विश्वभर कोरोना संक्रमित संख्या ९० लाख

विश्वभर कोरोना संक्रमित संख्या ९० लाख

काठमाडौँ, ८ असार : दैनिक डेढ लाख हाराहारी नयाँ संक्रमित थपिँदै गएका छन् । विश्वभर कोरोना भाइरस (कोभिड–१९) संक्रमणकाे संक्रमण तीव्र रूपमा बढिरहेकाे छ । मृत्युका घटना कम हुँदै जानु तथा संक्रमितहरू निकाे हुने दर बढ्दै जानुले समेत गरेकाे छ ।एक दिनमा ३ हजार ३३८ जनाले काेराेना संक्रमणबाट ज्यान गुमाएका छन् । तर एकै दिनमा आइतबार १ लाखभन्दा बढी मानिस निकाे पनि भइसकेका छन् । विश्वभर कुल ९० लाख ४४ हजार मानिस संक्रमित भएकाे वर्ल्डाेमिटर्सकाे तथ्यांकले देखाउँछ । साेमबार बिहानसम्ममा आइतबार मात्रै विश्वभर १ लाख ३० हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् ।

बेहोशी म बनेकै छैन…!

गरिब अवश्य छु तर हात फैलाएको छैन !!
ऋण लिएको छु तर भिख र दान लिएकै छैन !!

जिन्दगी एक संघर्ष हो भन्ने ठानेको छु!!!!
सहज रूपमा त लिएकै छैन!! न त मेरो जरा छ न त मेरो धरातल तर बंश आफ्नो भुलेकै छैन !!!

एक्लै भएर के भो त पुग्नुपर्ने आफ्नो गन्तव्य बिर्सेकै छैन।।। जति ठेस लाए पनि आइया आमा भनेको छु !!

भुलेर पनि तिम्रो नाम त मुखमा आएकै छैन!!
मलाई मेरो जिन्दगीको गोरेटो मा हिँड्न साथ मागेको छु!!

सन्सार भत्काउने गरि कसैको हात मागेकै छैन !! यात्रामा देखेर भोगेका आँखा लाई अझै सचेत गरेको छु !!

आखा बन्द गरि खरायो झै बाठो बनेर निदाएकै छैन!! निरन्तर मेरो यात्रा मा ठेस न लागोस् भनेर होशियार त बनेकै छु !!!
तर धुर्तहरु देखि डराएर हिँड्न पाईला रोकेकै छैन!! यात्रामा भोगेका कुरा ले सचेत बनेको छु बेहोशी म बनेकै छैन!!!

साथि र आफन्त बाटै धेरै पाठ पनि सिकेको छु !! तर मानिसलाई हेर्ने दृश्टिकोण अझै बदलेकै छैन!! (#Gajal Of The Day # #Chameli,2020 )
✍️

