प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिव्या सिंह शाहलाई कोरोना संक्रमण

प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिव्या सिंह शाहलाई कोरोना संक्रमण

१० असोज, काठमाडौं : प्रधानमन्त्रीका निजी चिकित्सक एवं त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानकी डिन डा. दिव्या सिंह शाहलाई कोरोना भाइरस -कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।  कोरोनासंग मिल्दोजुल्दो लक्षण देखिएपछि पीसीआर टेष्टका लागि स्वाब दिएकी थिइन् । पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छैनन् । तर सामाजिक दुरी लगायतका जनस्वास्थ्यका मापदण्डहरु पालना गरेको डा. दिव्या सिंह जानकारी दिइन् ।

चीन सन् २०२० भित्र कोरोनाविरुद्ध ६१ करोड खोप उत्पादन गर्नेदाबी गरेको छ

१० असोज, काठमाडौं : चीन सन् २०२० भित्र कोरोनाविरुद्ध ६१ करोड खोप उत्पादन गर्नेको दाबी अधिकारीहरुको भनाइ छ ।   चीनले यस वर्षको अन्त्यसम्ममा कम्तीमा ६१ करोड कोभिड–१९ विरुद्धको खोप उत्पादन गर्ने दाबी गरेको छ । चीनमा उत्पादिन खोप आम जनताको पहुँचका लागि सस्तो हुने चिनियाँ अधिकारीहरुको भनाइ छ ।  परीक्षणका क्रममा खोपको सुरक्षालाई अति राम्रो अवस्थामा पाएको छ । अस्पताल तथा अति जोखिम रहेका सयौँ हजार स्वयंसेवकमा परीक्षण गरिरहेको र खोप परीक्षणले विश्व स्वास्थ्य संगठनबाट सहयोग पाइरहेको दाबी चीनको छ ।

Vianet ropes in NischalBasnet and SwastimaKhadka as Brand Ambassadors

PRESS RELEASE

 

 Vianet, Nepal’s leading ISP company from the last two decades has found it’s brand ambassadors in the popular real life couple of Nepali cinema world; NischalBasnet and SwastimaKhadka.

The popular reel and real life couple is a household name all over the country. They have worked together as well as separately in various Nepali movies. Vianet has found their ideal ambassadors in their growing popularity amongst people of all age groups.

 

The couple signed their contract with vianet and expressed their excitement regarding this collaboration. They also shared about the importance of good ISP in all our lives because of our increasing dependence on the digital medium for communication, work and entertainment.

 

Vianet, is always working towards providing better service to the audiences and is looking forward to reach wider audiences while doing so, with this collaboration, Vianet is hoping for good response from the audience and is also looking forward to connect with more people with this association with NischalBasnet and SwastimaKhadka.

डान्सिङविथ द स्टार्स
नेपाली रियालिटी शोमा
भायानेट सह–प्रायोजककोरुपमा आवद्ध

हिमालय टेलिभिजनमायहीअसोज २ गतेदेखि सुरु भएको डान्सिङ विथद स्टार्स नेपाली रियालिटी शोमाभायानेट सह–प्रायोजककोरुपमा आवद्ध भएको छ ।

बीबीसी स्टुडियो फरम्याटमा आधारित डान्सिङ विथ द स्टार्स रियालिटी शो अन्तर्राष्ट्रियरुपमा ख्यातीप्राप्त टेलिभिजन रियालिटी शो हो । एएनसीप्रोडक्सनले ल्याएको यो रियालिटी शोमा १२ जना नेपाली सेलेब्रेटी तथाकोरियोग्राफरहरुले डान्सिङ विथ द स्टार्सको उपाधि र ट्रफीको लागिप्रतिस्पर्धा गर्नेछन् ।

सह–प्रायोजककोरुपमा आवद्ध भायानेटले शोमाइन्टरनेटको सबै सुविधाहरु प्रदान गरिरहेको छ ।

 

 

 

