काबुलमा विस्फोट – चारको मृत्यु

बिहीवार बिहान भएको विस्फोटनमा एउटा शिया सांस्कृतिक र धार्मिक संस्थालाई निशाना बनाउँदै गराइएको विस्फोटनमा कम्तीमा चार जनाको मृत्यु भएको छ। अन्य ६ जना घाइते भएका छन्।अहिलेसम्म आक्रमणको जिम्मेवारी कसैले पनि लिएका छैनन्।तर हालैका महिनाहरुमा इस्लामिक स्टेट संगठनले काबुल र अन्य स्थानका शिया मस्जिद र केन्द्रहरुमा आक्रमण बढाएको छ।अफगान राजधानीमा बिहीवार अर्को पनि विस्फोटनको घटना भएको  छ।

Spread the love