कोरना नभएको पुष्टिपछि १७५ जना नेपाली ल्याइयो

काठमाडौं : विशेष व्यवस्था गरेर चीनको वुहान शहरबाट एक सय ७५ जना नेपालीलाई सरकारले स्वदेश ल्याएको छ। एक सय ७५ जनाको स्वास्थ्यमा कुनै समस्या नदेखिएपछि सबै जनालाई भक्तपुरको खरिपाटीमा रहेको नेपाल विद्युत् प्राधिकरणमा बनाइएको क्वारेन्टाइनमा राख्ने व्यवस्था सरकारलु गरेको थियो।
१७० जना विद्यार्थीसहित दुई बालबालिका, दुई पर्यटक र एक जना कामदार नेपाल फर्किएका हुन् । वुहानबाट ५५ जना, झिङझाओबाट ४८, सियनबाट २९ जना, इन्सीबाट २६ जना, जिङमेनबाट ९ जना र यिचाङबाट ८ जना गरि एक सय ३४ जना पुरुष र ४१ जना महिलासहित एक सय ७५ जना नेपाल ल्याइएको थियो ।

Spread the love