नवलपरासीको अमलटारीमा प्रथम होम स्टेको महाधिवेशन हुदैं

home stay in nawalparasi
 १८ चैत, काठमाडौं – पछिल्लो समय होम स्टेमा पाहुना (पर्यटक) हरुको आकर्षण बढेकाले यसलाई व्यवस्थित गर्न उनीहरुले चैतको १९, २० र २१ गते नवलपरासीको अमलटारीमा प्रथम होम स्टे महाधिवेशन गर्न लागेका हुन् । देशभरि रहेका होमस्टे सञ्चालकहरुले सङगठित भइ महाधिवेशन गर्ने भएका छन् ।  एक सय ४५ होम स्टे सञ्चालक सहभागी हुने महाधिवेशनले पर्यटन प्रवद्र्धनमा होम स्टेले खेलेको भूमिकाका विषयमा चर्चा गर्ने बताइएको छ । सो महाधिवेशनको पर्यटन मन्त्री दीपक अमात्यले उद्घाटन गर्ने कार्यक्रम रहेको अमटारी मध्यवर्ती होम स्टेका अध्यक्ष प्रेमशङकर मर्दनियाले जानकारी दिए ।
Spread the love