अहिलेसम्मकै सुनको रेकर्ड तोड्यो

सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ। २३ गते ७६ हजार ५ सय रुपैयाँमा पुगरे सुनको मूल्यले त्यसअघिका रेकर्ड तोडेको थियो। सुनचाँदी व्यवसायी महासंघकाअनुसार मंगलबारका लागि नेपाली बजारमा प्रतितोला छापावाल सुनको मूल्य ७६ हजार ७ सय पुगेको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १५ सय ८८ अमेरिकी डलरमा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय मिडियाहरुले सुनको मूल्य अझै बढ्ने बताइरहेका छन्। नेपाली सुनचाँदी व्यवासायी महासंघले पनि सुनको मूल्य अझै बढ्नसक्ने अनुमान गरिरहेको छ। सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको  हाे। अहिले अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य बढेको छ।

Spread the love