मेरो राष्ट्रवाद – राजेन्द्र कार्की

सीमा वारी सुतेको

सीमा पारी उठेको

कागजमा पुछ्रेको

चूनाबमा उफ्रेको

मेरो राष्ट्रवाद  ।

_________________

जुँगा मिलाएर

थुँगा सिलाएर

सुतेको सपना

गाला रन्काएर

मन्चमा डुक्रेको

चूनाबमा उफ्रेको

मेरो राष्ट्रवाद ।

_______________

नाकाबन्दीमा जन्मेको

दसगजामा हुर्केको

तराईमा फुर्केको

बानेस्वरमा डुक्रेको

चूनाबमा उफ्रेको

मेरो राष्ट्रवाद ।

________________

पूर्बको पिलर

दच्छिणको खुट्टा

अस्ताउँदा ठिक छ

झुल्किदा बिक छ

आफ्नैका छातिमा

बुख्याचा हुर्केको

चूनाबमा उफ्रेको

मेरो राष्ट्रवाद ।

________________

आमाको खुट्टा

बुवाको पाखुरी

पासपोर्टमा टुक्रेको

बिदेशीएको सिन्दूर

बाकसमा थुप्रेको

चूनाबमा उफ्रेको

मेरो राष्ट्रवाद ।

असल साथी हौ तिमी जीवनको – शाेभा काफले खतीवडा

यो मनको अति प्यारो साथी हौ तिमी
असल सहयात्री मेरो जीवनको अनि !
तिमी तिम्रो यो असल पन र साथले ;
मेरो नै समिप हरपल छायौ हर जुनी!!
!!१!!
हरपल तिम्रा मायालु शुभ साथहरुले ;
तिमीले मेरो जीवन सजायौ मायाँले!!
चाहना मेरा हृदयका हरेक पानाका !
मनले नै सजायौ अनि तिम्रो मायाँले
!!२!!
तिम्रा मुटुका हरेक शुभ भावहरुमा ;
मेरा यीनै मन भरिका चाहनाहरुमा !
असल सुन्दर रहर बनाएर सजायौ!
मनको तिम्रा हरेक असल पनहरुमा !!
!!३!!
तिम्रा हर कर्म मेरालागि भए मगमग ;
तिमी रमायौ मेरा रहरहरुमा हरपल!
तिमीले दिएका हर असल साथहरुले
मेरा नै हरेक पल मगमग बनायौ बरु!
!!४!!
असल साथी बनि तिमी मेरो जीवनमा ;
तिमी हरपल नै यसै कसरी मगमगायौ !
बिहानी सूर्यको जगमग उज्यालो जस्तो
मुटुभरी चन्द्रको मायाँ दिई जगमगायौ
!!५!!
तिमी यो मेरो मनको साथै छौ सँधै नै;
यो मायाँको पनि साथै छौ यसै तिमी!!
हरपल तिमी नै छौ उत्सवमय बनेर !
तिमी मेरो हर स्वासमा छौ साथ रमेर!
!!६!!
तिमी छौ मेरा हरेक निस्वासहरुमा ;
जीवनका हरेक रड्गमा साथ छै बरु!
मेरा मनका हरेक चाहनाहरु रमाउँदा;
तिमी यसै दड्दास हुन्छौ कति बरु !!
!!७!!
यो मनमा तिमी त छँदैछौ नि हरपल!
मेरो साथ हरपल र हरक्षण नै यसरी !
वसन्तमा वनमा पालुवापलाएजस्तै;
यस्तै पो छौ मनमा तिमी खै यसरी !!
!!८!!
यो मनको रहरमा पनि तिमी रम्छौ;
मेरो साथमा पनि रमाउँछौ यसरी !
सागरले पानी पनि भरेको छ कसरी;
छातीमा मायाँ टिलपिल बनाए जसरी
!!९!!
मनको अधरले पनि खोज्छ साथ तिम्रो
चट्टान सरि मात्र रहनु सँधै यसै गरी!
आकासमा ताराहरु रमाए नै जसरी !!
तिमी रमाउनु मेरा हरेक खुशीहरु भरी
!!१०!!
जीवनमा तिमी आयौ यो अपूर्व पनले
मुटुको समिप यसरी मायाँ र स्नेहले
सायद सूर्यमा पनि ज्योतिबिहानै ,छरिएको छ झैँ गरेर धरामा त्यसरी
!!११!!
कति शव्दहरुको खेती छर्नु भावको ;
मेरा मनका गर्हा र धरामा हृदयको!
तिमी कोपिला बन्दै फूल्न है हरपल
मनको र धर्तीको माटोमा पलपल!!
!!१२!!
तिमी हर जुनि सायद मेरै साथ थियौ
हरेक पलहरेक प्रहर युगौँसम्म यसरी
नत्र कसरी आयौ मेरो यो जीवनमा नि
तिमी साथ बनि सजियौ समिप यसरी?
!!१३!!
कतै मनको मायाँ छ;अनि कतै छ यो
बनको सितल ,सुमधुर सुन्दर छायाँ!
कतै पालुवाको खेती छ यतै फूलको ;
यति सुन्दर छ मोहनी हाम्रो यो मायाँ!
!!१४!!
यस्तो बन,उपबनका पवित्र फूलका
कथा जस्तै छ सुन्दर तिम्रो यो छायाँ!
जीवनमा सत्कर्म चढाऔँ मेरो धरामा ;
हामी यस्तै गरी छर्दै जाऊ सँधै नै मायाँ
!!१५!!

