टर्किस एयरलाइन्सको जहाज काठमाडौंमा दुर्घटना – २२४ यात्रुको सकुशल उद्दार

Tarkish airlince
 फाल्गुन २०,  काठमाडौं । टर्कीको इस्तानबुलबाट आएको टर्किस एयरलाइन्सको जहाज त्रिभुवन विमानस्थलमा बुधबार बिहान आपतकालिन अवतरण गराइएको छ।  टर्कीको इस्तानबुलबाट काठमाडौं आएको सो जहाजको अगाडिको भाग  ठोक्किएको छ। दुर्घटनामा मानवीय क्षति नभएको विमानस्थल स्थित नागरिक उड्डयन कार्यालयले जनाएको छ। बुधबार बिहान पौने ८ बजे काठमाडौंस्थित त्रिभूवन विमानस्थलमा अवतरण गर्दै गर्दा टीके ७२६ फ्लाइटको विमान ‘रन वे’बाट चिप्लिएको हो । टर्किस एयरलाइन्सको जहाज काठमाडौंमा दुर्घटना भएको पहिलो पटक हो । तीनघन्टा विमानस्थल बन्द गरिएको छ। आपतकालीन ढोका खोलेर यात्रुहरुको आपतकालीन उद्धार गरिएको थियो। टर्किस एयर काठमाडौं आउने सबैभन्दा लामो दूरीको जहाज हो । जसको उडान अवधि ७ घण्टाको रहेको छ । सेप्टेम्बर १ देखि नेपालमा उडान अनुमति भएको थियो । एउटा भयानक दुर्घटना टरेको छ।
Tarkish airlince
Tarkish airlinceTarkish airlince
Spread the love