बौद्धस्थित ग्रेटवाल हेल्थ सेन्टरमा अधिकांश चिनियाँ नक्कली डाक्टर पक्राउ

बौद्धस्थित ग्रेटवाल हेल्थ सेन्टरमा अधिकांश चिनियाँ नक्कली डाक्टर पक्राउ

काठमाडौं : बौद्धस्थित ग्रेटवाल हेल्थ सेन्टर, कपुरधारास्थित सिविक अस्पताललगायत अस्पतालबाट आधा दर्जन नक्कली चिकित्सक पक्राउ गरेको छ ।  प्रहरीले चिकित्सासम्बन्धी योग्यताबिनै उपचार गरी बिरामी ठगेको अभियोगमा राजधानीका विभिन्न अस्पतालबाट नक्कली चिकित्सक र अस्पताल सञ्चालक गरी २० जना पक्राउ गरेको हो ।  पक्राउ परेकामध्ये अधिकांश चिनियाँ छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), नेपाल मेडिकल काउन्सिल र उपभोक्ता हित संरक्षण मञ्चको संयुक्त टोलीले बिरामीको उपचार गरिरहेका बेला पक्राउ गरेको छ । पक्राउ परेकामध्ये ठमेलस्थित अपोलो अस्पतालका ८ जना चिकित्सक रहेको काउन्सिल जनाएको छ । नक्कली चिकित्सकले उपचार गरी ठगेको उजुरी उपभोक्ता हित संरक्षण मञ्चमा परेको थियो । नेपालमा उपचार गर्ने चिकित्सकले नेपाल मेडिकल काउन्सिलमा दर्ता हुनुपर्ने कानुनी व्यवस्था छ । दर्ता नभएका त्यस्ता चिकित्सकमाथि छानबिन गर्न मञ्चले सीआईबीमा उजुरी दिएको थियो ।  पक्राउ सबै चिनियाँ नागरिक हुन् ।

रोल्पामा ५० किलो चरेससहित २ जना पक्राउ

काठमाडौं ।  प्रदेश ५ मा लागूऔषध कारोबारविरुद्ध अभियान ‘सीडा’ (क्लिन्जिङ, इलिगल, ड्रग्स, एब्यूजर) अभियान सञ्चालन गरेको प्रहरीले मोलमोलाई भइरहेको बेला नियन्त्रणमा लिएको छ ।  प्रतिकिलो ४० हजार रुपैयाँमा चरेसको मोलमोलाई भइरहेको बेला प्रहरी पुगेको थियो । प्रदेश ५ को विषेश ब्युरोको टोलीले आइतबार बिहानपख स्थानीयबासीले दिएको सुराकीको आधारमा साढे २ बजेतिर ५० किलो चरेससहित थवाङ ३ बस्ने वर्ष २२ का प्रश्न बुढामगर र शेरबहादुर बुढामगरलाई पक्राउ गरेको हो । प्रहरीले रोल्पाको घर्तीगाउँबाट ५० किलो चरेससहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरुले गाँउमा चरेस संकलन गर्ने र भारतीय बजारमा लगेर बेच्ने गर्दै आएका, कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय रोल्पामा बुझाएको व्यूरोले जनाएको छ ।

कोमल वलीलाई बिजय बानियाँ स्मृति लोक संगीत पुरस्कारबाट सम्मान

सन्जु चापागाई, मकवानपुर  : भीम विराग संगीत साहित्य कला  प्रतिष्ठान नेपाल मकवानपुरले विविध विद्यामा पुरस्कार प्रदान गरेकोे छ ।