दलित आन्दोलनमा दलित नागरिक समाजको भूमिका र ​​​​​​ दलितको अवस्था :-

​  

​​​​​​​​​​​​- भद्रमान मोते / दलितअधिकारकर्मी 
मान्छेलाई बाँच्न लागि गाँस, वास, कपास मात्रै सबै कुरा होइन ।स्वतन्त्र रुपले सम्मान पुर्वक बाँच्न पाउनु उसको नैसर्गिक अधिकार हो । जीवन जिउन आवश्यक पर्ने सबै चिज प्राप्त गरेता पनि आत्मसम्मान, मर्यादा, गरिमा पाउन सकिएन भने त्यो जीवन बाच्नुको केहि अर्थ हुदैन । हाम्रो मुलुकमा करिव १३.८ प्रतिशतको हाराहारीमा रहेको एउटा समुदायलाई परापुर्वकाल देखि उच्च जात भनिनेहरुले वर्ण व्यबस्था र जात व्यबस्थाको आधारमा गरिएको धार्मिक, सामाजिक, सास्कृतिक विभेदले गर्दानै दलित भएर बाँच्नु पर्ने वाध्यता रहेको छ ।
सम्मानजनक रुपमा बाँच्नको निमित्त विगत ७ दशक देखि दलित समुदायहरु आन्दोलनरत छन । राणाकालीन एव पंचायती तानाशाहको अन्त्य र मुलुकमा प्रजातन्त्र स्थापनाको निमित्त आज सम्म भएका देशव्यापी जन आन्दोलन र सशस्त्र आन्दोलनमा अधिकांस दलितहरुले आफ्ना जीवन उत्सर्ग गरेका छन् ।तथापि मुलुकमा गणतन्त्र स्थापना भैसक्दा पनि दलितको अवस्थामा कुनै परिवर्तन नहुनुले “कागलाई वेल पाक्यो हर्ष न विषमत” भन्ने उखान चरितार्थ भएको छ ।
विगतमा पुर्वजहरुले दलितको आत्मसम्मानको लागि गरेको आन्दोलनको आफ्नै ईतिहास रहेको छ । नेपालमा बहुदलीय व्यबस्था स्थापना भए देखि हुँदै आएको विभिन्न दलित आन्दोलन र नेपालको संविधान २०७२ निर्माणताका गरिएको संयुक्त दलित आन्दोलनले संबिधानमा दलित हकको धारा, दलितहरुलाइ प्राथमिक एव उचच शिछ्या, स्वास्थ्य शिछ्या, भूमिहीनलाई जग्गाको व्यवस्था, आधुनिक व्यवशाय, निर्वाचित हुने अधिकार, संघ र प्रदेशमा दलित समुदायको समानुपातिक व्यवस्था, दलित आयोगलाई संबैधानिक आयोग र प्रस्तावनामानै छुवाछुत भेदभावको अन्त्य जस्ता उपलब्धिहरु स्थापित गरेको छ ।तर कतिपय बुँदाहरुलाई कानुन बनाइ भन्ने शब्दले अङ्कुश लगाएको, अहिले सम्म पनि राजनैतिक खिचातानी र गुटवन्दिको कारणले दलित आयोग स्थापना हुन नसक्नु र यस पुर्व बनेका / घोषणा भएका दलित संग सम्बन्धि कतिपय कानुनको निश्पछ्य ढंगले कार्यान्वयन नहुँदा यो संबिधान दलितको निमित्त “हात्ती आयो हात्ती आयो फुस्सा” भने जस्तै भएको छ ।
नेपालले जात, वर्ण, रंग, लिङ्ग, धर्म र उत्पतिको आधारमा गरिने सबै प्रकारका भेदभाव र प्रचलनहरुलाई उन्मुलन गर्ने अन्तराष्ट्रिय सन्धि सम्झौताहरुमा हस्ताछ्यर गरि सकेको छ । मानव अधिकारको विश्वव्यापी घोषणापत्र लाई समर्थन गरेको छ । राष्ट्रियस्तरमा नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको छ। जातीय छुवाछुत तथा कसुर सजाय ऐनको व्यवस्था गरेको छ। तर त्यसको सफल कार्यन्वयन