११ श्रष्टाहरु विभिन्न पुरस्कारद्वारा सम्मानित

श्रष्टा सम्मान अभियान अन्तर्गत मानव अधिकार तथा शान्ति समाजद्वारा स्थापित विभिन्न पुरस्कारहरुद्वारा ५ महिलासहित ११ जना श्रष्टाहरुलाई सम्मान गरिने भएको छ ।  यस क्रममा वर्ष २०७७ सालको कृष्णकुमारी दाहाल शान्ति श्रष्टा सम्मान अशेष मल्ललाई, पवित्रादेवी चौलागाई मानव अधिकार श्रष्टा सम्मान आहुति (विश्वभक्त दुलाल)लाई, राधादेवी दाहाल सद्भाव श्रष्टा सम्मान नीलम कार्की निहारिकालाई, चन्द्रकला खनाल अहिंसा श्रष्टा सम्मान व्याकुल माइला (प्रदिपकुमार राई) लाई, ज्ञानप्रसाद खनाल सहिष्णुता श्रष्टा सम्मान प्रमोद प्रधानलाई र महाप्रसाद रिजाल लोकतन्त्र श्रष्टा सम्मान गोविन्दराज विनोदीलाई प्रदान गर्ने निर्णय गरिएको छ ।
यसैगरी जोगमाया बराल श्रष्टा सौगात ज्ञानुवाकर पौडेललाई, राधादेवी दाहाल श्रष्टा सौगात श्रेष्ठ प्रिया पत्थरलाई, भुमीप्रसाद बराल श्रष्टा सौगात वसन्ती शाहीलाई, श्रीप्रसाद दाहाल श्रष्टा सौगात बालिका चौधरीलाई, श्रीनारायण दाहाल श्रष्टा सौगात रेणु गुप्तालाई प्रदान गर्ने निर्णय गरिएको छ । पुरस्कृत श्रष्टाहरु ५ जना महिला श्रष्टासहित ७ वटै प्रदेशका हुनुहुन्छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तिका दिन विशेष कार्यक्रम आयोजना गरि जनही रु. २० हजार पुरस्कार राशीसहित पुरस्कृत श्रष्टाहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको छ ।
एक दशक अगाडिदेखी मासिक शान्ति काव्य प्रवाह आयोजना गर्दै आएको शान्ति समाजले साहित्यको आराधन र श्रष्टा सम्मानलाई अभियानको रुपमा अघि सारेको छ ।
पुरस्कृत श्रष्टाहरुबारे ः
वि.स २०११ साल चैत २१ गते धनकुटा जिल्लामा जन्मनुभएका श्रष्टा अशेष मल्लका ‘सडकदेखी सडकसम्म’ नाटक संग्रहसहित दुई दर्जन कृतिहरु र सयौ रचनाहरु प्रकाशित भएका छन् । नेपालमा सडक नाटकको जन्मदाताका रुपमा परिचित मल्लले शान्ति, मानव अधिकार, लोकतन्त्र, सामाजिक न्यायका पक्षमा समेत गरि १ सय भन्दा बढी सडक नाटकको लेखन÷निर्देशन गर्नुभएको छ ।

२०२४ साल चैत १ गते काठमाण्डौमा जन्मनुभएका श्रष्टा आहुति (विश्वभक्त दुलाल)का ‘नेपालमा वर्ण व्यवस्था र वर्ग संघर्ष’सहित ५ वटा पुस्तक प्रकाशित छन् । सामाजिक न्याय र दलित मुक्तिको आन्दोलनका अथक योद्धा आहुतिका हजार भन्दा बढी लेख रचनाहरु विभिन्न सञ्चारमाध्यममा प्रकाशित भइसकेका छन् ।

२०३१ चैत २७ गते पाल्पामा जन्मनुभएकी श्रष्टा नीलम कार्की निहारिकाका बहुचर्चित उपन्यास योगमाया, चीरहरण, त्रिचालीस कथा (कथा संग्रह) सहित ११ वटा कृतिहरु प्रकाशित छन् । ऐतिहासिक विषयमा रुची राख्ने र इतिहासका पात्रलाई आख्यानमा ढाल्न रुचाउने कार्की उपन्यास र कथाको क्षेत्रमा चर्चित हस्ताक्षर हुनुहुन्छ ।

२०२९ चैत २५ गते ओखलढुंगामा जन्मनुभएका नेपालको राष्ट्रिय गानका रचयिता व्याकुल माईला (प्रदिप कुमार राई)का ‘विउ अक्षर’ (वाम्वुले राई भाषामा) सहित २ वटा कृतिहरु र दर्जनौ रचना प्रकाशित छन् ।

२०१५ असोज १५ गते विराटनगरमा जन्मनुभएका श्रष्टा प्रमोद प्रधानको ‘नेपाली बाल साहित्यको इतिहास’ लगायत ३२ वटा कृतिहरु प्रकाशित भएका छन् ।  त्यसमध्ये आधा दर्जन बढी कृति समालोचनाका र २१ वटा बाल साहित्य र अन्य कविता संग्रह रहेका छन् ।

२०१० साउन २८ गते कास्कीमा जन्मनुभएका हाल गैडाकोट नवलपुर निवासी श्रष्टा गोविन्दराज बिनोदी (गिरी)का ‘शूर्पणखा’ खण्डकाव्यसहित १ दर्जन बढी कृतिहरु प्रकाशित छन् भने लोकतन्त्र, स्वतन्त्रताको पक्षमा समेत गरी १५ सय भन्दा बढी फुटकर रचनाहरु सृजना गरिसक्नुभएको छ ।

