नेपालमा कोरोना संक्रमितको संख्या दर घट्यो

नेपालमा कोरोना संक्रमितको संख्या दर घट्यो

२३ असार, काठमाडौं : काठमाडौं उपत्यका कोरोना भाइरसको उच्च जोखिममा परेको छ।संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएपछि उपत्यका कोरोनाको उच्च जोखिममा परेको हो। मंगलबार मात्र थप  २८ जनामा संक्रमण देखिएको छ। संक्रमितमध्ये काठमाडौंका १४, भक्तपुरका ४ र ललितपुरका १० जना रहेका छन्।  सोमबार मात्रै  ५४ जनामा कोरोना भाइस संक्रमण देखिएको थियो भने आइतबार ३० जनामा संक्रमण देखिएको थियो। नेपालमा पछिल्लो साता कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुनेको संख्यासँगै संक्रमणको दर पनि घटेको छ । १७ असारमा देशभरका ल्याबमा ४ हजार ८८६ नमुना परीक्षण गर्दा ७४० जनामा संक्रमण पुष्टि भएको थियो ।

उनका अनुसार नेपालमा निको हुनेको संख्या पनि बढ्दो छ । मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा ६८८ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ७४९९ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट निको हुनेको दर ४६.३ प्रतिशत पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार १३३ नमुना परीक्षण गर्दा २०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रुकुम पश्चिम, नवलपुर र सल्यानका ५/५ जना, सप्तरीका ४ जना, सुनसरी, गोरखा, मकवानपुर, दाङ, सुर्खेत, र सर्लाहीका ३/३ जना, तनहुँ, पाल्पा र बर्दियाका २/२ जना, झापा, सिन्धुली, सिन्धुपाल्चोक, धादिङ, भक्तपुर, कास्की, लमजुङ, नुवाकोट, पर्सा, रामेछाप, रुपन्देही, बागलुङ, कविलवस्तु, नपलपरासी र रुकुम पूर्वका एकएक जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

दुखाई त उस्तै होलानी – राजेन्द्र कार्की

रोटिले बेटीलाई

बटीले रोटिलाई

दाईजोको ताप्केमा

तल माथि पल्टाउँदा

वारी म पारी तिमी

__________________________

दुखाई त उस्तै होलानी  !

बाँधमा म फुलिदा

खडेरीमा तिमी सुकिदा

बिजुलीमा तेल नसाटिदा

भोको टोपी, भोकै धोती

वारी म पारी तिमी

__________________________

दुखाई त उस्तै होलानी !

नाकाबंदीको लस्करमा

नागरिकताको इँटा बर्षिदा

बा को औषधी छेकिदा

कोरोनामा तिम्री आमा छोडिदा

वारी म पारी तिमी

__________________________

पीडा त उस्तै होलानी !

कारगील देखी लद्दाक पड्किदा

तिलाठीबाट लिपुलेक सल्किदा

धुँवा उस्तै,बारूद उस्तै

रगत उस्तै मृतक उस्तै

वारी म पारी तिमी

__________________________

दुखाई त उस्तै होलानी!

गीता पढ्छौ, चन्दन लाउँछौ

सन्तको भेषमा मुसा बन्छौ

सीमा तोड्छौ,एकता फोड्छौ

आज बिपदले ढाडमा टेक्दा

वारी म पारी तिमी

पीडा त उस्तै होलानी !

बझाङमा पहिराले १७ घर पुरिए

बझाङ : अविरल वर्षापछि बझाङ जिल्लाको केदारस्युँ गाउँपालिका – ८ मल्लेसीमा पहिरो जाँदा १७ घर पुरिएका छन् । सात जना बेपत्तामध्ये ११ वर्षकी सुन्ता जेठारा, ७ वर्षकी अस्मीता जेठारा र  ११ वर्षका प्रयागराज जेठाराको शव भेटिए तीन जनाको शव भेटिएको प्रहरीले जनाएको छ । बेपत्ता भएकाहरुमा  ८० वर्षका दले जेठारा २० वर्षका जिरजा जेठारा, ४४ वर्षकी रामदेवी जेठारा र  ७ वर्षकी शान्ता जेठारा रहेका पनि उनले घटनास्थलबाट प्रहरीले जनाएको छ । पुरिएका घरको पशु चौपायसहित खाद्यान धन सम्पति पनि क्षति भएको छ ।

