चितवन ३ मा प्रचण्ड र पाण्डे

hons on the powernewsनारायणगढ– चितवन फेरि देश–विदेशभर चर्चामा छ । प्रचण्ड र पाण्डेमा कसले बाजी मार्ला भन्ने व्याख्या र विश्लेषण आ–आफ्नै तरिकाले भइरहेको कसले बाजी मार्छ भन्ने चासो छ ।   देशविदेशमा रहने नेपालीले देखाएका स्थानीय निर्वाचनमा प्रचण्डपुत्री रेणु दाहाल र एमालेका देवी ज्ञवालीबीच भरतपुर महानगरमा चुनावी प्रतिस्पर्धा र कसले बाजी मार्छ भन्ने चासो देशविदेशमा रहने नेपालीले देखाएका थिए ।
17092017-new-ruslan
रेणु दाहाल र देवी ज्ञवाली चर्चित र लोकप्रिय नेता थिएनन् । देशभर तरंग ल्याउने ऊर्जा पनि उनीहरुमा थिएन र छैन । तथापि उनीहरु नै देश विदेशमा छाए ।  राजनीतिमा अनेक हुन्छ । असंभव संभव भइदिन्छ, संभव असंभवमा बदलिन्छ । मित्र दुश्मन र दुश्मन मित्र यही राजनीतिभित्रै हुन्छ । यही खेलभित्र अर्को भिडन्त हुँदैछ चितवनमा । प्रतिनिधिसभा सदस्यको निर्वाचनमा चितवन क्षेत्र नं ३ बाट राजनीतिक मैदानमा छन्– दुई हस्ती माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राप्रपा प्रजातान्त्रिकका उपाध्यक्ष एवम् वर्तमान वन तथा संरक्षणमन्त्री विक्रम पाण्डे । National election of nepal Nga_chhap-lagaune
प्रचण्ड वाम गठबन्धनका तर्फबाट मैदानमा छन् भने पाण्डे लोकतान्त्रिक गठबन्धनबाट । वाम गठबन्धनले एमाले र माओवादी केन्द्रको मतबाट प्रचण्डले बाजी मार्ने विश्लेषण गरेको छ  प्रचण्डले सो क्षेत्रलाई आफ्नो गृहजिल्ला मान्दै आएका छन् । पाण्डेले संविधानसभामा विजयी बनिसकेको र आफू यही क्षेत्रको स्थानीयसमेत रहेकाले आफूलाई मतदाताले रोज्ने दाबी गर्छन् ।
Spread the love