२००४ जेठ २२ गते काठमाण्डौमा जन्मनुभएका नेपाली गजलको श्रीवृद्धि र उन्नयनमा अग्रणी श्रष्टा ज्ञानुवाकर पौडेलका ‘खण्डहर नयाँ नयाँ’ गजल संग्रहसहित ५ वटा कृति र सयौ रचनाहरु प्रकाशित भएका छन् ।

सुदुरपश्चिमको साहित्यिक गुलाबको रुपमा समेत परिचित श्रेष्ठ प्रिया पत्थरको जन्म २०२१ साउन ७ गते डोटीमा भएको हो ।  हाल टिकापुर कैलाली निवासी श्रेष्ठको पतिङ्गर, रंगभुमी लगायत १७ वटा कृति प्रकाशित छन् ।

२०२५ वैशाख १५ गते बझाङमा जन्मिनुभएकी खर्पुनाथ गाउँपालिका हुम्लाकी श्रष्टा वसन्ती कुमारी शाहीको ‘कर्णालीकी बुहारी’ निबन्ध संग्रह, ‘आधा जीवन’ उपन्यास गरी दुई पुस्तक र दर्जनौ रचनाहरु प्रकाशित छन् ।

२०३८ वैशाख ५ गते दाङमा जन्मनुभएकी बर्दिया निवासी श्रष्टा बालिका चौधरीको ‘जीवनका वक्र रेखाहरु’ नामक पुस्तक थारु र नेपाली भाषामा प्रकाशित हुनुका साथै अंग्रेजीमा प्रकाशोन्मुख रहेको छ ।  चौधरीले थारु भाषामा गीत, कविता लेख्दै आउनुभएको छ भने दर्जनौ लेख रचनाहरु प्रकाशित भएका छन् ।

२०३५ फागुनमा कलैया बारामा जन्मनुभएकी रौतहट निवासी श्रष्टा रेणु गुप्ताको ‘जोगी र चोरी’ (बाल लोककथा संग्रह) प्रकाशित भएको छ ।  यसका अतिरिक्त गुप्ताले भोजपुरी र बज्जिका भाषामा तीन वटा पुस्तकको अनुवाद गर्नुभएको छ । बज्जिका  भाषाको लोक साहित्य क्षेत्रमा योगदानका लागि परिचित गुप्ताका भोजपुरी बज्जिका र नेपाली भाषामा दर्जनौ लघुकथा, कविता र लेखहरु प्रकाशित भएका छन् ।

स्याङ्जा पहिरो : ६ जनाको शव भेटियो

८ असोज, वालिङ : निरन्तर पहिरो खसिरहेकाले पहिरोमा पुरिएर स्याङ्जाको वालिङमा पाँच जनाको मृत्यु भएको छ ।एकै परिवारका १० जनामध्ये १६ वर्षीया मनिषा नेपालीलाई जीवितै उद्दार गरी गह्रौं प्राथमिक अस्पताल वालिङ पठाइएकोमा थप उपचारका लागि पोखरा पठाइएको अस्पतालले जनाएको छ । एकै परिवारका १० जनामध्ये १६ वर्षीया मनिषा नेपालीलाई जीवितै उद्दार कार्यमा   भएको प्रहरीले जनाएको छ । चार जना अझै बेपत्ता छन् । पहिरोमा पुरिएर मृत्यु हुनेहरुमा वालिङ १४ बस्ने २८ वर्षीया उमाकला नेपाली, ४८ वर्षीया माया नेपाली, ३० वर्षीय दीपक नेपाली, ६० वर्षीया सानी नेपाली र ९ वर्षीय विवश नेपाली रहेका छन् ।  घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधि, स्थानीयले बिहानैदेखि उद्दार कार्यलाई जारी राखेका छन् ।

भारतमा परीक्षण गराउँदा नेगेटिभ नेपालमा भने पोजेटिभ

कञ्चनपुर, ६ असोज : साभार :  https://www.news24nepal.tv/2020/09/22/701696  भारतबाट कोरोनाको रिपोर्ट नेगेटिभ लिएर आएको श्रीमान श्रीमतीमा नेपालमा आएर परीक्षण गराउँदा भने कोरोना पोजेटिभ देखिएको छ । बेदकोट नगरपालिका १ का वडाध्यक्ष हरि गिरीले भारतबाट फर्किएका एक दम्पत्तिमा कोरोना देखिएको बताए । तर उनीहरुसगै आएकी बालिकामा कोरोना पोजेटिभ नदेखिएको पिनि उनले बताए ।पछिल्लोपटक असोज महिनाको पहिलो साता अथवा छ दिनको अवधिमा कञ्चनपुरका ११ जनामा कोराना संक्रमण देखिएको छ । सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणबाट ११ जनामा कोरोना देखिएको हो । महाकाली नगरपालिका ६ दोधाराका एक २५ बर्षीय युवकमा कोरोना देखिएको छ । भारतीय सुरक्षाकर्मीमा कार्यरत दोधाराका ती युवकले भारतमापरीक्षण गर्दा नेगेटिभ र नेपालमा परीक्षण गर्दा पोजेटिभ देखिएको छ ।

गोविन्द केसीका माग के गदै छ सरकार ?

