रोनाल्डोको गोलमा पोर्चुगल विजयी

रोनाल्डोको गोलमा पोर्चुगल विजयी

६ असार, काठमाडौं  : मंगलबार भएको खेलमा पोर्चुगलले मोरक्कोलाई १-० ले हराएको छ । रोनाल्डोले खेलको चौथो मिनेटमा नै गोल गरेका हुन् । पोर्चुगलसँग हारेसँगै मोरक्को विश्वकपको समूह चरणबाटै बाहिरिएको छ । खेलमा ५५ प्रतिशत समय मोरक्कोले बलमा नियन्त्रण बनाएको थियो ।  अन्तर्राष्ट्रिय खेलमा सर्वाधिक गोल गर्ने खेलाडीको सूचिमा पनि रोनाल्डो दोस्रो नम्बरमा पुगे । पोर्चुगलसँगको हारसँगै समूह ‘बी’ रहेको मोरक्को बाहिरिएको छ । उसले अब अन्तिम खेलमा स्पेनसँग खेल्नेछ ।

 

रसियाले इजिप्टलाई ३–१ गोलअन्तरले पराजित

विश्वकपको उद्घाटन खेलमा साउदी अरबलाई ५–० को फरक अन्तरले हराएको रसियाले  इजिप्टलाई ३–१ गोलअन्तरले पराजित गरेको छ। बलियो मानिएको इजिप्टलाई पनि सेन्ट पिटर्सबर्ग स्टेडियममा सजिलै हराउँदै अन्तिम १६ को स्थान पक्का गरेको छ। पहिलो हाफ गोलरहित बराबरी रहेको अवस्थामा रसियाका लागि दोस्रो हाफको सुरुमै इजिप्टका अहमेद फाथीले आत्मघाती गोल  गरेका थिए । रियल मड्रिडविरुद्ध च्याम्पियन्स लिगको फाइनलका क्रममा घाइते भएर मैदान बाहिर रहेका प्रमुख स्ट्राइकर मोहम्मद सलाले पुनरागमन गरेको खेलमा रसिया नै हाबी भएको हो ।  खेलको ५९ औँ मिनेटमा डेनिस चेरिसेभले गोल गर्दै अग्रता २–० मा पुर्याउन सफल भए । दोस्रो गोल गरेको ३ मिनेट भित्रै रसियाका लागि एर्टेम ज्युबाले गोल गरेपछि रसिया ३–० ले अघि बढ्यो ।

मंगलबारको पहिलो खेलमा कोलम्बियामाथि जापान विजयी

मस्को : रुस विश्वकप अन्तर्गत मंगलबारको पहिलो खेलमा जापान विजयी भएको छ ।   पेनाल्टीमार्फत् खेल सुरु भएको ६ मिनेटमै जापानका सिन्जी कागवाले गोल गरेका थिए।  सुरु भएको तीन मिनेटमै कोलम्बियाका कार्लोस सान्चेले रेडकार्ड पाएपछि जापानले पहिलो पेनाल्टी पाएको थियो । डिबक्स भित्र हेन्ड गरेपछि अम्पायरले खेल सुरु भएको तीन मिनेटमै कोलम्बियाका स्ट्राइकर सान्चेलाई रेडकार्ड दिएका थिए।  सुरुमै रेडकार्ड पाएर १० खेलाडीमा सीमित भए पनि कोलम्बियाले आक्रमक खेल प्रदर्शन गरेको  थियो ।   खेलको ३९ औँ मिनेटमा फ्रिकिकमार्फत् कोलम्बियाका जुना क्वीनटरोले गोल गर्दै खेल बराबरीमा फर्काएका हुन् । पहिलो हाफमा बराबरी बनाएको कोलम्बियाले दोस्रो हाफमा जापानलाई रोक्न सकेन । जापानका लागि युवा ओसाकाले ७३ औँ मिनेटमा हेडमार्फत दोस्रो गोल गरे ।

