नेपाल र सम्बन्धित मुलुकको स्वास्थ्य सतर्कता – सरकारले कोरोना प्रभावित देशको उडान रोकेन

nepali-airlance

२३ फागुन, काठमाडौं : नेपाल र सम्बन्धित मुलुकको स्वास्थ्य सतर्कता र संवेदनशीलता हेरेर यो निर्णय लिन सकिने प्राधिकरणको प्रतिवेदनमा उल्लेख छ । सरकार तत्कालै कोरोना प्रभावित देशसँगको हवाई सम्पर्क बन्द नगर्ने निश्कर्षमा पुगेको छ । अध्ययनपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले बुधबार त्यस्ता प्रभावित देशसँग हवाई उडान रोकिहाल्नुपर्ने अवस्था नरहेको निश्कर्ष निकाल्दै सरकारलाई प्रतिवेदन बुझाएको थियो । सिफारिस भने सरकारको तयारीभन्दा फरक आएपछि सरकार अहिले नै प्रभावित मुलुकमा आवागमन बन्द गर्ने योजना तत्कालका लागि टरेको छ ।
नोभेल कोरोना भाइरसको प्रकोप सुरु भएपछि सन २०२० को जनवरी अन्त्यतिरबाट विश्वका अधिकांश मुलुकले यात्रामा प्रतिबन्ध लगाउने र सचेत रहन आफ्ना नागरिकलाई आग्रह गर्न थालेका छन्। जनवरीयता विश्वव्यापी क्षति १५६ अर्ब अमेरिकी डलर पुगेको अनुमान गरिएको छ। यो विश्व अर्थतन्त्रको ०.२ प्रतिशत हो। चीनले मात्र १०३ अर्ब अमेरिकी डलर अर्थात चीनको अर्थतन्त्रको ०.८ प्रतिशतको क्षति बेहोरेको अनुमान गरिएको छ। बाँकी एसियाली मुलुकमा २२ अर्ब अमेरिकी डलरको क्षति पुगेको अनुमान गरिएको छ। प्राधिकरणका अुसार हप्तामा ५० वटाभन्दा बढी भइरहेको चीनसँगको उडान हाल हप्तामा ८ वटामा झरेको छ । जोखिम बढ्दै गए यात्रु आफैं यात्राबाट निरुत्साहित हुने भएकाले सरकारले सीधै जबरजस्ती उडान बन्द गर्ने निर्णय लिन नहुने तर्क विज्ञको पनि छ ।
विमानस्थलमा स्वास्थ्य चेकजाँचलाई प्रभावकारी बनाउने र प्रभावित देश भएर फर्किएकाहरुलाई पनि निगरानीमा राख्ने विषयमा ध्यान दिँदा पर्याप्त हुन्छ ।
विश्व स्वास्थ्य संगठनले नै अन्तर्राष्ट्रिय आवागमन रोक्दा त्यसले झनै समस्या ल्याउने औल्याएको तर्क प्राधिकरणको प्रतिवेदनमा छ ।

Spread the love