प्रदेश १ ले कोरोना भाइरस सङ्क्रमणको चाप थेग्ला

प्रदेश नं १ मा कोरोनाभाइरसबाट सङ्क्रमितहरूको सङ्ख्या बढदै जाँदा उपचारका लागि थप अस्पतालमा उपचारको प्रबन्ध र स्वाब परीक्षणका लागि प्रयोगशाला विस्तारको तयारी भइरहेको प्रदेश सरकारले बताएको छ । उदयपुरको त्रियु गा नगरपालिकाको भुल्केस्थित एक मस्जिदमा बसेका धेरै मानिसमा एकैसाथ कोरोनाभाइरसको सङ्क्रमण देखिएको थियो। झापा र भोजपुरमा भेटिएका सङ्क्रमितहरूको समेत विराटनगरकै कोशी अस्पतालको कोभिड-१९ उपचार केन्द्रमा उपचार भइरहेको छ। प्रदेश १ ले कोरोना भाइरस सङ्क्रमणको चाप थेग्ला त ?

५० शय्या क्षमता भएको विराटनगरको कोभिड-१९ उपचार केन्द्र सङ्क्रमितहरूले भरिने छ ।चिन्तामाझ धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र मोरङ्गको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयको अस्पतालमा वैकल्पिक व्यवस्था मिलाइएको १ नं प्रदेशका सामाजिक विकासमन्त्रीले जनाएका छन् ।

Spread the love