प्रदेशको राजधानी हेटौँडाबाट सर्न नदिने मकवानपुरे सांसदहरुको दाबी

संजु चापागाई, मकवानपुर उद्योग वाणिज्य संघले बुधवार मकवानपुरका प्रतिनिधि तथा प्रदेश सभाका सांसदहरु, संघसंस्थाका प्रतिनिधिहरु, राजनितिक दलका प्रतितिधिहरुसँग छलफल कार्यक्रम सम्पन्न गरेको छ । हेटौंडालाई प्रदेश नं. ३ को स्थायी राजधानी बनाउन सबैले आ(आफ्नो स्थानबाट प्रयास गर्न जोड दिईएको हो । कार्यक्रममा बोल्दै प्रदेशसभा सभामुख डोरमणी पौडेलले प्रदेशको राजधानी हेटौँडाबाट कुनैपनि हालतमा सर्न नदिने दाबी गर्नुभयो । पार्टीले ह्विप लगाएको खण्डमा पनि राजधानी सार्ने विषयमा आफुहरुले समर्थन नगर्ने प्रदेशसभा सांसद इन्द्रबहादुर बाँनीयाले बताउनु भएको छ । त्यसैगरी प्रतिनिधिसभा क्षेत्र नंबर १ का सांसद कृष्णप्रसाद दाहालले प्रदेशको राजधानीको विषयमा ४० मत पुगे दुई तिहाई हुने र दुई पार्टीले आधा आधा सांसद जुटाउन सके राजधानी नसर्नेे बताउनु भएको छ । छलफल कार्यक्रममा सम्पुर्ण सांसदहरुले प्रदेश नंबर ३ को राजधानी हेटौँडा निकै उपयुक्त भएको भन्दै राजधानी सार्ने प्रस्ताव आएमा पार्टीको ह्विप समेत नमान्ने घोषणा गरेका छन् । कार्यक्रममा प्रदेशसभा सांसद सन्तराम प्रजा, मुनु सिग्देल, जुनेली श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल,उद्योग संघका अध्यक्ष नवराज अर्याल, निमार्ण व्यवसायी संघका अध्यक्ष आनन्दराम पराजुली, होटल एसोसियसन मकवानपुरका अध्यक्ष भागिरथि शर्मा लगायतले हेटौडा राजधानीको विषयका आफ्ना भनाईहरु राखेका थिए । मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न संघसस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

Spread the love