नेकपा विभाजनलाई निर्वाचन आयोगले मान्यता दिएन

नेकपा विभाजनलाई निर्वाचन आयोगले मान्यता दिएन

११ माघ, काठमाडौं । निर्वाचन आयोगले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुबै समूहले गरेको छुट्टाछुट्टै निर्णयलाई मान्यता नदिने भएको छ । ‘नेकपाको विवरणमा परिवर्तन, संशोधन र हेरफेर हुन सक्ने देखिएन’, आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले भने। प्रवक्ता श्रेष्ठले साविककै विवरण कायम हुने जानकारी दुवै अध्यक्षलाई दिने निर्णय आयोग बैठकले गरेको जानकारी दिए। दुवै समूहको दाबी नपुगेको निष्कर्ष आयोगले निकालेको छ। प्रधानमन्त्री ओली तथा अर्का अध्यक्ष दाहाल र माधवकुमार नेपाल पक्षले अलग–अलग ढंगले पार्टीमा लिएका निर्णय दलको विधानसम्मत नभएको आयोगको निष्कर्ष हो। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, आयुक्तद्वय नरेन्द्र दाहाल र ईश्वरीप्रसाद पौडेलको उपस्थितिमा बैठक बसेको थियो। आइतबार बसेको आयोगको बैठकले दुबैको दाबी नपुगेको निष्कर्ष निकालेको हो । ‘प्रचण्ड-माधवजी र ओलीजीहरूले आफू खुशी गरेको निर्णयलाई मान्यता नदिने निर्णय गर्‍यौं’ एक आयुक्त भन्छन्, ‘दुबै समूहले विवरण संशोधन गर्न गरेको दाबी विधान सम्मत देखिएन ।’

संसद विघटन लगतै प्रचण्ड-माधव समूहले केपी शर्मा ओलीलाई पार्टी अध्यक्षबाट हटाएर माधवकुमार नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेको छ । यससँगै कानूनी रुपमा नेकपा एक नै मानिने छ । अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड नै छन् भने केन्द्रीय कमिटी पनि दल दर्ता गर्दा कायम रहेको मात्र रहनेछ ।

५ दिनभित्र सबै जिल्लामा खोप

काठमाडौँ : सरकारले भारतले उपलब्ध गराएको खोप पाँच दिनभित्र जिल्लाका भण्डारणसम्म पुर्‍याइसक्ने योजना बनाएको छ । स्वयंसेविका  स्वास्थ्यकर्मीसँगै पहिलो चरणमै खोप लगाइने मन्त्रालयले जनाएको छ ।  खोप लगाउने दिन भने अझै तय हुन सकेको छैन । ‘कानुनी, प्रशासनिक, आर्थिक र प्राविधिक प्रक्रिया पूरा गरेर खोप लगाउनका लागि सम्पूर्ण तयारी सम्पन्न भएको छ । ‘प्राथमिकतामा स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापनमा खटिनेहरू छन् । ’देशभरि ५२ हजार महिला स्वयंसेविकासहित करिब ३ लाख स्वास्थ्यकर्मी रहेको मन्त्रालयको दाबी छ ।

भारतलेे अनुदानमा दिएको कोभिड १९ विरुद्धको १० लाख काठमाडौं आइपुग्यो

काठमाडौं: भारतले सहयोग स्वरुप पठाएको १० लाख खोप सहितको विमान त्रिभुवन विमानस्थलमा अवतरण गरेको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले १० लाख डोज खोप लिएर नेपालका लागि विमान उडेको जनाएका थिए। उनका अनुसार विहीबारनै बंगलादेशलाई पनि भारतले खोप पठाएको छ।  विहीबार बिहान एयर इन्डियाको बिमान खोपको खेप लिएर भारतबाट उडेको थियो। पहिलो चरणमा भारतले नेपालसहित दक्षिण एसियाली मुलुकका लागि खोप प्रदान गरेको हो।

लागू औषध खैरो हेरोईन, एम्फेटामाईन र नगद सहित ९ जना पक्राउ

औषध खैरो हेरोईन, एम्फे टामाईन र नगद सवहि ९ जना मावनसहरू पक्राउ परेका छन ।
लागूऔषध खैरो हरेोईनको कारोबार भैरहके ो भन्नेबबशेष सचूनाको आधारमा यस ब्यरूोबाट बनग्रानीको लाबग खबटएको टोबलको आवश्यक बनग्रानी पश्चात गररएको कारवाहीको क्रममा बनम्नानसुार वतन भएका लागूऔषध कारोबारमा संलग्न ९ जना ब्यबिहरु परेका छन ।

