सीरियामा ४० प्रतिशत महिला यौन हिंसाको शिकार

दक्षिण सिरियामा यौन हिंसा व्यापक चिन्ताको विषय बनेको छ । द इन्टरनेशन रेस्क्यु कमिटीले यस किसिमको सर्भे जुन २०१५ मा सार्वजनिक गरेको रिपोर्ट अनुसार  जहाँ १९० महिला एवं युवति सहभागी थिए । सीरियाको राहत क्याम्पमा महिलाहरुको यौन शोषण भएको छ । बीबीसीको एक रिपोर्टअनुसार संयुक्त राष्ट्रसंघ एवं अन्तर्राष्ट्रिय विभिन्न संगठनको सहयोगमा राहत बाँड्न पुगेका पुरुष राहतकर्मीले महिलाहरुलाई यौन शोषण गरेका छन् । रिपोर्टमा उल्लेख भएअनुसार ४० प्रतिशत महिलाले यौन हिंसाको शिकार भएको बताएका जनाएको छ । बीबीसीले जनाए अनुसार यस रिपोर्टलाई १५ जुलाई २०१५ को संयुक्त राष्ट्र संघ जनसंख्या कोषको बैठकमा पेश गरेको थियो । जोर्डनको राजधानी अम्मानमा भएको यस बैठकमा संयुक्त राष्ट्र एवं अन्तराष्ट्रिय संगठनले सहभागीता जनाएका थिए ।Women-from-Syria

Spread the love