ब्राजिल स्विट्जरल्यान्डसँग बराबरीमा

काठमाडौँः ब्राजिलका लागि स्पेनिस क्लब बार्सिलोनाबाट व्यवासयिक फुटबल खेल्दै आएका फिलिपे कोटिन्होले खेलको २० औँ मिनेटमा डी एरियाको केही बाहिरबाट उत्कृष्ट गोल गर्दै अग्रता दिलाएका थिए ।   पहिलो हाफमा १–० मा टुंगिएको अवस्थामा स्विटजरल्यान्डले दोस्रो हाफमा खेललाई बराबरीमा फर्कायो । उसका लाािग खेलको ५० औँ मिनेटमा स्टेभन जुबेरले हेडबाट गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।  रसियामा जारी विश्वकप फुटबल प्रतियोगिता अन्तरगत उपाधि विजेता मानिएको ब्राजिललाई स्विटजरल्यान्डले बराबरीमा रोकेको छ । रोस्तोभ एरिनामा भएको समूह ई को खेलमा स्विटजरल्यान्डले बहादुरी देखाउँदै ब्राजिललाई १–१ गोलको बराबरीमा रोक्न सफल भएको हो । कमजोर मानिएको ब्राजिल बराबरीमा रोकिएपछि उपाधि दाबेदार मानिएका टिमहरुको विश्वकप यात्रा सुस्त भएको छ ।

 

आज उरुग्वे र इजिप्ट तथा स्पेन र पोर्चुगलबीच प्रतिस्पर्धा

आजको पहिलो खेलमा समुह ए अन्र्तगत उरुग्वे र ईजिप्टबीच पहिलो प्रतिस्पर्धा हुनेछ । इरान र मोरक्कोबिच नेपाली समयानुसार राती पौने ९ बजे सुरु हुनेछ । सेन्ट पिटर्सबर्गस्थित रंगशालामा दुई टोली ईतिहास रच्ने लक्ष्यका साथ मैदान उत्रनेछन् । बिश्वकप फुटबलमा आज बिभिन्न ३ खेल हुदैछन् ।  नेपाली समयानुसार साँझ पौने ६ बजे २ टोली बीच प्रतिस्पर्धा सुरु हुनेछ । सन् २००६ को बिश्वकपमा भएको एकमात्र भेटमा उरुग्वे २-० ले बिजयी भएको थियो ।  चिरप्रतिद्धन्दी बिचको प्रतिस्पर्धा भने सोचीस्थित फिस्ट ओलम्पिक रंगशालामा हुनेछ ।पटकको बिश्वबिजेता स्पेनलाई भने १५ औ सहभागीतामा उपाधिको दाबेदारको रुपमा समेत हेरिएको छ ।   यसैबीच आयोजक रसियाले विजयी सुरुवात गरेको छ ।

विश्वकप हेरेर फर्कने क्रममा बाढीले बगाएर १ जना बेपत्ता

ताप्लेजुङ : अविरल वर्षासँगै मोटरसाइकलमा फर्कने क्रममा  फुङलिङ नगरपालिका-१ मा रहेको हाङदेवा खोलाले बगाउँदा इलाम घर भएका २६ वर्षीय सनम राई बेपत्ता भएका हुन् ।  बिहीबार राति विश्वकप फुटबल हेरेर फर्कने क्रममा आएको बाढीले बगाएर ताप्लेजुङमा १ जना बेपत्ता भएका छन् । बिहीबार बेलुकादेखि परेको अविरल वर्षाले जिल्लाका विभिन्न ठाउँमा पहिरोको जोखिम बढेको छ ।

शुरु हुँदै विश्वकप २०१८

काठमाडाैं, ३१ जेठ – सर्वाधिक लोकप्रिय खेल विश्वकप  शुरु हुँदै छ। लुजनिकी स्टेडियममा हुने उद्घाटनमा नेपाली समय अनुसार ८ः४५ मा अायोजक राष्ट्र रुसले एशियाली राष्ट्र साउदी अरबको सामना गर्दैछ।

विश्वकप २०१८ को उद्घाटन खेलका सम्भावित ११ खेलाडीहरु

टिम रुस: इगोर एकिनफिभ, कुड्र्याशोभ, कुटेपोभ, ग्रानाट, झिरकोभ, गोलोभिन, झोबनिन, सामेडोभ, मिरानचुक, जागोएभ, स्मोलोभ