नहुनुले आज देशमा क्रमवद्धरुपमा दलितहरु माथि जधन्य प्रकृतिका अपराधहरु हुने गरेका छन् । अझ भन्ने हो भने नेपालको संबिधान बने यता जातिय विभेदकै कारण असंख्य रुपमा दलितहरुको हत्या, वलात्कार, यौन हिँसा, सार्वजनिक अवहेलना लगायत अन्य प्रकारका घटनाहरु प्रशस्तै हुने गरेको छ । जसको ताजा उदाहरण मिति २०७७ साल जेष्ठ १० गते रुकुम पश्चिम चौरजहारी नगरपालिका वडा नम्बर ८ सोतीमा जातिय विभेदको कारणले नवराज बि.क., सन्दिप बि.क., लोकेन्द्र सुनार, टिकाराम सुनार, गणेश बुढा, गोविन्द शाही समेतको विभत्स हत्याकाण्डलाई लिन सकिन्छ । उक्त घटना पश्चात सरकारले इमान्दारीपूर्वक आफ्ना निकायहरुलाई निश्पछ्य न्यायिक छानविन गरि हदैसम्मको सजाय मागदावी गर्न निर्देशन दिनु पर्नेमा त्यसो नगरी उक्त घटनालाई आफ्नो पछ्यमा पारि अपराधीलाई उन्मुक्ति दिन सत्ता पछ्यकै गैर दलित सांसदले सदनमा बोलेका कुरा र गैर जिम्मेवार विज्ञप्तिको पछ्यपोषण गर्नु र सह सचिव स्तरिय छानविन समिति गठन गर्नु उक्त हत्याकाण्ड र दलित आन्दोलनलाई प्रभावित गरि अभियुक्तहरुलाई सफाई दिने प्रपंचको पुर्व तयारि थियो ।
उल्लेखित हत्याकाण्डको विरोध र न्यायिक छानविनको माग राख्दै देशै भरिका न्यायप्रेमी दलित / गैर दलित सांसद ,विभिन्न राजनैतिक दलहरुका दलित भात्री संगठन, दलित नागरिक समाज, पत्रकार, मानव अधिकारवादी संघ संस्था लगायत वुद्धिजीवीहरुद्वारा गरिएको आन्दोलनको फलस्वरुप तेर्ह्रौ दिन पश्चात नेपाल सरकारले ९ सदस्यीय संसदीय विशेष समिति गठन गरेको छ । यस समितिले जतिसुकै इमान्दारीपूर्वक जिम्मेवारी निर्वाह गरेता पनि वर्तमान गृह मंत्री र महान्यायाधिवक्ताको गैर जिम्मेवारी अभिव्यक्ति आइरहनु र राज्यका प्रमुख राजनीति दलहरुको प्रमुखबाट यस घटना सम्बन्धि कुनै प्रतिक्रिया नआउनुले प्राप्त हुन आउने प्रतिवेदनलाई पनि सरकारले सकारात्मक रुपमा लिएर कार्यसम्पादन गर्नेछ भन्ने कुरामा ठोकुवा गर्ने अवस्था छैन । किनकि यस भन्दा पहिला पनि जातिय विभेदकै कारण दलित माथि भएको विभिन्न जधन्य अपराध घटनामा (तत्कालिन खेलकुद मंत्री मा. दलजित श्रीपालीको संयोजकत्वमा लछमी परियार र अजित मिजारको हत्या छानविन सम्बन्धि गठित उच्चस्तरीय समिति, मा. विनोद पहाडिको संयोजकत्वमा गठित जातिय भेदभाव र छुवाछुत घटनाहरुको अध्यन समिति ) गठित समितिले पेश गरेको प्रतिवेदन उपर आज सम्म पनि कुनै सकारात्मक कारवाही नभएको उदाहरणले प्रष्ट पारेको छ ।
