होचा अग्लाको मिलन । चन्द्र बहादुर डाङी र सुल्तान कोसेन

होचा अग्लाको मिलन । चन्द्र बहादुर डाङी र सुल्तान कोसेन

 विश्वाका सबै भन्दा होचा चन्द्र बहादुर डाङी र सबैभन्दा अग्ला सुल्तान कोसेन

लन्डन – विश्वकै होचा चन्द्रबहादुर डाँगी र अग्ला टर्कीका सुल्तान कोशेनबीच अनौठो भेट भएको छ उनिहरुले गिनिज बुकमा नाम लेखाएका छन । यस्तो भेट कमै मात्रमा हुने भन्दै डेली मेलले फोटो फिचर छापेको छ । गिनिज वर्ल्ड रेकर्ड दिवसको अवसरमा डाँगी र सुल्तानको भेट लन्डनस्थित संसद् भवन अगाडि भएको हो । नेपालका चन्द्रबहादुर डाँगी (उमेर ७४ बर्ष) मात्र २१ दशमलव ५ इन्च छ भने टर्किका सुल्तान कोसेन (उमेर ३१ बर्ष) को उचाई ८ फिट १ इन्च छ ।

Small and Taller

Small and Taller

Small and Taller

फेरिंदै समाज – महिलाले शव बोकी घाटसम्म

तनहुँ, कार्तिक २४ – बाबुआमाको मृत्यु हुँदा छोरीले शव बोक्नु हुँदैन भन्ने मान्यता छ। तर दमौलीका महिलाले आइतबार ज्येष्ठ नागरिक आश्रममा मृत्यु भएकी ९० वर्षीया आइतुमाया थापाको शव बोकेर घाटसम्मै पुर्‍याए । जातीय परम्पराअनुसार अन्त्येष्टिमा समेत सघाए। ‘आश्रममा बस्दै आउनुभएको आमाको मृत्युमा महिलाहरूले नै काँध थापेर घाटसम्म पुर्‍यायौं,’ आश्रमकी सहसचिव सरु श्रेष्ठले भनिन्, ‘उहाँको मृत्युमा हामी कोही पनि एक छाक खाना खाँदैनौं।’ थापाको शवलाई आश्रम सञ्चालक समितिकी अध्यक्ष ५० वषर्ीया सावित्री श्रेष्ठले सबैभन्दा पहिले काँधमा बोकेकी थिइन्। त्यसपछि सचिव निर्मला मल्ल, राष्ट्रिय परोपकार महासंघ नेपाल तनहुँकी अध्यक्ष कल्पना गौली, आशा बानियाँ, गौरी थापा, अरुणा श्रेष्ठ, सतिा खनाललगायतले काँधमा बोकेर घाटसम्म पुर्‍याएका थिए।

न्यूयोर्कमा चलचित्र डा.खातेको पुन: प्रदर्शन गरिने

दर्शक हरु बाट राम्रो प्रतिकृया आए पछी चलचित्र डा खाते पुन: प्रदर्शन मा ल्याइएको हो । नेपालका सडक बालक बालिकाहरुको सत्य कथामा आधारित नेपाली चलचित्र ‘डा. खाते’को फेरी न्यू योर्कमा प्रदर्शन हुने भएको छ । अमेरिकाको न्यूयोर्क स्थित शेर्पा किदुकमा दर्शकहरुको पुन: अनुरोधमा सडक बालकहरुको जीवन कथामा आधारीत रवी अर्याल द्वारा निर्देशित चलचित्र (डा.खाते) November 9 2014 को दिन प्रदर्शन हुने भएको छ । चलचित्र शो बाट उठेको रकम निर्मातालाई आधा र हलको तिरेपछी बाँकी रहेको दुर्गम पहाडी क्षेत्रको बिद्यालय भोजपुर जिल्लाको श्री खेसाङ नि.मा.बि.र सोलुखुम्बु जिल्लाको श्री जुभिङ नि.मा.बि. जुभिङलाई सहयोग गर्ने उदेश्य रहेको छ |
संगीत सचिन सिंहको रहेको छ | ४ जना बालकहरु र एक जना अतिथि बाल कलाकारको प्रमुख भूमिका रहेको छ | साथै निर्मात्री केसी , सम्राट सापकोटा र अन्य करीब ४० जना सडक बाल बालिकाहरुको अभिनय गरेका छन् |
Location:
United Sherpa Association 41-01 75 Street Elmhurst NY USA
1376322_762746393790469_460617993133234639_n