टिम साउदी अरेबिया: अल-माउफ, अल-हार्बि, ओमार हसवी, ओसामा हसवी, अल-शाहरानी, ओटेफ, अल-फाराज, अल-दवसरी, अल-जसिम, अल-सेहरी, अल-सलवी

 

विश्वकप उद्घाटनमा रोनाल्डोले गीत गाउने

मस्को: खेलअघि विलिम्सको सांगीतिक प्रस्तुति रहने हुनाले  आगामी बिहीबारदेखि रुसमा सुरु हुने २१औं संस्करणको फिफा विश्वकपको उद्घाटन समारोहमा चर्चित ब्राजिलियन फुटबलर रोनाल्डोको पनि प्रस्तुति रहने भएको छ। उद्घाटन समारोह भव्य र संगीतमय हुने दाबीसहित यी दुवैले उद्घाटन समारोह हेर्न स्टेडियम पुग्न नसकेकाहरूलाई पनि टेलिभिजनमार्फत मनोरञ्जन लिन आग्रह गरेका  हुनेछ। प्रस्तुतिपछि ब्राजिललाई दुई पटक विश्वकप फुटबलको उपाधि दिलाएका रोनाल्डो मञ्चमा देखा पर्नेछन्। रुस विश्वकपको उद्घाटन समारोह चार वर्षअघि ब्राजिलमा भएको भन्दा केही फरक हुने जनाइएको छ।  आयोजक रुस र एसियन टोली साउदी अरेबियाबीचको खेल अघि हुने उद्घाटन समारोहमा रोनाल्डोसहित बेलायती पपगायक रोबिई विलियम्स र रुसी गायिका आइदा गारिफुल्लिनाले विशेष प्रस्तुति दिनेछन्। उद्घाटन खेल सुरु हुनु आधा घन्टाअघि मात्रै उद्घाटन समारोह सुरु हुने आयोजक रुस र फिफाले जनाएका छन्। रुस विश्वकपको उद्घाटन समारोहमा सहभागी हुन पाउँदा उत्साहित भएको रोनाल्डोले बताएका छन्। विश्वकप उद्घाटनमा राखिने प्रस्तुतिको तयारीमा रहेका गायक विलियम्स र गारिफुल्नाले पनि खुसी व्यक्त गरेका छन्।

मेसीलाई मुस्किल, जर्मनी र ब्राजिल बलिया

विश्वकप फुटबलको २१औं संस्करण जर्मनीले फिफा वरियताको शीर्ष स्थानमै रहेर सुरू गर्दैछ। गत विश्वकपमा लिनेकरको भनाइ ठ्याक्कै मिल्यो। ब्राजिल, स्पेन र फ्रान्स पनि जर्मनीजत्तिकै बलिया छन्। अर्जेन्टिना लियोनेल मेसी र युरोपियन च्याम्पियन पोर्चुगल क्रिस्टियानो रोनाल्डोका भरमा प्रतियोगिता जित्ने आशा बोकेर रूस पुगेका छन्। यसपालिको विश्वकप कसले जित्न सक्छ भनेर विश्लेषण गर्नुअघि पछिल्ला वर्षमा बलिया र कमजोर टोलीबीचको अन्तर क्रमश: घट्दै गएको कुरा पनि भुल्नु हुँदैन। विश्वकप खेल्ने सबै ३२ टोलीले आफ्नो दिनमा कुनै पनि अर्को टोलीलाई हराउन सक्छन्।  १९७०मा ब्राजिलपछि सायद २०१० मा स्पेनले जित्दा मात्रै प्रतियोगिताको उत्कृष्ट टोलीले विश्वकप उचालेको छ। विश्वकप इतिहासमै सबैभन्दा बलिया तीन टोलीहरूको सूची बनाउने हो भने सायद १९७० को ब्राजिल मात्रै बिजेता टोली हुन्छ होला। योहान् क्रोइफको १९७४ को नेदरल्याण्ड र फेरेन्क पुस्कासको १९५४ को हंगेरी टोली फाइनलमा पराजित भएका थिए। आफ्नो दिनमा एक खेल जित्दैमा विश्वकप जितिन्न। न त सबैभन्दा बलियो टोली भएर मात्रै पनि जितिन्छ। २०१४ मा जर्मनीसँग सेमिफाइनलमा ७-१ले पराजित भएपछि आफ्नो भूमिमा छैठौं पटक विश्वकप जित्ने सपना चकनाचूर भएको ब्राजिलले यो पटक जित्छ भन्ने धेरैलाई लाग्छ। विश्व विजय गर्न निस्केका जर्मनीका हिटलर र फ्रान्सका नेपोलियनका अजेय सेनाजस्तै ती देशका फुटबल टोली पनि रूसमा असफल भए त झन् ब्राजिलको सम्भावना अझै बढ्नेछ। त्यसका आधार पनि छन्। लम्बियासँगको क्वार्टरफाइनल खेलमा नेयमार घाइते भएपछि जर्मनीसँग लज्जास्पद हार बेहोरेको ब्राजिलको अहिलेको टोली २०१४ भन्दा बलियो छ। रियल मेड्रिडबाट खेल्ने क्यासेमिरो र बार्सिलोनाका फिलिपे काउटिन्होजस्ता राम्रा खेलाडी ब्राजिलको मिडफिल्डमा थपिएका छन्। २०१४ मा उपाधि जिताउने कप्तान फिलिप लाम र मिडफिल्डर बास्टिएन स्वान्स्टाइगरले सन्यास लिए पनि जर्मनीको अहिलेको टोली उत्तिकै बलियो छ। २०१४ मा जस्तै उच्चकोटीका स्थापित स्ट्राइकर नभए पनि गोल गर्न सक्ने थोमस मुलर, मार्को रोइसलगायत धेरै खेलाडी जर्मनीसँग छन्। गत वर्ष रूसमै भएको कन्फेडेरेसन कपमा जर्मनीले युवा टिममात्र पठाए पनि उपाधि जितेको थियो। ती युवा खेलाडी अहिले स्थापित भइसकेका छन्।

