कर्णालीमा सडक जोड्न सेनाले पहाड फुटाउँदै

१८ साउन, काठमाडाैं : कालिकोटको पलाता क्षेत्रको जारकोटसम्मको ३० किलोमिटर सडक निर्माण कार्य सम्पन्न भएपछि लालिघाट (खुलालु)देखि शान्तिघाट हुँदै हुम्ला सदरमुकाम सिमिकोटसम्मको १४५ किलोमिटर कर्णाली करिडोर निमार्णको काम ३० किलो मिटर सम्पन्न भइसक्यो ।  कालिकोटको सबैभन्दा विकट मानिएको पलाता पनि सडक सञ्जालले जोडिएको छ । स्युना शान्तिघाट सम्मको ९ किलोमिटर कडा चट्टानी भागमा नेपाली सेनाले रातदिन काम गरेर गाडी गुडाएपछि नेपाली सेनाको काम देखेर स्थानीय चकित परेका छन् । नेपाली सेनाको निर्माण सामग्री बोक्ने ट्याक्टर र साना सवारी साधन जीप र मोटरसाइकलहरु शान्तिघाट हुदै कालिकोट सीमा क्षेत्रमा पुग्न थालेका छन् ।

सोलार बत्तीको सहयोगमा रातिमा काम नेपाली सेनाले आफ्नो पूर्व निर्धारित लक्ष्य पूरा गर्न रातिमा काम गरिरहेको छ । दिनमा सयौं बिष्फोटका आवाजहरु सुन्न सकिन्छ । बिष्फोट गराएर पहाडलाई मैदान बनाउने र बाटो पन्छाउने काम नेपाली सेनाले छिनभरमै गरेको देख्दा स्थानीयले चकित भएको बताउने गरेका छन् ।  प्रायः कालिकोट सडक क्षेत्रमा रहेका कडा चट्टानलाई फुटाइसकिएकोले एक वर्षमा सबै कडा चट्टानहरु छिचोलेर सक्ने लक्ष्य लिएको छ । ‘कालिकोट क्षेत्रमा रहेका कडा चट्टानहरुसंगको युद्ध करिब सकिएकोछ,’ उनले भने,’सम्भवत एक वर्षमा सबै क्षेत्रका चट्टानहरु छिचोलेर सकिन्छ ।’

नेपाल सरकारले सिमिकोट सम्म २ अर्व ८४ करोड ११ लाखको लागतमा बाटो तयार हुने भन्देै कामको जिम्मा नेपाली सेनालाई छ । ११ चैत २०७१ बाट सडक निर्माणको काम सुरु भएको हो । एक वर्ष कालिकोटको रेगिङलमा रहेको पहरा फोड्न लागेको र ६ महिनामा थप काम गरिएको सेनाले जनाएको छ । यस अघि ठेकेदारहरुले कडा चट्टानहरुमा सब्बलको भरले सडक निमार्ण गर्दा काम हुन सकेको थिएन । सेनाले करिडोरका बिभिन्न साना ठूला खोलामा १० वटा ट्रसपुल तथा बेलिब्रिजहरु जोड्ने छ ।

Spread the love