जंगलमा निरन्तर आगलागीका कारण मनाङको जनजिवन अस्तव्यस्त

निरन्तर पाँच दिनदेखि जंगलमा  लागेको आगोका कारण मनाङको नासो गाउँपालिकाको जनजिवन अस्तव्यस्त भएको छ । सुरक्षाकर्मी तथा स्थानीयको कठोर संघर्ष पछि आगोबाट गाउँ जोगिए पनि जङगलको आगो भने निणन्त्रणमा आउन सकेको छैन । मनाङका प्रमुख जिल्ला अधिकारीले भने जिल्लास्थित सबै सुरक्षा निकाय तथा स्थानीयको पहलमा अपराधीको खोजी भइरहेको जानकारी दिएको छ । आगलागीबाट हालसम्म २ हजार हेक्टर बढी जंगल सखाप बनेको छ ।  मनाङका प्रमुख जिल्ला अधिकारीका अनुसार  लोपोन्मुख जंगली जीवजन्तुको क्षतिको विवरण पनि लिन सक्ने अवस्था नरहेको बताईएको छ । आगलागीका कारण मनाङका धेरै गाउँवासी पिरो धुँवासंग पौठेजोरी खेल्दै खरानीको धुलोसंग जुझ्न विवश भएको छ।

 

Spread the love