झोरमा सलह किराको मिठो अचार


टोखा : काठमाडौको बिभिन्न क्षेत्रमा देखिएको सलहको प्रकोपबाट बच्न सकारबाट खासै पहल भएको छैन । किसानका बालीनालीमा केहि दिन देखि सलहले बाली बिनास गरिरहेको छ । टोखा झोरमा सलहले दुई दिन देखि बितन्डा मच्चाई रहेको छ ।
सलह संकलन गरि ल्याउनेलाई वडा कार्यलयले केहि रकम दिने बताए पनि स्थानीय वासीहरुले सहल किरा संकलन गर्ने र सलहको अफै अचार बनाई खाने गरेको पाईएको छ ।
स्वाथ्यको हिसाबले यो सलह किरा खान योग्य भए नभएको पुष्टी भएको त छैन तर पनि यो किराको तरकारी अचार बनाएर खाने चलन नेपालमा देखिएको छ ।

सलह किरा

देशैभरको सलहको विश्लेषण गरिरहेको प्राविधिक कार्यदलले काठमाडौंमा दक्षिणतर्फबाट ठूलो संख्यामा सलह प्रवेश गरेको पुष्टि गरेको छ । फौजी किराबाट जसोतसो मकै जोगाउन सफल भएका उनीहरू फेरि सलहको मारमा परेका छन् । मंगलबार नै राजपुर गाउँपालिका वडा नं. २ को चम्फानगर, गढवा गाउँपालिका वडा नं. ७ मानपुर र लमही नगरपालिका वडा नं. ६ को मध्यनगरका किसानले लगाएको मकैमा पनि सलहले क्षति पुर्याएको थियो ।

सलह किरा

संसद अधिवेशन अन्त्य गर्ने मन्‍त्रिपरिषद्को निर्णयमा प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्‍त्री  ओलीले संसद अधिवेशन अन्त्य गरेर आफू अनुकुलको कदम चाल्‍न खोजेको आशंका गरिएको छ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र चर्कँदै गएको आन्तरिक कलहबीच बिहीबार मध्यान्ह बसेको मन्‍त्रिपरिषद्को बैठकले संसद्को चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेकोछ । प्रधानमन्त्री एकाएक संसद अधिवेशन अन्त्य गर्ने निचोडमा कोरोना संक्रमणको फैलावट र बिजेनस नहुनुमात्रै कारण हो कि,सत्ता संकट पनि यसमा जोडिएको छ । निर्णयसहित अधिवेशन अन्त्य भएको औपचारिक घोषणाका लागि राष्ट्रपतिकहाँ सिफारिस पठाउने निर्णय भएको छ।  वैशाख २६ गतेबाट शुरु भएको संसदको यो अधिवेशनले एमसीसी सम्झौता अनुमोदन, नागरिकता र निजामती सेवासम्बन्धी विधेयक पारित गर्नुपर्ने थियो । सरकारले अचानक संसद अधिवेशन अन्त्य गरेपछि एमसीसी प्रकरण पनि धकेलिएको छ । जारी नेकपा स्थायी कमिटी बैठकको एजेण्डामा एमसीसी पनि छ । राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारीले नियमित भेटघाट र समसामयिक विषयमा सरकार प्रमुखले राष्ट्रपतिलाई जानकारी गराएको बताए । शीतल निवासबाट फर्किएलगत्तै प्रधानमन्त्रीले मन्त्रिपरिषद बैठकमा संसदमा खासै बिजनेस नभएकाले अधिवेशन अन्त गर्ने प्रस्ताव राखेका थिए ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक कलहले गम्भीर मोड लिएको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बिहीबार बिहान दुवै पक्षबीच भएको छलफलपछि  नेकपा अध्यक्ष केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका थिए। स्थायी समितिको मंगलबारको बैठकमा ओलीको राजीनामा माग्दै चर्काचर्कीभएपछि आन्तरिक कलहले गम्भीर मोड लिएको हो। बुधबार दिनभर दुवै पक्षमा आआफ्नो गुट छलफल र रणनीतिमा व्यस्त रहे।

नेपालमा कोरोना संक्रमित संख्या १४ हजार नाघ्यो

काठमाडौँ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या अहिलेसम्म १४ हजार नाघेको जनसंख्या मन्त्रालयले जनाएको छ । उनीहरूमध्ये ३० जनाको मृत्यु भएको छ भने ४ हजार ६५६ जना डिस्चार्ज भएका छन् ।