वहुदलिय व्यवस्था र सशस्त्र जन आन्दोलनद्वारा स्थापित गणतान्त्रिक व्यवस्था पश्चात देशका प्रमुख राजनितिक दलहरुले आ आफ्नो चुनावी घोषणा पत्रमा राज्यका अंग र संयन्त्रमा सामाजिक दृष्टिकोणले पछाडी परेको वर्ग र छेत्रको प्रतिनिधित्व र पहुंचका लागि आरछ्यण र सकारात्मक विभेदको नीतिको पछ्यामा रहदै आएको, राष्ट्रका सबै निकायको नीति निर्माण र कार्यान्वयमा दलित प्रतिनिधित्वको समुचित व्यवस्था मिलाइने, दलितको लागि छ्यतिपुर्ती सहितको विशेषाधिकारको व्यवस्था गर्ने उल्लेख गरेका थिए । तर पहिलो / दोश्रो संविधान सभा, प्रतिनिधि सभा , प्रदेश सभा, स्थानिय निकाय, संबैधानिक निकाय लगायत अन्य स्थानहरुमा भए गरेका नियुक्ति र समानुपातिक समावेशी सहभागिताको अवस्थाले पनि दलितलाई हेर्ने राजनैतिक दृष्टिकोणलाई प्रष्ट पारेको छ ।
दलित आन्दोलनको अवस्था र आवश्यकता :-
सम्बिधान निर्माण पश्चात प्राप्त उपलब्धिहरुलाई राजनैतिक मुखौटा नलगाई हेर्दा हर्षित भैहाल्नु पर्ने अवस्थानै थिएन । अझ यो संविधानले त् क्रमवद्ध ढंगले दलित आन्दोलन गर्दै जानु पर्ने अवस्थाको सृजना गरिदिएको थियो ।आन्दोलनको प्रकृति फरक फरक हुन सक्थ्यो होला तर आन्दोलन जरुरिनै थियो ।
संबिधानमा व्यवस्था भएका उपलब्धिहरुलाई संस्थागत गर्न आवश्यक पर्ने ऐन नियम निर्माण गर्न र दलित मुक्तिको लागि मुख्य वाधकको रुपमा रहेको जात व्यवस्थालाई जरा देखिनै उखेलेर फ्याँक्न संबिधान संशोधन गर्ने तर्फ विभिन्न राजनैतिक दलहरुबाट प्रतिनिधित्व गर्ने दलित सांसदहरुको सक्रिय भूमिका रहेन / देखिएन ।
जातिय विभेदको कारणले भए गरेका जधन्य अपराधहरुको समयमा होस् वा लोकसेवा आयोग द्वारा आरछ्यण खारेज गर्दाको अवस्थामा र हाल भैरहेको नवराज बि.क. सहितको हत्याकाण्डको विरुद्धमा भएको दलित आन्दोलनमा होस् केहि राजनैतिक दलका दलित नेता एव कार्यकर्ताहरुमा भएको मत भिन्नता प्रष्टै देखिन्छ । एकातर्फ दलित आन्दोलन मुख्य मुद्धामा केन्द्रित नभई राजनैतिक दलका नेताहरुलाई खुशी पार्न, व्यक्तिगत वृत्ति विकास गर्न, उच्च पद प्राप्त गर्नमानै रुमल्लिएको छ । नेतृत्व वर्गमा भएको नेतृत्वको कमि, एक अर्काको अस्तित्व स्वीकार नगर्ने प्रवृत्ति, सम्बन्धित राजनैतिक दलहरुमा आफ्नो समुदायको धारणा स्पस्ट संग राख्न नसक्नु, समुदायको भन्दा पनि राजनैतिक दलको स्वार्थमा रुमल्लिनु, समुदाय भन्दा पनि व्यक्तिगत स्वार्थलाई बढी महत्व दिनु, राजनीतिमा पनि बालीघरे प्रथालाई कायम राख्नु जस्ता आदि इत्यादी कारणहरुनै दलित आन्दोलन सफलताको प्रमुख वाधकको रुपमा रहेको छ भने आर्कोतर्फ केहि वौद्धिक जमात, अगुवाहरुले साठी लाख दलितको नाम भजाउदै मौसमी आन्दोलन गर्ने, योजनाबेगर आन्दोलन घोषणा गर्ने, तुरन्तै नयाँ संगठन निर्माण गर्ने, देश विदेशबाट रकम संकलन गर्ने तर हिसाब नदेखाउने जस्ता कार्यहरुले पनि दलित आन्दोलनलाइ फितलो बनाएको कुरा हामीले बिर्सनु हुदैन ।संछेपमा भन्नु पर्दा दलित आन्दोलन केहि व्यक्ति र समूहमा बन्धकी रहेको अवस्था छ ।