प्रहरीका अनुसार परेका परिमाणहरु निम्न छन ।

हेरोईन ५३६.५ ग्राम, एम्फे टामाईन ७.५ ग्राम, लागूऔषध िौल गने मेविन २ थान, जम्मा नगद रू. ६,७१,५००/-, अमेररकन डलर
६१००/- र ३ थान सिारी साधन(मो.सा. /स्कुटर)

१. बमबत २०७७।०९।२७ गते बजल्ला ईलाम ,माई न.पा.४ िर भई हाल तारकके श्वर न.पा १० मनमैजुबस्नेबषय३१ को सवददप राई साथमा
बोके को ब्राउन सगुर ३ ग्राम, नगद रु २०,५००।– र बा ४० प ७९९७ नम्बरको प्लेजर स्कुटर सबहत काठमाण्डौ तारके श्वर न.पा. ६ सडक
बकनारबाट पक्राउ ।
२. बमबत २०७७।०९।२७ गते बजल्ला ईलाम ,माई न.पा.४ िर भई हाल तारकके श्वर न.पा १० मनमैजुबस्नेबषय३२ को वदपक राई साथमा
बोके को ४.५ ग्राम ब्राउन सगुर , नगद रु ५०,५००।- र बाग्मती प्रदेश ०१७ प२२९५ नम्बर को मो.सा. सबहत काठमाण्डौ तारके श्वर न.पा. ६
सडक बकनारबाट पक्राउ र बनजको का.बज. तारके श्वर न.पा. ६ बस्थत डेरा कोठा खानतलासी गदायब्राउन सगुर ६४ ग्राम, एम्फे टामाईन(ICE) ७.५ ग्राम र बडबजटल तराजुबरामद ।

३. बमबत २०७७।०९।२८ गते बजल्ला ईलाम ,ईलाम न.पा.२ मालापथ बस्ने बषय ३६ को केसाङ्ग योल्मुलेसाथमा बोके को झोलाबाट ब्राउन सगुर
४०० ग्राम र नगद रु ३०००।- सबहत का.बज.का.म.न.पा.२६ बमरनगरबाट पक्राउ ।
४. बमबत २०७७।०९।२८ गतेबजल्ला मनाङ्ग बङस्याङ्ग गा.पा.३ नावल िर भई हाल स्वयम्भूबस्नेबषय४६ को टासी सदडुप गुरुङलाई ब्राउन
सगुर खररद गनेक्रममा लागूऔषध तौल गनेबडबजटल तराज-ु१ थान, नगद रु २,६०,०००।–र बा ६३ प १०७ नंबरको स्कुटर सबहत काठमाण्डौ
बजल्ला का.म.न.पा.३२ कोटेश्वरबाट पक्राउ ।
५. बमबत २०७७।०९।२९ गतेमाच्छापछ्रुेबैंक बफबदम पााँचथर शाखाबाट आफ्नो खातामा सबन्दप राईले जम्मा गरीबदएको लागूऔषध कारोबारको
रकम ४,६०,०००/– बनकाल्ने क्रममा बज. पााँचथर फालेलंङु्ग गा.पा.-८ िर भएका बषय ५५ को विम प्रसाद लोिा बज.पााँचथर बफबदम न.पा.१
बाट पक्राउ ।
६. बमबत २०७७।०९।२९ बजल्ला झापा, बद्दुशाबन्त गा.पा.३ बाट लागूऔषध कारोबारमा संलग्न भएका बजल्ला झापा ,बद्दुशाबन्त गा.पा.३ बस्ने बषय
४१ को वदनेि कुमाल साथमा बोके को ब्राउन सगुर ५ ग्राम र ऐ.ऐ.बस्ने बषय ४३ को सदिोष सापकोटा साथमा बोके को ब्राउन सगुर १० ग्राम
सबहत पक्राउ ।
७. बमबत २०७७।१०।०१ गतेलागूऔषध कारोबारमा संलग्न भएका बजल्ला झापा ,भद्रपरुन.पा.१० िर भई हाल बज.काठमाण्डौ -१६ कुमारीस्थान
बस्ने बषय ४१ को राजेि श्रेष्ठलाई का.बज.का.म.न.पा.३२ कोटेश्वरबाट पक्राउ गरी बनजको का.बज. का.म.न.पा.१६ कुमारीस्थानमा रहको े
डेराकोठा खानतलासी बलने क्रममा नगद ३,३७,५००/- र USD ६१००/- बरामद ।
८. बमबत २०७७।१०।०२ गतेका.बज. गोकणेश्वर ६ नारायणटार सडक बकनारबाट बज. ईलाम माई जोगमाई गा.पा. ३ िर भई हाल गोकणेश्वर बस्ने
बषय ३६ को सोनाम कागिेसाथमा बोके को ब्राउन सगुर ५० ग्राम सबहत पक्राउ   परेका छन ।