सन्जु चापागाई, मकवानपुर
सन्जु चापागाई, मकवानपुर

 भीम विरागको ८४ औं जन्मजयन्तीको अवसरमा सोमबार रिगल हेटौंडा रिसोर्ट हेटौंडा–५ मा एक कार्यक्रमका बिच पुरस्कार प्रदान गरिएको हो । बिजुलीमाया वनः श्रेष्ठ राष्ट्रिय संगीत पुरस्कारबाट भाषा, संगीत, साहित्य, कला एवम् संस्कृतविद् श्री चेतन कार्कीलाई नगद १ लाखसहित सम्मान गरिएको हो । तुलसीमाया शिवकुमारी सृजनशील नारी पुरस्कारबाट मकवानपुरकी प्रतिनिधिमुलक महिला साहित्यकार अनिता न्यौपाने, भीम मथुरा बाल प्रतिभा पुरस्कारबाट हेटौडाका चिराग डंगोल, शीला नारी संगीत पुरस्कारबाट गायिका विद्या तिवारी, हर्षनर बज्राचार्य स्मृति पुरस्कारबाट नाट्यकर्मी कुमार शाहलाई सम्मान गरिएको हो । ख्याति प्राप्त लोक गायिका कोमल वलीलाई बिजय बानियाँ स्मृति लोक संगीत पुरस्कारबाट सम्मान गरिएको छ भने मकवानपुरका राष्ट्रियस्तरका साहित्यकार निमेष निखिललाई चिनु कुमारी लामा स्मृति साहित्य पुरस्कारबाट सम्मान गरिएको हो । त्यसैगरी स्वास्थ्य क्षेत्रमा लामो समय कार्य गरेकी स्वंयमसेवीका चम्पा कोजुलाई प्रतिष्ठानले मङ्गलादेवी श्रेष्ठ स्मृति स्वास्थ्य पुरस्कारबाट सम्मान गरिएको हो । प्रतिष्ठानले हरेक वर्ष हेटौँडामा कार्यक्रम गरी कलासँग सम्बन्धित ब्यक्तिहरुलाई सम्मान गर्ने गरेको छ । कार्यक्रममा गायीका कोमल वली सहितका कलाकारहरुले आफ्नो प्रस्तुती समेत प्रस्तुत गरेका थिए । कार्यक्रममा साहित्यकार तुल्सी थापा, प्रकाश सायमी, विष्णु गोपाल महर्जन, मुरारी सिग्देल लगाएतको आतिथ्यता रहेको थियो । कार्यक्रम प्रतिष्ठानका अध्यक्ष उज्वल शर्मा भण्डारी को अध्यक्षतामा सम्पन्न भएको हो ।komal oli makwanpur 2

बैंक अफ काठमाडौं राष्ट्रबैंकको निगरानीमा

काठमाडौ । निर्दोष व्यक्तिलाई नागरिकताको फोटोकपीकै भरमा जमानी राखेर सर्वसाधारणलाई बिल्लीबाठ बनाउदै आएको छ ।  नेपालमा अधिकाशं बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाहलाई जोड दिएपनि सर्वसाधारणले बैंकबाट कर्जा लिन त्यति सजिलो छैन ।  ऋण स्वीकृत हुन ऋणीको आयदेखि धितो मात्रै नभई कम्तीमा एक जना जमानीसमेत चाहिन्छ ।  पुरानो बानेश्वरकी लक्ष्मी शर्माले केहि दिन अघि एभेरष्ट बैंकबाट ऋण लिन खोज्दा उनको नाम कालो सूचीमा सुचिकृत भएको भन्दै ऋण स्वीकृत भएन । राष्ट्रबैंकले कडा कदम नचाले बैंक अफ काठमाडौंले धेरै सर्वसाधारण नेपालीलाई विल्लीबाँठ पार्ने निश्चित देखिएको छ । कुनै पनि बैंककी कसुर नगरेकी उनलाई बैंक अफ काठमाडौमा ५३ लाख नतिरेकाले कालो सूचीमा राखेको उनि मात्रै नभई महेन्द्रनगरीकी सुरेखा कार्कीलाई समेत बैंक अफ काठमाडौले विना कसुर कालो सुचीमा सुचिकृत पत्रिकामा सुचनानै प्रकाशन गरेको छ । सुरेखा कार्कीलाई महेन्द्रनगरकै चन्द्र साउदले बैंकबाट कर्जा लिएर सवारी खरीद गर्दा कार्कीलाई जमानी राखेका रहेछन् । जुन कुरा कार्कीलाई कुनै पत्तो नै थिएन । लक्ष्मी शर्माको बिषयमा अहिले बैंक अफ काठमाडौले आधिकारी पत्र थमाएर गल्ती स्वीकार गरेको छ । समन्वय अभावमा बैंकबाट गल्ती भएको जनाएको छ ।

गीतकार भावेश भुमरीलाई साह्रै सताएपछि (भिडियोसहित)