जबसम्म व्राम्हणवादि संस्कारले ओतप्रोत भएको जात व्यवस्थालाई हटाउन सकिन्न तब सम्म दलितका केहि व्यक्ति मंत्री, संसद र उच्च तहमा रहेता पनि दलित मुक्ति हुन् सक्दैन । दलित नेताहरुले चाहेता पनि दलगत राजनीतिको कारण दलित हितमा कार्य गर्न नसक्ने रहेछन भन्ने कुरा संबिधान निर्माणताका संसोधन प्रस्ताव फिर्ता लिन वाध्य परिएको घटनालाई लिन सकिन्छ । राजनैतिक दलहरुमा आवद्ध नेता तथा कार्यकर्ताहरुले जतिसुकै कटिवद्ध भएर दलित आन्दोलन वा दलितको पछ्यमा सडक र सदनमा आवाज उठाउन खोजेता पनि सम्बन्धित पार्टीले ह्विप जारि गरेपछि हटनु पर्ने वहाँहरुको वाध्यता रही आएको छ ।
अमेरिकाको राष्ट्रपति अब्राहम लिंकनले गोराजातिहरुको विरोधको वावजुद पनि एकै घोषणा बाट वर्षौ देखि जरो गाडेर बसेको रंगभेद उन्मुलन गर्न सक्छन भने नेपालको राज्यसत्ताले संबिधान संशोधन गरेर जात व्यवस्था हटाउन सक्दैनन् ? आजको एक्काइसौ शताव्दीमा पनि के दलित मुक्तिकोलागी लडाइ झगडानै गर्नु पर्ने? आन्दोलननै गर्नु पर्ने? जीवनको वलिदाननै दिनुपर्ने ? त्यसैले स्वार्थको धरातलमा रहेर गरिएको आन्दोलनले दलित मुक्ति हुन्न भन्ने कुरा दलित नेताहरुले समयमै बुझ्न जरुरि छ ।
वर्तमान अवस्था सम्म पनि व्राम्हणवादि राज्यसत्ताले दलितहरुलाई हेर्ने दृष्टिकोण र गर्ने व्यवहारमा कुनै परिवर्तन आएको छैन त्यसैले परापुर्वकाल देखि वर्ण, वर्ग र जात व्यबस्थाको निर्माणगरि धार्मिक, सामाजिक, आर्थिक, सांस्कृतिक रुपमा दलित बनाई शोषण गर्ने व्राम्हणवादको समाप्ति गर्न, दलित माथि लादिएको कुसंस्कृति, कुसंस्कार रुढिवादी परम्परा सहितको भेदभावको अन्त्य गर्न, सामाजिक न्याय सहितको समतामुलक समाजको निर्माण गर्न, दलित आन्दोलनले स्थापित गरेको संबैधानिक हक अधिकारको उपभोग गर्न, जातिय विभेदको आधारमा दलित माथि हुने गरेका जधन्य अपराध जस्ता क्रियाकलाप हुन् गर्न नदिन, मान्छेभै जन्मे पछि मान्छेझैँ बाँच्न पाउन, राज्यका हरेक निकायमा समानुपातिक समावेशी सहभागिताको निश्चितता र सुनिश्चितता गर्न साथै वर्ण, वर्ग र जात व्यबस्थाको अन्त्यको निमित्त दलित आन्दोलनलाई अझ सशक्त र संगठित बनाउदै लैजानु पर्ने आवश्यकता भएको छ ।
सन् १९६० मा दछिण अफ्रिकाको सार्पभिल्लेमा कालाजातिहरुले गरेको रंगभेदी अत्याचार विरुद्ध शान्तिपूर्ण प्रदर्शनमा गोराहरुको सरकारले गोलि चलाई ६९ जनाको हत्या गर्दा पनि कालाजातिहरुले रंगभेदी गोराजातिहरुको विरुद्धमा आवाज नउठाई समान अधिकार नमागेको भए ?, नेल्शन मन्डेलाले २७ वर्ष सम्म कारागारमा रहंदा समानताको आवाज नघनकाएको भए ?, कालाजातिले बन्दुक र गोलीको पर्वाह गरि अत्याचारको विरुद्ध आवाज नउठाएर हामि माथि दमन नगर भनेर विन्तीपत्र चढाउदै हिडेको भए गोराहरु माथि विजयी पाउथे ? त्यसैले विगत देखि वर्तमान अवस्थामा मित्र राष्ट्रहरुमा भए गरेका संघर्ष र आन्दोलनबाट केहि सिक्न आवश्यक भएको छ । आज हामी नवराज बि.