चन्द्रागिरी हिल्सको शेयर बाँडफाँड शुक्रबार भित्र गर्ने

चन्द्रागिरी हिल्सले जारी गरेको आईपीओको प्रिअलटमेन्ट आज बुधबार गर्दैछ। १३ लाख ९६ हजार २२ कित्ता शेयर सर्वसाधारणलाई बाँडफाँड गर्नेछ।  कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रवन्धक ग्लोबल आईएमई क्यापिटलले आईपीओको प्रिअलटमेन्ट सकेपछि अलटमेन्ट गर्ने मिति तय गर्नेछ ।  क्यापिटलले शुक्रबार भित्र कम्पनी शेयर बाँडफाँड गर्ने तयारी गरेको छ । कम्पनीले पुस २४ गतेदेखि प्रति कित्ता एक सय अंकित मूल्यको दरले कुल १५ लाख ३४ हजार ९१ कित्ता शेयर बिक्रीमा ल्याएको थियो। ग्लोबल आईएमई क्यापिटलका अनुसार प्रिअलटमेन्ट सकिएपछि त्यसको विवरण बोर्डमा बुझाएर बोर्डले तोकिएको मितिमा कम्पनीको शेयर बाँडफाँड हुनेछ ।

त्यसमध्ये ४ प्रतिशत अर्थात ६१ हजार ३६४ कित्ता शेयर कम्पनीका कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ७६ हजार ७०५ कित्ता शेयर सामूहिक लगानी कोषको लागि छुट्याएको छ।  कम्पनीले बिक्री गरेको आइपीओमा अन्तिम दिनसम्ममा १७.५३ गुणा बढी अर्थात १२ लाख ५१ हजार १० जनाको आवेदन परेको छ ।  आवेदनबाट २ करोड ४४ लाख ७४ हजार ५३० कित्ता अर्थात २ अर्ब ४४ करोड ७४ लाख ५३ हजार रुपैयाँ बराबरको शेयर माग गरिएको छ । हालसम्म उपलब्ध तथ्याङ्कलाई आधार मान्दा कम्पनीकाे आइपीओमा आवेदन गर्ने १ लाख ३९ हजार ६०२ जनाले मात्रै १० कित्ताका दरले शेयर पाउनेछन् भने ११ लाख भन्दा बढी आवेदकको हात खालि हुने देखिएको छ ।

 

