उत्तर टेक्ससमा साता दिनमा ३८६ कागजात विहीन पक्राउ

टेक्सस- अपराधको रेकर्ड भएका र इमिग्रेशन कानुन विपरीत अमेरिका बस्दै आएका कागजात विहीनलाई अमेरिकाको इमिग्रेशन प्रशासन इमिग्रेशन एण्ड कस्टम्स् इन्र्फोस्मेण्ट (आईसीई)ले पक्राउ गरिएको छ । कागजात विहीन गैरकानुनी रूपमा अमेरिका बस्नेलाई हटाउने नीति अनुसार तीन दिनमा उत्तर टेक्सस र अक्लोहामा राज्यमा ८६ जनालाई पक्राउ गरेको  हो ।  पक्राउ पर्नेमा सबैभन्दा बढी मेक्सिकोका नागरिक छन् । ५५ जना मेक्सिकोका नागरिक पक्राउ परेको आईसीईले जनाएको छ । आईसीईले वेभसाइटमा राखेको विवरण अनुसार १९ देखि ६१ वर्ष उमेर सम्मका पक्राउ परेका छन् । यसमा ८२ जना पुरुष पक्राउ परेका हुन् ।  मेक्सिको पछि पक्राउ पर्नेमा ग्वाटेमालाका १० जना, एलसाल्भाडोर ६, हण्डुरस ४ र बंगलादेशका ३ जना लगायत छन् ।  आर्लिंटन, फोर्टवोर्थ, डलास, डेटन, लवक, ग्रिनभिल, ग्रयाण्ड पेरी लगायतका टेक्ससका सहरमा यो अपरेशन केन्द्रित थियो । यस्तै अक्लोहामा सिटी, टुल्सा लगायतका स्थानबाट १६ जना पक्राउ गरिएको थियो ।   केहीको रक्सी पिएर गाडी चलाएको अपरोध हुनेपनि पक्राउ परेका छन् । पक्राउ परेकामा २१ जना गैरकानुनी रूपमा अमेरिका प्रवेश गरेका हुन् । पक्राउ परेका मध्ये ५५ जनाको आपराधिक रेकर्ड रहेको छ  अन्य भने विभिन्न रूपमा अमेरिका प्रवेश गरे पनि भिसाको अवधि सकिएपनि यही बसेका हुन् ।
Spread the love