कोभिड–१९ को औषधि विक्री गर्ने पहिलो देश बंगलादेश

जेठ ११, ढाका (बंगलादेश) । बंगलादेश कोरोना भाइरसको संक्रमणका कारण लाग्ने रोगको औषधि विक्री रेम्डेसिभिर करीब ६ हजार टाका (७१ अमेरिकी डलर)मा बेचिने कम्पनीका प्रमुख सञ्चालन अधिकृत राब्बुर रेजाले बताएका छन् । 

कोभिड–१९ ले धेरै नै गाँजेका बिरामीहरुलाई कम्तिमा ६ भाइल औषधि चाहिने रेजाले बताएका छन् । आफूले अमेरिकी फर्मा कम्पनी गिलियाडको एन्टि भाइरल औषधि रेम्देसिभिरको जेनरिक संस्करण विक्री गर्न थालेको त्यहाँको बेक्जिमको फर्मास्युटिकल्सले बताएको हो । 

विश्व व्यापार संगठन (डब्ल्यूटीओ)को अधिनमा रहेर बंगलादेशले औषधि उत्पादनको अनुमति पाएको हो । कोभिड–१९ का बिरामीमा आपतकालीन प्रयोगका लागि अमेरिकी औषधि नियामकले यसको उत्पादनलाई अनुमति दिएको थियो । 

रेम्देसिभिरले मानव शरीरमा रोग प्रतिरोधात्मक क्षमता विकास गर्ने र कोरोना भाइरसलगायत भाइरसहरुसँग लड्ने क्षमता बढाउने विश्वसा गरिएको छ ।

गिलियाडले पाँच औषधि निर्माता कम्पनीहरुलाई रोयल्टी बिना रेम्देसिभिरको उत्पादन गर्ने अनुमति दिएको छ । यी औषधिहरु १२६ देशमा निर्यात गर्ने अनुमति मिलेको छ । एजेन्सी

Spread the love