HURPES

शान्ति समाजको पाँच वर्षे छात्रवृत्ति अभियान

शान्ति समाजको पाँच वर्षे छात्रवृत्ति अभियान/पहिलो चरणमा ३७ जनालाई चार लाख ४४ हजारको छात्रवृत्ति ‘छोरी पढाऔं : गरिमा बढाऔं’ भन्ने आह्वानसहित मानव अधिकार तथा शान्ति समाजले छात्रवृत्ति अभियान प्रारम्भ गरेको छ । यस अन्तर्गत दलित समुदायका विपन्न परिवारका ६ कक्षामा अध्ययनरत ३७ जना बालिकाहरु प्रत्येकलाई प्रत्येक वर्ष रु. १२ हजारको छात्रवृत्ति प्रदान गरिने छ र यो क्रम ५ वर्षसम्म अर्थात १० कक्षामा पुगुन्जेलसम्म निरन्तर रहने छ ।
यस वर्ष मोरङ जिल्लाको कटहरी गाँउपालिकाको पुरानो थलाहास्थित विद्यालय र धनपालथान गाँउपालिकाको पुरानो दादरवैरियास्थित विद्यालयका गरी ३७ जना विपन्न दलित समुदायका बालिकाहरुलाई रु. १२ हजारको दरले कुल ४ लाख ४४ हजारको छात्रवृत्ति यसै वर्ष प्रदान गरिने छ । पाँच वर्षसम्म निजहरुलाई प्रत्येक वर्ष प्रदान गरिने यो छात्रवृत्तिका लागि शान्ति समाजका केन्द्रीय सदस्य रामप्रसाद जोशीले २ जना, शुभचिन्तकहरु अनुजा खनाल थापाले २ जना, संवत थापाले २ जना, अपूर्वा शर्माले २ जना र एक जना शुभचिन्तकबाट २ जनालाई ५ वर्षे छात्रवृत्तिका लागि सहयोग प्रदान गर्नुहुने भएको छ । यसैगरी शान्ति समाजका सभापति उत्तम पुडासैनी, सल्लाहकार होमकान्त चौलागाई, वरिष्ठ उपसभापति गोविन्द खनाल, सचिव रत्नलक्ष्मी श्रेष्ठ, अनुशासन समिति संयोजक डिकप्रसाद खनाल, सचिव कृष्णबहादुर रावल, कोषाध्यक्ष रामकृष्ण बराल, केन्द्रीय सदस्य विकास थापा, केन्द्रीय सदस्य नम्रता खरेल, समाजको मोरङ शाखा सभापति भेषराज पोखरेल, मोरङका पूर्व सभापति डिल्लीबहादुर कार्की, आजीवन सदस्यहरु मणीराज घिमिरे, कोमलप्रसाद शर्मा, सुदीप रिजाल, यमुना कँडेल, रामबाबु दाहाल, किरण ढकाल, लोचन रिजाल, राजेन्द्र खनाल तथा शुभचिन्तकहरु भैरव रिजाल, अच्युत बराल, तरुण शर्मा, मीना चौलागाई, राधिका खनाल, लक्ष्मी बराल, आर्या पाण्डे र शैशव खनालका तर्फबाट ५ वर्षे छात्रवृत्तिका लागि सहयोग प्राप्त हुने भएको छ ।
मानव अधिकार तथा शान्ति समाजद्वारा पहिलो चरणमा प्रक्षेपित पाँच वर्षे छात्रवृत्ति अभियानका लागि ५ वर्षभित्र रु. २२ लाख २० हजारको सहयोगको प्रतिवद्धता व्यक्त गर्ने सबैमा शान्ति समाज हार्दिक धन्यवाद एवं आभार व्यक्त गर्दछ ।
सहयोगी हातहरु थपिदै गएमा छात्रवृत्ति संख्या पनि वृद्धि गर्दै यो अभियान अन्य जिल्लाहरुमा समेत विस्तार गरिने छ ।

भारतले नेपाललाई दियो १० लाख डोज कोरोना भ्याक्सिन

काठमाडौं : भारत सरकारले नेपाललाई १० लाख डोज कोरोना भाइरस (कोभिड-१९) विरुद्धको भ्याक्सिन दिने भएको  छ। पहिलो चरणको खोप नेपालको जनसंख्याको ३ प्रतिशतलाई लगाइनेछ। जसमा सरसफाइकर्मी, स्वास्थ्यकर्मी,एम्बुलेन्स चालक,सुरक्षाकर्मी र शव व्यवस्थापनमा खटिएकाहरुलाई लगाइने छ।  स्वास्थ्य मन्त्रालयमा बुधबार गरिएको पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले यसबारे जानकारी दिएका हुन् । खोप भोली (बिहीबार) काठमाडौं आइपुग्नेछ।  नेपाल र भारतबीच मित्रताको एउटा अनुपम उदाहरण भन्दै भारत सरकारलाई धन्यवाद दिए। कुल जनसंख्याको ७२ प्रतिशतलाई खोप दिने नेपाल सरकारो तयारी छ।  भारतले नेपाललगायत भूटान, बङ्गलादेश, माल्दिभ्स, म्यान्मा र सेसेल्सलाई कोभिड–१९ विरुद्धको खोप अनुदान सहायता स्वरुप उपलब्ध गराउने घोषणा गरेको छ।