  बुधबारसम्म नेपालमा आरडीटी विधिबाट ३ लाख ६२० नमुना परीक्षण भएका छन् । २४ घन्टामा संक्रमित हुनेमा झापाका २१, सिरहाका २, सनुसरीका १, इलामका २, मोरङका ३, ताप्लेजुङका १, धनुषाका २१, महोत्तरीका ३६, पर्साका १, अछामका ६०, बझाङका १८, बाजुराका ७, गोरखाका २, कैलालीका २७, कञ्चनपुरका १०, पर्वतका १, काठमाडौंका १०, गोरखाका १, चितवनका १२, नवलपरासी पूर्वका ११ र बाराका १ जना रहेका छन् ।

भक्तपुरका २, ललितपुरका ५, डोटीका ७, अछामका ६६, बाजुराका १८, डोटीका ११, बागलुङका ३, स्याङ्जाका ९, तनहुँका १, कास्कीका ३, लमजुङका १०, अर्घाखाँचीका १, गुल्मीका ८, नवलपरासीका १, पाल्पाका २, बाँकेका ११, बर्दियाका ११, दैलेखका २, कालिकोटका २, सल्यानका १५, सुर्खेतका २२, दाङका २, बाजुराका १८, जुम्लाका १ र बतैडीका १ जनामा संक्रमण देखिएको छ । पीसीआर विधिबाट भने हालसम्म २ लाख ३२ हजार २२७ परीक्षणहरु गरिएका छन् र २४ घन्टामा जम्मा ४ हजार ८८६ परीक्षण भएका छन् ।

बालुवाटारभित्रै मागियो प्रधानमन्त्रीको राजीनामा

 काठमाडौं : बैठकमा पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिएर त्याग गर्नुपर्ने बताएका थिए। मंगलबारको बैठकमा प्रचण्डभन्दा आक्रोशित रूपमा प्रस्तुत भएका थिए । वरिष्ठ नेता झलनाथ खनाल ओलीबाट पार्टी र सरकार दुवै चल्न नसकेको भन्दै दुवै पदबाट राजीनामा मागेका थिए। राजीनामाको माग उठेपछि प्रधानमन्त्री ओलीले त्यसको चर्को प्रतिवाद गरेका थिए। प्रधानमन्त्री ओलीले आइतबार बालुवाटारमा आयोजित कार्यक्रममा बोल्दै आफूलाई भारतको इसारामा हटाइन लागेको अभिव्यक्ति दिएका हुन्। नेकपा स्थायी समिति बैठकमा नेताहरूले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागेका छन्। बैठकमा बोल्ने १८ जना नेतामध्ये १७ जनाले प्रधानमन्त्री ओलीको नेतृत्व क्षमतामाथि प्रश्न उठाउँदै राजीनामा मागेका छन् । प्रधानमन्त्री र अध्यक्ष दुवै पद चल्न सकेको छैन। तपाईंले अब निकास दिनुपर्छ।’ उपाध्यक्ष वामदेव गौतमले पनि प्रधानमन्त्रीले सरकार र पार्टी दुवैको नेतृत्व छाड्नुपर्ने माग गर्दै प्र आरोप लगाए।

‘मन्त्रिपरिषद गठन गर्दा पनि गुटगत रूपमा गर्नुभयो। पार्टीसँग कुनै सल्लाह गर्नुभएन। योजना आयोग बनाउँदा पनि गुटगत तरिकाले गर्नुभयो। पार्टी संगठन सञ्चालन गर्ने कुरामा पनि विधि र नीति मान्नुभएन। पार्टी र सरकार दुवै कमजोर भएकाले अब तपाईंले राजीनामा दिनुपर्छ।’

राजीनामा माग्ने १७ जनाको सूची:

१) पुष्पकमल दाहाल ‘प्रचण्ड’

२) झलनाथ खनाल

३) माधवकुमार नेपाल

४) वामदेव गौतम

५) नारायणकाजी श्रेष्ठ

६) वेदुराम भुषाल

७) अष्टलक्ष्मी शाक्य

८) मुकुन्द न्यौपाने

९) भीम रावल

१०) रघुजी पन्त

११) युवराज ज्ञवाली

१२) गणेश शाह

१३) सुरेन्द्र पाण्डे

१४) जनार्दन शर्मा

१५) पम्फा भुषाल

१६) गोकर्ण विष्ट

१७) भीम आचार्य