spread the love