नेपालमा नयाँ प्रजातिको कोरोना पुष्टि

 सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै  नेपालमा नयाँ प्रजातिको कोरोना भित्रिएको बताएको छ। तीन जनामा नयाँ प्रजातिको काेराेना भाइरसको संक्रमण पुष्टि भएको बताएको छ। संक्रमित  हाल ती महिला र पुरुषको पीसीआर नतिजा नेगेटिभ आइसकेतापनि एक वृद्ध भने अझै पनि संक्रमित रहेका छन् । केहि दिन अघि बेलायतबाट नेपाल आएका व्यक्तिहरुमध्ये ६ जनाको नमुना परीक्षण गरिएको थियो। जसमा तीन जनामा एस जीन टार्गेट नेगेटिभ देखिएको थियो। तीन जनामध्ये २८ वर्षिय महिला, ६७ वर्षिय वृद्ध तथा ३२ वर्षका पुरुष रहेका छन्। नयाँ प्रजातिको भाइरसको संक्रमण भए नभएको पुष्टि गर्नका लागि उक्त नमुना हंगकंगको प्रयोगशालामा पठाइएकोमा सो पुष्टि भएको हो। यद्यपी उनमा कुनै लक्षण भने नदेखिएको मन्त्रालयको विज्ञप्तीमा उल्लेख गरिएको छ।।

 

Seychelles opens to visitors from anywhere

Seychelles will be welcoming vaccinated visitors from any part of the world. To be recognized as “vaccinated”, visitors must be able to show that they have taken the complete dose of the vaccine i.e., two doses plus 2 weeks after the second dose for the four vaccines currently receiving heavy media exposure. Visitors need to submit an authentic certificate from their national health authority as proof of COVID-19 vaccination alongside a negative COVID-19 PCR certificate, obtained less than 72 hours prior to travel.

The Indian ocean archipelago reviews its entry requirements procedures so as to be more accessible for potential visitors as part of the restart of its tourism activities for 2021 and beyond. The new measures are to be implemented in two phases.

The news, much anticipated by the tourism industry, was announced by the Minister for Foreign Affairs and Tourism, Mr Sylvestre Radegonde during a joint press brief with his counterpart from the Health Ministry, Mrs Peggy Vidot on Thursday, January 14, 2021.

The review follows the recent launch of the immunisation campaign in the small island nation. The campaign expected to have just under three quarters of the local adult population vaccinated by mid- March 2021.

With immediate effect, Seychelles will be welcoming vaccinated visitors from any part of the world.

Vaccinated Visitors:

To be recognized as “vaccinated”, visitors must be able to show that they have taken the complete dose of the vaccine i.e., two doses plus 2 weeks after the second dose for the four vaccines currently receiving heavy media exposure.  Visitors need to submit an authentic certificate from their national health authority as proof of COVID-19 vaccination alongside a negative COVID-19 PCR certificate, obtained less than 72 hours prior to travel.

Non-Vaccinated Visitors:

All visitors currently permitted entry (Category 1 and 2, private jet passengers) will now need to show a negative PCR test obtained less than 72 hours prior to travel.  Prior to the 14th of January, 2021, Category 2 had required a test less than 48 hours.

Visitors that are not vaccinated or not coming from a Category 1 or 2 countries or travelling by private jet, are still unable to enter.  This will be in force until mid-March once Seychelles has vaccinated a large majority of its adult population.

जिप दुर्घटना हुँदा २ जनाको मृत्यु

पोखरा-बाग्लुङ  राजमार्गमा पोखरा बजारतर्फ आउँदै गरेको बा२च ७४१० नंको  जिप दुर्घटना हुँदा  दुईजनाको मृत्यु भएको छ भने ७ जना घाइते भएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार दुर्घटनामा पोखरा महानगरपालिका-१० बस्ने ५० वर्षीय प्रकाश पुन र ५२ वर्षीय चित्र पुनको उपचारका क्रममा राति मृत्यु भएको  जानकारी दिएको छ । जिप अनियन्त्रित भएपछि सडकबाट अन्दाजी २५ मिटर तल खसेको छ । प्रकाशको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र चित्रको मणिपाल अस्पतालमा उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ । जिपमा नौ जना सवार रहेकामा घाइतेको हाल सहारा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरीले जानकारी दिएको छ ।