सर्वोच्च अदालतले सजाय मिनाहा बदर – सरकारको कदमको आलोचना

सर्वोच्च अदालतले सजाय मिनाहा बदर – सरकारको कदमको आलोचना

कर्तव्य ज्यान मुद्दामा सर्वस्वसहित जन्मकैद पाएका बाँकेका ‘रिगल’ भनिने योगप्रसाद ढकालको सजाय मिनाहा गर्ने सरकारको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएलगत्तै उनी बाँकेमा पक्राउ परेका छन्। बिहीवार सर्वोच्च अदालतले उनलाई दिइएको माफी संविधान तथा कानुन विपरीत रहेको भन्दै उक्त निर्णय बदर हुने आदेश दिएको थियो। “अदालतको आदेशबमोजिम हामीले उनलाई पक्राउ गरेका छौँ र अहिले उनी हाम्रो नियन्त्रणमा छन्,”  डाँगीका अनुसार उनलाई “आवश्यक प्रक्रिया पूरा गरेर पुन: कारागार चलान गरिनेछ।”

सरकारको सिफारिसमा यस वर्षको संविधान दिवसमा राष्ट्रपति रामचन्द्र पौडेलले रिगललाई सजाय माफी दिएपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन परेको थियो। ढकालले हत्या गरेको भनिएका चेतन मानन्धरकी पत्नी भारतीले उक्त रिट निवेदन दर्ता गराएकी थिइन्। रिगलले मानन्धरको हत्या गरेको पुष्टि भएको भन्दै अदालतले उनलाई दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो। राष्ट्रपतिबाट माफी पाउनुअघिसम्म उनी जेलमै थिए। कानुनविद्हरूले जघन्य र गम्भीर प्रकृतिका अपराधमा संलग्नहरूलाई आममाफी दिने कानुनी व्यवस्था नभएको भन्दै उनलाई दिएको आममाफीप्रति प्रश्न उठाउँदै आएका थिए। सरकारले विशेष गरी वर्षमा तीन पटक जेठ १५ मा पर्ने गणतन्त्र दिवस, असोज ३ मा पर्ने संविधान दिवस र फागुन ७ मा पर्ने प्रजातन्त्र दिवसका दिन ठूलो सङ्ख्यामा कैदीहरूको सजाय मिनाहा गर्ने गरेको छ। त्यसरी सजाय मिनाहा पाएर कैदमुक्त भएका कतिपय व्यक्तिहरू फेरि अपराधमा संलग्न भएको पाइएको प्रहरी अधिकारीहरूको भनाइ छ।

बिपिपि युनिभर्सिटीको इन्फर्मेसन सेसन फ्रयांकलिन एजुकेसन कन्सलटेन्सीमा सम्पन्न

फ्रयांकलिन एजुकेसन कन्सलटेन्सीले अक्टोबर ३१ तारिख आफ्नै कार्यालय परिसरमा बिपिपि युनिभर्सिटीको बारेमा एक जानकारी मुलक कार्यक्रमको आयोजना गरेको छ। यस कार्यक्रममा बीपीपी विश्वविद्यालयको अन्तर्राष्ट्रिय कार्यक्रमकी डिप्युटी डीन, भिकी नाइट, र नेपाल र भारतका लागी हेड अफ स्टुडेन्ट रिक्रूटमेंट , मि. तरणजित सिंहको उपस्थिति थियो।

कार्यक्रममा, भिकी नाइट र मि. तरणजित सिंहले बीपीपी विश्वविद्यालयमा उपलब्ध कोर्स, सुविधाहरू, छात्रवृत्ति, र प्राविधिक सेवा सुविधाकाबारे उपस्थित विद्यार्थीहरूलाई जानकारी प्रदान गरेका थिए। फ्रयांकलिन एजुकेसन कन्सलटेन्सीले बीपीपी विश्वविद्यालयको अधिकृत एजेन्टको रूपमा काम गरेको छ।

फ्रयांकलिन एजुकेसन कन्सलटेन्सीले लामो समय देखि बेलायत अध्ययन गर्न जान इच्छुक बिद्यार्थीहरुलाई गुणस्तरीय शैक्षिक परामर्श प्रदान गर्दै आइरहेको नेपाल डाइरेक्टर उमेश खड्काले जानकारी गराउनु भयो।

बीपीपी युनिभर्सिटी, उत्कृष्ट शिक्षाका लागि प्रसिद्ध छ। बीपीपी युनिभर्सिटीमा नेपाली बिध्यार्थीहरूले उच्च ब्यक्तीत्व निर्माण गरीरहेको युनिभर्सिटीका पूर्व बिध्यार्थी तथा फ्रयांकलिन एजुकेसन कन्सलटेन्सीका युके डाइरेक्टर डाक्टर दीपक खड्काले जानकारी गराउनु भयो।