“अमेरिकाको निर्वाचनबाट नेपालले धेरै कुरा सिक्न सक्छ” – नीलकण्ठ उप्रेती , प्रमुख आयुक्त

न्युयोर्क, ६ नोभेम्वर , प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले नेपालले अमेरिकाको निर्वाचनबाट धेरै कुरा सिक्न सक्ने वताएका छन् । एनआरएन अमेरिकाले हिजो विहिवार वेलुकी न्युयोर्क स्थित चौतारी रेष्टुरेन्टमा आयोजना गरेको कार्यक्रममा उप्रेतीले सो कुरा वताएका हुन् । अमेरिकाको भर्खरै सम्पन्न मध्यावधि निर्वाचनको अवलोकनको लागि यहाँ आईपुगेका उनले अमेरिकाको उत्कृष्ट प्रजातान्त्रिक निर्वाचनका अभ्यासहरुलाई नेपालमा लागु गर्न प्राविधिक र व्यवस्थापकिय हिसावले थोरै कठिनाई भएपनि असम्भव भने नभएको वताए । नेपालमा निर्वाचनको प्रक्रियामा धरैले संका गर्छन तर अमेरिकामा निर्वाचनमा विश्वास गर्ने गर्छन भन्दै उप्रेतीले संविधान सभाको दोस्रो निर्वाचन वेलाका केहि प्रसंगहरु कोट्एका थिए । निर्वाचन गराउन खोज्दा निर्वाचन विथोल्न र आफैलाई गोली हान्ने समेतको धम्किीहरु आएको उल्लेख गर्दै केहि राजनीतिक दलहरुसमेतले अवरोध गर्न खोज्दा पनि निर्वाचन सम्पन्न गरियो जसले अवरुद्ध संविधान निर्माणको प्रक्रियालाई सुचारु गर्यो उनले वताए । अमेरिकामा मतदान सूचीमा नभएका व्यक्तिहरुले सार्वजानिक रुपमै भोट गर्दा पनि विश्वास गरिन्छ तर नेपालमा यसरी मतदान गराए वुथ नै तोडफोड गरिन्छ उप्रेतीले कटाक्ष गरे ।
nilkhannn
नेपालीहरुलाई पनि नेपालमा हुने विभिन्न निर्वाचनहरुमा मतदानको अधिकार प्रदान गर्ने बारे सकारात्मक गृहकार्यहरु भैरहेको जानकारी दिएका छन् । मताधिकारको लागि नेपाली नागरिक हुनुपर्ने हालसम्मको व्यवस्थालाई परिवर्तन गरि सवैलाई समेट्न नेपाली नागरिक हुनुपर्नेसम्मको व्यवस्थाको लागि खाका तयार भैसकेको वताउदै विदेशमा वस्ने नेपालीहरुले पनि अव छिटै मतदानको अधिकार प्रयोग गर्न पाउने आस्वासन दिए । अमेरिका, युरोपका केहि देश र एसिया प्यासिफिक र गल्फ कन्टिहरुका एक दर्जनवढि देशहरुमा वस्ने नेपालीहरुलाई मतदानको अधिकार दिने विषयमा अध्ययन अनुसन्धान भैरहेको उनको भनाई छ । विदेशमा वस्ने नेपालीहरुको पैसा लिएर निर्वाचन गराउन नमिल्ने वताउदै उप्रेतीले मतदानमा भागलिनेहरुको नामवली संकलन र सचेतना कार्यक्रमहरुमा भने सहयोग आवस्यक हुने वताए । अफगानस्थान लगायत केहि देशहरुमा निर्वाचन गराएको र निर्वाचन सम्वन्धि विशिष्ट अनुभव प्राप्त गरेका उप्रेती निर्वाचनको क्षेत्रमा प्राविधिक र प्रशासनिक हिसावले निकै पोख्त व्यक्ति मानिन्छन् । उप्रेती संविधान सभाको पहिलो र दोस्रो दुवै निर्वाचन सम्पन्न गर्ने क्रममा क्रमश सहायक र नेतृत्वदायी भूमिका दिएका व्यक्ति हुन् । कार्यक्रममा न्युयोर्क स्थित स्थाई नियोग प्रतिनिधि डा दुर्गा प्रसाद भट्टराई, एनआरएन अमेरिकाका अध्यक्ष खगेन्द्र क्षेत्री लगायतका पदाधिकारीहरु, संचारकर्मीहरु र नेपाली समुदायका प्रतिनिधीहरुको उपश्थिति रहेको थियो ।

