प्रत्येक प्रदेशमा अख्तियारको कार्यालय खोलेर काम अघि बढाईने

 संजु चापागाई, प्रमुख आयुक्त बस्नेत अख्तियार दुरुपयोग अनुसंधान आयोगको कार्यालय हेटौँडाको नवनिर्मित भवनको बुधवार उद्धघाटन गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त दिप बस्नेतले आफ्नै कार्यालय भवनको उद्धघाटन गर्नुभएको हो । कार्यालयको उद्धघाटन गर्दै बस्नेतले राष्ट्रसेवक कर्मचारीहरु अझ बढी चनाखो हुनुपर्ने बताउँदै विशेष जिम्मेवारी वहन गर्न आग्रह गर्नुभएको छ । देश संघियतामा गईसकेकोले अब अख्तियारले पनि संघिय संरचना अनुसार काम गर्ने बताउँदै आयुक्त बस्नेतले संघिय हिसाबमा नै काम गर्ने गरी अख्तियारले काम सुरु गरिसकेको र चाँडै प्रत्येक प्रदेशमा कार्यालय खोलेर काम अघि बढाउने समेत जानकारी दिनुभयो । हेटौँडामा निर्माण भएको दुई वटा भवनको उद्घाटन कार्यक्रममा अख्तियार कार्यालय हेटौँडाका प्रमुख श्यामराज अधिकारी, क्षेत्रीय प्रशासक रेष्मीराज पाण्डे, अख्तियारका सचिव राजन खनाल लगाएतले मन्तब्य ब्यक्त गर्नुभएको थियो । ३४ कोठा रहेको उक्त भवन ७ करोड ४९ लाख ३७ हजार २ सय ५७ रुपैयाँको लागतमा निर्माण भएको हो ।

Spread the love