७  असोज, काठमाडौं  : डा. केसीले कणर्ाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसको पढाइ सञ्चालन गर्नेदेखि त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानमा वरिष्ठता मिचेर भएका नियुक्तिहरु सच्याउने मागहरु राखेका छन् ।  सादगी छवि बनाएका डा. गोविन्द केसीले जुम्लामा पुगेर १९औँ सत्याग्रह शुरु गरेको ९ दिन बितेको छ । त्रिभुवन शिक्षण अस्पतालबाट अवकास पाएको एक वर्षपछि ६ बुँदे माग राख्दै चन्दननाथ -६, वाविरा मन्दिरको धर्मशालाबाट २९ डा. केसीले भदौदेखि सत्याग्रह शुरु गरेका हुन् । मंगलबार डा. केसीलाई काठमाडौं ल्याइएको छ ।  नेपालगञ्ज झारेर मंगलबार साँझ काठमाडौं ल्याइएको छ । स्वास्थ्य अवस्था नाजुक भएपछि मात्र जबरजस्त बार्ताको टेबलमा बस्ने नवौं दिनसम्म पनि सरकारले डा. केसीका मागबारे मुख खोलेको छैन ।

‘डा. केसीको माग पूरा गर्दा मेडिकल शिक्षाका लागि संघर्ष गरिरहेका अरु थुप्रै ठाउँमा पनि यसको शुरुवात गर्न सरकार बाध्य हुन्छ’, डा. क्षेत्रीले अनलाइनखबरसँग भने, ‘गेटा, राप्ती जस्ता ठाउँहरुमा मेडिकल शिक्षा शुरु भएमा विद्यार्थीहरु सरकारी कलेजमै मेडिकल साइन्स पढ्नेछन् । जसले गर्दा ८०/९० प्रतिशत बढी रकम लिएर सञ्चालन गरेका निजी कलेजहरुको चिन्ताले गर्दा सरकारले माग सम्बोधन गर्न आनाकानी गरिरहेको छ ।’     मागको  बुँदामा डा. केसीले त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानमा वरिष्ठता मिचेर भएका नियुक्तिहरु सच्याउन भनेका छन् । सबै पदमा वरिष्ठताका आधारमा नियुक्ति गरिनुपर्ने, विश्वविद्यालय, काउन्सिल र प्रतिष्ठानहरुमा पदाधिकारी नियुक्तिका लागि मापदण्ड निर्धारण समितिले दिएको सुझाब   पहिलो अनसनदेखिकै माग हो ।

सुनको भाउ तोलामा १७ सय रुपैयाँले घट्यो

६ असोज, काठमाडौं : कोरोना भाइरस (कोभिड-१९)का कारण मन्दी छाएको विश्वअर्थतन्त्रमा सुनको मूल्य मंगलबार तोलामा १७ सय रुपैयाँले घटेको छ । सोमबार ९७ हजार दुई सय रुपैयाँमा कारोबार भएको सुनको प्रतितोला मूल्य मंगलबार ९५ हजार पाँच सय रुपैयाँ कारोबारमा झरेको हो । मंगलबारका लागि छापावाल सुनको कारोबार मूल्य १७ सय कम भएमको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।   तेजावी सुनको प्रतितोला कारोबार मूल्य ९५ हजार  चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेर १३ सय ३० रुपैयाँमा कारोबार भइरहेको व्यासायीहरुले बताएका छन् ।

Virtual Mini-Global Conference 2020

International Commission for Dalit Rights (ICDR) is organizing a virtual Global Mini-Conference 2020 on the 26th of September. The program will identify the types of collaboration between racial justice and Dalit rights movements to reform and restore the criminal justice system, equality, human rights, the rule of law, and inclusive democracy. The Agenda and Program Schedule are as follows.

अनशनरत डा. केसी काठमाडौं आउँदै

काठमाडौं, ५ असोज : नेपालगञ्जसम्म एम्बुलेन्समा आएका अनशनरत डा. केसी काठमाडौं आउँदै छन् । जुम्लामा सत्याग्रहमा रहेका डा. गोविन्द केसी काठमाडौं आएर अनसन बस्ने भएका छन् । जुम्लामा अनशन बसेको आठौँ दिन केसीले काठमाडौँ पुगेर नै सत्यागह्र जारी राख्ने बताउँदै जुम्ला छाडेका छन् ।  सोमबार साँझ काठमाडौं आउने विमान नभएका कारण नेपालगञ्जमै रोकिएका छन् ।