नवलपरासी सहायता समाज बेल्जियम द्वारा फोक्सोको बिरामी लाई सहयोग

विष्णु सापकोटा/बेल्जियम । नवलपरासी सहायता समाज बेल्जियम द्वारा विगत लामो समय देखि बिरामी भै हाल उपचार गराउदै आएकी बिमला बिक लाई प्राकृतिक चिकित्सालय रजहर को उद्घघाटन गर्न आएका प्रधानमन्त्री सुशील कोइराला मार्फत एक कार्यक्रमका बिच आर्थिक सहयोग रकम हस्तान्तरण गरेको छ ।
नवलपरासी, रजहर -८ स्थाई घर भएकी वर्ष २२ की बिक लामो समय देखि फोक्सोमा समस्या देखिदै आएको थियो । उनको आर्थिक अवस्था ज्यादै कमजोर भएका कारण उपचारमा प्रक्रिया अगाडी बढाउनमा ज्यादै समस्या आएको थियो । चिकित्सले उनको फोक्सोमाको शल्यक्रिया गर्नु पर्ने भएको बताए पनि आर्थिक रकम जुटाउन नसकेका कारण शल्यक्रिया हुन  सकेको थिएन । उनी लगाएत उनका बाबु-आमा तथा जिल्लामा रहेका अन्य सङ्घ-सस्था हरू ले सहयोग को लागी अपिल गरे बमोजिम उनको जीवन बचाउन नवलपरासी सहायता समाज बेल्जियमले बेल्जियममा रहेका नेपालीहरू द्वारा सहयोग सङ्कलन गरी आर्थिक सहयोग स्वरूप रू. पचास हजार उपलब्ध गराएको थियो ।  हाल उनको उपाचार काठमाण्डौको शिक्षण अस्पतालमा भइरहेको र शल्यक्रियाको लागी समेत प्रवन्ध मिलाईएको परिवारिक श्रोतले जनाए अनुसार संस्थाका अध्यक्ष रमेश सापकोटाले बताए । यस सस्थाले पछिल्ला समयमा जिल्लाको स्वास्थ्य क्षेत्रमा सहयोग पुर्र्याउने क्रममा डण्डा मा अवस्थित मध्य बिन्दु सामुदायिक अस्पताललाई सोलार प्यानल समेत उपलब्ध गराई सकेको छ भने गत वर्षा याममा गएको बाढी पैरो बाट भएको धनजनको क्षति प्रति आर्थिक सहयोग समेत प्रदान गरेको थियो । यसै गरी  जिल्ला मा न्यून आय भएका जटिल प्रकृतिका बिरामी हरुलाई उपचारमा समेत सहयोग गरेको थियो । जिल्ला तथा क्षेत्रले गर्ने रक्तदान जस्तो परोपकारी कार्यमा  पनि सहयोग समेत उपलब्ध गराउदै आएको बताएको छ ।
जिल्लामा विशेष गरी शिक्षा क्षेत्रमा गरिब जेन्दार तथा निमुखा परिवार का बाल बालिकालाई उचित शिक्षा प्रदान गर्न मा सहयोग योजना समेत आगाडी बढाउन लागेको जानकारी दिएको छ । सन् २०११ मा स्थापना भएको यस सस्थाको मुख्य उद्धेश्य नवलपरासी जिल्लाको विकास अन्तर्गत विशेष गरी शिक्षा तथा स्वास्थ्य क्षेत्रमा यथासक्य सहयोग पुर्याउने यसको मुख्य उद्धेश्य रहेको बताइएको छ ।

सार्क शिखर सम्मेलनको तयारी

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को १८औं शिखर सम्मेलनमा सहभागी हुन नेपाल आउने राष्ट्र एवं सरकार प्रमुखहरूलाई विमानस्थलमा उपप्रधानमन्त्रीबाट स्वागत गराउने तयारी सरकारको छ । नेपाल आउने एक मुलुकका १८ जना ‘डेलिगेट्स’को नेपाल सरकारले खर्च बेहोर्ने छ । अन्यको हकमा भने उनीहरू स्वयंले खर्च गर्नुपर्ने छ । हरेक मुलुकका १८ डेलिगेट्सका साथै डेलिगेट्स प्रमुख र उनको स्पाउज तथा विदेशमन्त्री र उनका स्पाउजका साथ रहने दुई सुरक्षाकर्मी र सहयोगीको पनि खर्च आयोजकले बेहोर्नेछ । अन्यको हकमा उनीहरूले नै खर्च गर्नुपर्ने परराष्ट्रले तयार गरेको ‘डेलिगेट्स ह्यान्डबुक’ मा उल्लेख छ ।