डिफेन्समा रियल मेड्रिडबाट खेल्ने रफायल भरान र बार्सिलोनाका सामुयल उमटिटी, मिडफिल्डमा चेल्सीका एङ्गोलो कान्टे र मेनचेष्टर युनाइटेडका पउल पोग्बा, फरवार्डमा एट्लेटिको मेड्रिडका एन्टोइन ग्रिजमेन र पेरिस सेन्ट जर्मनका १९ वर्षीय स्टार फरवार्ड काइलियन म्बाप्पेजस्ता अब्बल खेलाडी छन्। फ्रान्सका कोच डिडियर देस्साममाथि भने धेरैलाई विश्वास छैन। युरो २०१६को फाइनलमा २५ मिनेटमै रोनाल्डो घाइते भएर बाहिरिए पनि धेरै कमजोर पोर्चुगलसँग अतिरिक्त समयमा हार्दा पनि उनी नै फ्रान्सका कोच थिए। १९९८को विश्वकप र २०००को युरो कप जिताउने कप्तान भएकै कारणले उनले अहिलेसम्म मौका पाइरहेको ठान्नेहरू धेरै छन्। २०१६ पछि म्बाप्पे र बार्सिलोनाबाट खेल्ने ओसमान डेम्बेलेको उदयपश्चात् अझ बलियो भए पनि कोचका कारण फ्रान्सले यसपटक जित्न नसक्ने दाबी गर्नेहरू पनि छन्। अर्जेन्टिनाका जोर्गे साम्पाओली उत्कृष्ट कोच हुन् तर खेलाडी भने फ्रान्सका भन्दा धेरै कमजोर छन्।

फिफा वरीयतामा नेपाल ३ स्थान माथी उक्लियो

काठमाडौँ : फिफाले सार्वजनिक गरेको वरीयता अनुसार रुसले विश्वकप सुरुहुनु अघि फुटबलको वरीयता सार्वजनिक गरेको छ। पहिलो नम्बरमा जर्मनी, दोस्रोमा ब्राजिल, नेस्रोमा बेल्जियम, चौँथोमा पोर्चुगल रहेका छन् ।   आयोजक रुस विश्वकप खेल्ने मध्ये सबै भन्दा तल्लो वरीयतामा रहेको छ। भने  पाँचौमा मेस्मीको अर्जेन्टिना, छैटौँमा विट्जरल्याण्ड तथा सातौँमा फ्रान्स रहेका छन् ।