गगन थापालाई ५१ किलोको फूलको माला

नेपालगन्ज: नेपाली कांग्रेस कोहलपुर नगर इकाई समितिका सभापति बलराम शर्माले ५१ किलोको फूलको मालाले थापालाई स्वागत गरेका छन् । बुधबार कोहलपुरमा स्थापना भएको स्वास्थ्य केन्द्रको उद्घाटन गर्न पुगेका स्वास्थ्यमन्त्री गगन थापालाई स्थानीयले ५१ किलोको फूलको माला लगाएर स्वागत गरेका छन् ।  स्वास्थ्यमन्त्री थापाले औषधि स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सरकारले अभावका कारण कुनै नेपालीले ज्यान गुमाउन नपर्ने बताएका छन् । उनले देशैभर औषधिको अभावलाई परिपूर्ति गर्नका लागि विभागका महानिर्देशकलाई निर्देशनसमेत दिए । उनले विकट क्षेत्रमा खटिने स्वास्थ्यकर्मीलाई प्रोत्साहान भत्ताको व्यवस्था गरेर कर्मचारी टिकाउने नीति ल्याउने आश्वासन दिए ।   नेपाली कांग्रेस कोहलपुर नगर इकाई समितिका सभापति बलराम शर्माले ५१ किलोको फूलको मालाले थापालाई स्वागत गरेका हुन्।

Spread the love