क. सहितको हत्याकाण्डको न्यायिक छानविन हुनुपर्छ भन्ने आन्दोलनमा छौ । पिडितहरुलाई न्याय दिलाउनु त् छंदैछ तर भोलिका दिनहरुमा पनि हुनसक्ने यस प्रकारका घटनाहरुको प्रतिकार गर्न, जातीय विभेद टिकाउने जात व्यवस्थालाई नै उखेलेर फ्याँक्न र राष्ट्रिय स्तरका गैर दलित नेताहरुले ” दलितको आन्दोलन पुगेकै छैन, तपाईहरु आन्दोलन गर्ने सक्नू हुन्न ” भन्ने जस्ता अभिव्यक्तिलाई झुठो प्रमाणित गर्न पनि सशक्त दलित आन्दोलनको खाँचो छ ।
दलित नागरिक समाजनै किन ?
नेपालको संबिधान २०७२ निर्माणको समय विभिन्न राजनैतिक दलहरुका सभासद तथा नेताहरु, दलित भात्री संगठनहरुको राजनैतिक आस्था, महत्वाकांछ्या, अहमता र मत भिन्नताको वावजुद पनि दलित नागरिक समाजले मध्यस्थकर्ताको रुपमा भूमिका निर्वाह गर्दै एकीकृतरुपमा संयुक्त दलित आन्दोलनलाई सडक देखि सदन सम्म क्रियाशिल राख्न महत्वपुर्ण भूमिका खेलेको थियो ।
दलित मुक्तिको लागि दलित आन्दोलनलाई अझ सशक्तरुपले अघि वढाउन अपरिहार्य भैसकेको छ । दलित आन्दोलन सफल पार्न सम्पूर्ण न्यायप्रेमी दलित / गैर दलित समुदाय, पत्रकार, मानव अधिकारवादी संघ संस्था, कानुनविद, राजनैतिक दलहरुका नेता तथा कार्यकर्ताहरु संग ऐक्यवद्धता गर्न / हुन जरुरि छ ।
वर्तमान परिस्थितिमा विभिन्न समयहरुमा देश भरि दलितहरु माथि भैरहेका हिंसा, हत्या र वलात्कार को विरुद्ध र समतामुलक सामाजिक न्यायको स्थापनाको निमित्त सम्पूर्ण न्यायप्रेमी दलित समुदायहरु आआफ्नो स्थान बाट आन्दोलनमा होमिएको अवस्था रहेको छ । कुशल नेतृत्व र उचित योजनाको अभावमा छरपष्ट रुपमा रहेको दलित आन्दोलनलाई एकीकृत गर्नु पर्ने आजको महत्वपुर्ण आवश्यकता भएको छ । रुकुम पश्चिममा नवराज बि.क. सहितको भएको जधन्य हत्याकाण्डले सम्पुर्ण न्यायप्रेमी दलित / गैर दलित समुदाय, पत्रकार, मानव अधिकारवादी संघ संस्था, कानुनविद, राजनैतिक दलहरुका नेता तथा कार्यकर्ताहरुलाई एकै मन्चमा ल्याएर उभ्याइदिएको छ । यो सुनौलो अवसरलाई हामीले गुमाउन हुन्न ।कतिपय अवस्थामा राजनैतिक दलका दलित नेताहरुले एक आर्काको नेतृत्व नस्विकार्नाले दलित आन्दोलन बिचैमा तुहिने गरेको यथार्थलाई हामीले विर्सनु हुन्न ।त्यसैले सबैलाई एकै स्थानमा समेटेर दलित आन्दोलनलाई योजनावद्ध ढंगले सुचारु गर्न खुला मंचको रुपमा रहेको दलित नागरिक समाजले संयोजक एवं मध्यस्थकर्ताको भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता महशुस गरिएको छ ।

