चुनावी गतिवधि सुरु भएसँगै – कसले हान्दै छ बम ?

काठमाडौं : इलाका प्रहरी कार्यालय तुलसीपुरअन्तर्गत कार्यरत चौधरीको उपचारक्रममा नेपालगन्जस्थित कोहलपुर मेडिकल कलेजमा निधन भएको छ   ।  चुनावी गतिवधि सुरु भएसँगै तीव्र बनेको विस्फोटमा पहिलोपटक मानवीय क्षति भएपछि आमजनताले बम विस्फोट गराउनेको खोजी गर्न सरकारलाई दबाब दिइरहेका छन् । विस्फोट गराउँदै हिँड्ने विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता हुन् वा उच्छृंखल समूह वा सर्वसाधारणले भन्ने गरेजस्तो ‘अदृश्य विदेशी शक्ति’ या अरू कुनै समूह ? यसबारे सरकारसँग प्रशस्त सूचना भएको र सुरक्षा निकायले पहिचान पनि गरिसकेको विभिन्न स्रोतले पुष्टि गरेका छन् ।  गत मंगलबार दाङमा गराइएको बम विस्फोटमा परी घाइते भएका म्यादी प्रहरी विनोद चौधरीको बुधबार बिहान उपचारक्रममा मृत्यु भयो ।   ‘के उद्देश्यले र कसले गराएको थियो विस्फोट ? मुलुकभर कसले र किन बम पड्काइरहेको छ ? ‘ आमजनता यसको जवाफ खोजिरहेका छन् । निर्वाचन प्रक्रिया सुरु भएदेखि लगातार भएका विस्फोटमा कैयौं घाइते भएका छन् । राजधानीलगायत मुलुकभर नै विस्फोट भइरहेको छ ।  विस्फोटन गराउँदै हिँड्ने समूह बलियो र राज्यचाहिँ उनीहरूको अगाडि निरीहझैँ बनेको छ । सुरक्षाकर्मीकै ज्यान जाने गरी भएका यस्ता घटनामा संलग्नको पहिचान गर्न नसक्नु र ‘अनुसन्धान हुँदै छ’ भन्ने ओठे जवाफ मात्रै दिइनु गम्भीर विषय हो ।

Spread the love