सबै विशिष्ट व्यक्तित्वसँग सम्मिलित एक मुलुकको १८ जना सदस्यलाई होटल सोल्टीमा राख्नेछ । अन्यलाई भने याक एन्ड यती, रेडिसन, एभरेस्ट अन्नपूर्णमा व्यवस्था मिलाएको छ । कार्यक्रम पनि सबै होटलमा बाँडिएको छ । सार्क बैठक मंसिर ६ गतेदेखि सुरु हुनेछ । मंंसिर ६ मा ४९ औं सहसचिवस्तरको बैठक बस्नेछ । ७ र ८ गते परराष्ट्र सचिवस्तरको ४१ औं बैठक बस्नेछ , ९ गते ३६ औं परराष्ट्रमन्त्रीस्तरको बैठक र १० तथा ११ मा १८ औं शिखर सम्मेलन हुनेछ । उद्घाटनका दिनमा रिटि्रटका लागि भ्रमण दलका प्रमुखहरूलाई घुलिखेल लैजाने तयारी छ ।

प्रवासी नेपाली मन्च टेक्सास, राज्य अधिवेशन आयोजक कमिटी गट्न तथा अन्तर्क्रिया कार्यक्रम

टेक्सस, अमेरिका  / प्रवासी नेपाली मन्च  अमेरिकाको टेक्सास राज्यमा अक्टोबर २६ तारिख आइतबार बसेको मन्च  सम्बद्ध सदस्यहरूको भेलाले श्री सुशील क्षेत्रीको संयोजक्त्वमा १९ सदस्ययिय टेक्सास राज्य साधारण सभा आयोजक समितिको गठन गरेको छ । जनवरी १, २०१५ मा साधारण सभा गर्ने गरी विभिन्न विभागहरूको पनि गठन गरिएको छ, जसनुसार सदस्यता नविकरण, वितरण तथा रूपान्तरण विभागको प्रमुखमा श्री चेतनाथ भट्टराई , कार्यालय संयोजन तथा प्रचार प्रसार विभाग प्रमुखमा श्री युबराज खनाल, अतिथि सत्कार विभाग प्रमुखमा सरिता चौलागांई, संघसस्था सम्पर्क विभाग प्रमुखमा जित थापा र भोजन तथा हल व्यवस्थापन विभाग प्रमुखमा श्री सङ्राम सिंह तामाङ् रहनु भएको छ । अक्टोबर २६ तारिख देखि नोवेम्बर २५ तारिख बेलुका ८ बजे संम्म सदस्यता वितरण, नविकरण तथा रूपान्तरण गरिनेछ साथै साधारण सभामा प्रवेश पाउन उक्त मितिभित्र मन्चले तोकेको रकम बुझाई नंबरिङ गरेको रसिद लिनुपर्ने छ। सदस्यता लिनेहरूको लागि सजिलो होस भनेर प्रवासी नेपाली मन्चको कार्यालय ३४०१ कन्फलान्स रोड,अर्विङ टेक्सास ७५०६१ हरेक हप्ताको शनिवार र आइतबार बेलुका ६-८ बजे संम्म खुला राखिने छ भने सदस्यता नामावली प्रकाशन नोवेम्बर २५ तारिख बेलुका ७ बजे, त्यसैगरि नोवेम्बर २५ तारिख देखि डिसेम्बर २५ तारिख संम्म प्रचार प्रसार, निर्वाचन कमिटीको गठन !

निर्वाचन कमिटीले तोकेको रकम बुझाई उम्मेद्वारी दिने अन्तिम मिति डिसेम्बर २७ तारिख बेलुका ८ बजे ,  दाबीबिरोध तथा उम्मेदवारी फिर्ता अन्तिम मिति डिसेम्बर २८ तारिख बेलुका ८ बजे संम्म रहने छ भने जनवरी १, २०१५ सालको दिउसो १२ बजे देखि ४ बजे संम्म उद्घाटन समारोह र ५ बजे देखि बन्द सत्र सुरु हुनेछ ।

 मन्चको यस कार्यक्रम लाई सहयोग गरी सफल बनाउन सम्पूर्ण पत्रकार मित्रहरू, नेपाली दाज्युभाइ दिदिबहिनिहरुमा हार्दिक अनुरोध गरिन्छ । मन्चको उदेस्य सामाजिक, अर्थिक ,सांस्कृतिक र नेपालमा उत्पादनमा लगानी गर्ने रहने छ ।

