छाउपडीमुक्त गाउँ लागू गर्न सासूहरू प्रतिबद्ध

chau padi in nepal

गमगढी: महिनावारी हुँदा गोठमा राख्ने आमाहरूले आफ्ना छोरीबुहारीलाई घरभित्रको बैठक कोठासम्ममा राख्ने गरेको दुई वर्ष भएपछि मध्यपश्चिमकै शोभा गाउँ नमुना बनेको छ ।  आफ्नोजस्तो कष्ट अरूले भोग्नु नपरोस् भनेर उनले छोरीबुहारी महिनावारी भएका बेला घरभित्र बैठक कोठामा राख्ने गरेकी छन् । चाँउलीजस्तै शोभा गाँउका १ सय २६ घरधुरीका आमा र सासूहरूले आफू महिनावारी हुँदा गोठमा बसेर कष्टकर दिन बिताएको भए पनि दुई वर्ष अगाडि छोरीबुहारीका लागि आफ्नो गाउँलाई छाउपडीमुक्त गाउँ घोषणा गरका थिए ।  मुगुको सदमुकाम गमगढीबाट चार घन्टा रहेको रोवा गाविस-७ शोभा गाँउकी ६० वर्षीया चाँउली बुढाले आफू महिनावारी भएका बेला गोठमा बसेको कष्टकर दिन बिर्सेकी छैनन् ।

हाल जिल्लाका ६ रुगा, रोवा, पिना, कार्कीबाडा, रारा र सेरी गाविसमा छाउपडी प्रथा तथा लैंगिक हिंसा न्यूनीकरणमार्फत मानवअधिकारको सम्मानमा अभिवृद्धि परियोजना सञ्चालन भएपछि महिनावारी हुँदा गोठमा बस्ने महिलालाई उनकै आमा, सासूहरूले घरभित्र राख्ने गरेका छन् । अहिले छाउपडी प्रथा उन्मूलनका लागि धामीझांक्रीसमेत निगरानी समितिमा बसेर अभियानमा लागेपछि सुधार आएको छ ।

Spread the love