ग्रेटर पोखरा अभियान संचालनमा

Pokhara
काठमाडौं : नेपालको प्रमुख पर्यटकीय गन्तव्य पोखराको प्रवद्र्धन गर्न सरकारले ग्रेटर पोखराको अवधारणा अगाडि सारेको छ। भैरहवामा गौतमबुद्ध विमानस्थल निर्माण हुने र यस क्षेत्रमा पर्यटकीय गतिविधि बढाउन बृहत् योजना आइरहेकाले अर्को पर्यटकीय गन्तव्य पोखरामा पनि नयाँ अवधारणा ल्याउन लागिएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जानकारी दिएको छ।

नेपाल आइपुगेका पर्यटकलाई काठमाडौं, चितवन, लुम्बिनी र पोखरा लैजान एकपछि अर्को नयाँ अवधारणा अघि सार्दै जाने मन्त्रालयका पदाधिकारीको भनाइ छ। पहिलो चरणमा ‘ग्रेटर पोखरा’को अवधारण अगाडि सारिएको पर्यटन मन्त्रालयका उपसचिव राजेन्द्र सिग्देलले बताए।  उनका अनुसार १० वर्षदेखि पोखरामा कुनै पनि नयाँ पर्यटकीय गतिविधि नबढेकोले थप योजना ल्याउन यो अवधारणा अगाडि सारिएको हो। पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलसमेत निर्माण हुने भएको छ। विमानस्थल निर्माणपछि पोखरा आउने पर्यटकको बसाइ बढाउन पनि नयाँ पर्यटकीय योजना आवश्यक परेको मन्त्रालयको बुझाइ छ। नेपाल आइपुगेका पर्यटकलाई काठमाडौं, चितवन, लुम्बिनी र पोखरा लैजान एकपछि अर्को नयाँ अवधारणा अघि सार्दै जाने सरकारी योजना छ।
Spread the love