दोलखामा कोरोनाको खोप लगाएका बिरामी हिँडडुल गर्न नै नसक्ने

दोलखा: माघ १४ गते बुधबार पहिलो दिन दोलखामा कोभिड–१९ संक्रमण विरुद्धको कोभीसिल्ड लगाएकाहरु बिरामी पर्न थालेका छन् । पहिलो चरणको पहिलो डोजको भ्याक्सिन दोलखाका फ्रन्टलाईनरमध्येका २१४० जनालाई लगाउने योजना अनुसार शुक्रबारसम्म ४६५ जनाले भ्याक्सिन लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ । सदरमुकाम चरिकोटस्थित चरिकोट अस्पताल र जिरी अस्पतालमा बुधबार पहिलो डोजको कोभीसिल्ड भ्याक्सिन लगाएका स्वास्थ्यकर्मीमध्ये केही बिरामी पर्न थालेका हुन् । बुधबार १५५ जनाले भ्याक्सिन लगाएकोमा करिब ५५ जना हिँडडुल गर्न नै नसक्ने गरी थलिएका छन्। बिरामी पर्न थालेको जानकारी प्राप्त भएको’ जनाउँदै स्वास्थ्य कार्यालय दोलखाका प्रमुख विभुकुमार भने सामान्य अफ्ठ्यारो भए पनि अस्पताल नै भर्ना गर्नुपर्ने बिरामी भएका छैनन् । भ्याक्सिन लगाउने भनेको भाइरस नै शरीरमा पठाउने भएकोले केही असहज त भैहाल्छ’ स्वास्थ्य कार्यालय प्रमुख झाले भने, ‘कतिपय अवस्थामा खोप लगाएकाहरुलाई कोरोना रोगकै जस्तो लक्षण पनि देखिन सक्छ ।’

 

Spread the love