नेपालका जया लुइँटेल र दर्शन कार्की बिबिसीको उत्कृष्ट सूचीमा

काठमाडौँ । बेलायती समाचार संस्था ब्रिटिस ब्रोडकास्टिङ सर्भिस (बिबिसी)को बनाएको संसारभरका सय महिलाको सूचीमा नेपालका जया लुइँटेल र दर्शन कार्की परेका छन् । लुइँटेल पत्रकार र महिला अधिकारकर्मी हुन् भने कार्की द काठमाडौँ पोष्ट दैनिककी विचार पृष्ठ सम्पादक र ब्लगर हुन् ।  कला, साहित्य, उद्यम राजनीतिजस्ता पेसामार्फत महिला सशक्तीकरणमा महत्वपूर्ण प्रभाव पार्नेलाई विश्वभरिबाट छनोट गरी बिबिसीले प्रत्येक वर्ष सय जना उत्कृष्ट महिलाको सूची सार्वजनिक गर्छ । बिबिसीले आफूले बनाउने समाचार र उठाउने विषयवस्तुमा महिलाको पनि प्रतिनिधित्व र योगदान होस् भनेर २०१३ सालदेखि यस्तो सूची बनाउन सुरु गरेको हो । रासस

सार्क शिखर सम्मेलनमा भाग लिनमोदी मोटर चढेर नेपाल आउने

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सिमानाकाबाट आउदो मंसिर १० र ११ गते हुने १८ औं सार्क शिखर सम्मेलनमा भाग लिन गाडी चढेर नेपाल आउने भएका छन् । मोदी गाडी चढेरै नेपाल आउने सुचना पाएपछि बिर्तामोड जनकपुर सडक खण्डमा पिच गर्ने काम धमाधम थालिएको छ ।  पटनाबाट स्थलमार्ग हुँदै भारतीय प्रधानमन्त्री मोदी नेपाल प्रवेश गर्ने बताईएको छ । मोदी दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन सार्कको बैठकमा आउँदा सडकमार्गबाट आउने भएपछि व्यवस्थापिका–संसद्अन्तर्गतको विकास समितिले समेत उक्त सडकखण्ड तत्काल मर्मतसम्भार गर्न भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयलाई निर्देशन दिएको छ ।
पटनाबाट ४ घण्टामा यहाँ सिमा नाका आइपुगिन्छ । जिल्ला विकास समितिले समेत सडक स्तरोन्नती र सरसफाइनको लागि विशेष पहल थालेको छ । तिन महिना अघिमात्र नेपाल आउँदा जनकपुर रामजानकी मन्दिरमा सार्क सम्मेलनमा आउँदा जाने बताएपछि यस क्षेत्रमा विशेष चहल पहल सुरु भएको छ ।  भारत पटनाबाट जनकपुरसम्म स्थलमार्गबाट आएर मोदी जनकपुरधाममा रामजानकी मन्दिरको दर्शन गरेर हवाई मार्ग भएर काठमाडौं जाने बताइएको छ । यसबारेमा भारतीय दुतावासले भने अझैसम्म केही बताएको छैन । परराष्ट मन्त्रालयले भने यसबारेमा कुनै आधिकारीक जानकारी नआएको बताएको छ ।

देउसी भैलो कार्यक्रमको समय सीमा तोकियो

 

दि पावर न्यूज संवाद दाता, काठमाडौ। १ असोज, काठमाडौं । तिहारमा राति ७ बजेपछि देउसी भैलो खेल्न नपाइने गृह मन्त्रालयले तिहारमा राति ७ बजेपछि देउसी भैलो खेल्न रोक लगाएको छ । गृह मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गरी राति ७ बजेस्म्म मात्र देउसी भैलोसहितका सांस्कृतिक कार्यक्रम गर्न आग्रह गरेको छ । यस्ता कार्यक्रम रातको समयमा गर्दा अवाञ्छित गतिविधिमा संलग्न व्यक्तिहरूले शान्ति सुरक्षामा असर पुर्‍याउन सक्ने मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयले तिहार र छठमा भूइचम्पा, पटाका, आतसवाजी जस्ता विस्फोटक पदार्थ प्रयोग तथा विक्री वितरण नगर्न आग्रह गरेको छ ।
विस्फोटक पदार्थ उत्पादन, आयात निर्यात तथा विक्री र प्रयोग गर्नेहरुलाई कानून बमोजिम काबारही गर्ने सरकारले बताएको छ ।