आउँदो आर्थिक वर्षको बजेटको तयारी थाल्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं। सोमबार अर्थमन्त्री नियुक्त भएका खतिवडाले मंगलबार अर्थमन्त्रालयका केही महाशाखाहरुबाट ब्रिफिङ लिएका छन्। वर्षको बजेट निर्माणको तयारीका लागि वित्त आयोगले गरिरहेका काम, स्थानीय तहबाट भइरहेको तथ्यांक संकलन तथा प्रदेश तहमा गर्न लागिएको अध्ययनका बारेमा जानकारी गराएको थियो ।   ब्रिफिङका क्रममा उनले आउँदो आर्थिक वर्षको बजेट निर्माणका लागि समय कम रहेको भन्दै तयारी अघि बढाउन निर्देशन दिएका हुन्।   अर्थमन्त्री डा युवराज खतिवडाले आउँदो आर्थिक वर्षको बजेटको तयारी थाल्न मातहतका निकायलाई निर्देशन दिएका छन्। अबको बजेटमार्फत तल्ला दुई तहलाई दिइने अनुदानको सुत्र तयार गर्नुपर्ने भएकाले त्यसलाई कसरी व्यवस्थित गर्न सकिने विषयमा छलफल भएको थियो । आउँदो आर्थिक वर्षको बजेट जेठ १५ गते संघीय संसदको बैठकमा प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ। खतिवडाले अबको ९० दिनमा बजेट बनाइ सक्नुपर्नेछ। पूर्ण रुपमा संघीय बजेट बनाउनु पर्ने भएकाले यो पटक परम्परागत भन्दा नयाँ तरिकाबाट बजेट निर्माण गर्नुपर्ने दायित्व मन्त्रालय सामू छ। आयोगको निर्देशनअनुसार प्रत्येक स्थानीय तहले राजस्वको स्रोतको आकार तथा खर्चको आवश्यकता र क्षमताको विवरण पठाइरहेका छन्।

Spread the love