नयाँदिल्लीमा ५.५ म्याग्निच्युडको भूकम्प

नयाँदिल्ली : भारतको गुजरातमा ५ दशमलब ५ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प विज्ञानका अनुसार राजकोटबाट ११८ किलोमिटर उत्तरपश्चिम क्षेत्रमा साँझ ८ बजेर १३ मिनेट जाँदा भूकम्पको धक्का महसुश भएको हो । भूकम्पबाट मानवीय क्षति र अन्य भौतिक संरचनामा क्षति भएको छ या छैन यसबारे यकिन भइसकेको छैन । २००१ को जनवरी २६ मा गएको भूकम्पलाई तेस्रो ठूलो भूकम्प मानिन्छ । भुजलाई केन्द्रविन्दु बनाएर गएको उक्त धक्काबाट २० हजार भन्दा धेरैको मृत्यु भएको थियो । आइतबार गुजरातको कछ जिल्लास्थित भुज नजिकै भूकम्पको केन्द्रविन्दु बनेको थियो ।

झापामा बालिकालाई यौन दुर्व्यहार

१ असार, झापा : झापामा बालिकालाई यौन दुर्व्यहार रेको आरोपमा एक जना पक्राउ परेका छन् । मेचीनगर नगरपालिका–२ मा १३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा रमेश बस्नेत पक्राउ परेका छन् । साँझ घरबाट पसल जाँदै गरेका वेला बस्नेतले दुर्व्यहार गर्न खोजेको प्रहरीमा जाहेरी परेको छ । बाल यौन दुरुपयोगको कसूर अन्तरगत म्याद थप गरिएको छ ।

दुई महिनापछि बेइजिङमा कोरोना

दुई महिनापछि राजधानी बेइजिङको एक होलसेल बजारका ४५ जना मानिसमा कोरोना भाइरस संक्रमण प्रमाणित भएपछि उसले आफूलाई ‘युद्धकालीन समयमा’ राखेको छ। संक्रमित फेला परेसँगै त्यहाँ कोरोना भाइरसको नयाँ चरण सुरू भएको आशंका हुन थालेको छ। फेङ्टाइ जिल्लाको सिङ्फाडी बजारका ५ सय १७ जनामा गरिएको स्वाब परीक्षणमा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको त्यहाँका जिल्ला अधिकारीले बताएका छन्।

France pledges €300 million to support nation’s airports

France’s Ministry of Comprehensive Environmental Transformation announced that the French authorities allocated €300 million ($337.7 million) to support the nation’s airports amid the COVID-19 pandemic. According to the ministry’s officials, the funds will be allocated to cover the costs of airports in order to “avoid any impact on the way out of the crisis of airlines.” Also, the employees of passenger airlines will be paid partial unemployment benefits until September 2020.

Companies with less than 250 employees will be exempted from the payment of compulsory entrepreneurs’ labor contributions, that were earlier deferred until June. In addition, in French overseas territories, new provisions that were adapted to the new corona virus situation, were agreed on. All passengers arriving in overseas territories will have to pass a corona virus test, however, mandatory quarantine will be canceled.

The French authorities will send more than €15 billion to the aircraft building industry that was seriously affected by the COVID-19 pandemic.

कुश्मामाको पहिरो जाँदा तीन जनाको मृत्यु

३२ जेठ, काठमाडौं : गएराति ९ बजे पर्वतकाे कुश्मा नगरपालिका–३ मा गएराति गएको पहिरोमा पुरिएर तीन जनाको मृत्यु भएको छ । दुई वटा घर पुरिँदा तीन जनाको मृत्यु भएको हो । पहिरोमा ६ जना बेपत्ता छन् । भारी वर्षा भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसारपर्वतका मृत्यु हुनेमा तुलबहादुर थापा, मिनकुमारी थापा र विविशा थापा छन् ।