 भरतसन्तोषी,काठमाडौ : गीतकार भावेश भुमरीले रचेको अत्यन्त मिठो संयोगान्त गीत “मेरो छेउमा दिलको फूल कसले खसायो, अहिले ममा त्यही फूलले डेरा बसायो, मलाई साह्रै सतायो…” मेल भर्जनको गीत युएईको दुवईमा छायाङ्कन भई सुन्दर म्युजिक भिडियोको रुपमा सार्वजनिक भएको छ । यस गीतमा प्रसिद्ध सङ्गीतकार प्रदीप क्षेत्रीको सङ्गीत र प्रसिद्ध गायक महेश सेवाको स्वर रहेको छ भने नोर्बु शेर्पाको सङ्गीत संयोजन रहेको छ । केशव कटवालले निर्देशन गरेको यस गीतको भिडियोमा कमल निर्जनले क्यामरा चलाएका छन् । रविन कठायत, सञ्जिता मगर र अर्जुनले अभिनय गरेको भिडियोमा देवकुमार श्रेष्ठको सम्पादन र टेकेन्द्र शाहकोे कलर सम्पादन रहेको छ । नेपाली गीति लेखन र एल्बम प्रकाशनमा आफ्नो छुट्टै र स्पष्ट परिचय बनाएका गीतकार भुमरी हरेक गीतमा स्तरीयतालाई ध्यान दिन्छन् । यो गीत पहिले निखिता थापाले गाएको र गीत सुनेपछि गायक महेश सेवाले पनि गाउनका लागि धेरै प्रयास गरेपछि गाउन लगाएको कुरा भुमरी संस्मरण गर्छन् । प्रदीप क्षेत्री र महेश सेवा आफूलाई अत्यन्त मन पर्ने सङ्गीतकार र गायक भन्न नछुटाउने भुमरी वैदेशिक रोजगारका क्रममा दुवईमा बस्दै आएका नेपाली कालाकारहरूले निस्वार्थ रूपमा यसरी भिडियो बनाएकामा आफू अत्यन्त ऋणी भएको कुरा पनि व्यक्त गर्छन् । यस प्रकारका कार्यले आफूलाई सफल बनाउँदै आएको कुरा सम्झिने भुमरी यस गीतको भिडियोमा संयोजनकारी भूमिका खेल्ने प्रिय कलाकार सनम कठायतलाई धन्यवाद दिनसमेत चुक्दैनन् । प्रेमको रुमानी तर शालीन विषय बोकेका गीतहरूको कमी भएका कारण यस गीत र भिडियोलाई नेपाली गीतसङ्गीतका स्रोता र दर्शकहरूले धेरै मन पराउने अनि माया गर्ने कुरामा भुमरी ढुक्क छन् । आफूले पाउनका लागि भन्दा पनि केही दिनकै लागि गीतसङ्गीतमा लागेको कुरा व्यक्त गर्ने भुमरी हरेक पक्षबाट स्तरीय यस गीत र भिडियोले आफ्नो गीति लेखन र गीत रेकर्डिङमा एक इटा थप्ने कुरा बताउँछन् । भुमरीकै सुरप्रभा गीत सङ्गीत प्रालिको युटुब च्यानलबाट आएको यस भिडियो हेरेर, प्रतिक्रिया लेखेर, शेयर गरेर अनि सुरप्रभा गीतसङ्गीतको युटुब च्यानललाई सब्स्क्राइब गरेर सहयोग गर्नसमेत सबैप्रति भुमरी विशेष अनुरोध गर्छन्

कुवेत गएकी महिलाको साउदीमा मृत्यु

रकारको श्रम स्वीकृतिमा सफाइ कामदार (क्लिनर) का रूपमा कुवेत गएकी रोल्पा, रातामाटा–४, पाखापानीकी ३३ वर्षीया चिन्ताकुमारी खत्रीको साउदी अरबमा मृत्यु भएको हो । वैदेशिक रोजगार विभागले २०७३ मंसिर १५ मा उनलाई कुवेतको केएफसी कम्पनीको क्लिनरमा काम गर्न व्यक्तिगत श्रमस्वीकृति दिएको थियो । उनलाई एजेन्टले क्लिनर काममा नभई घरेलु कामदारमा पठाएको थियो । नेपाली दूतावासका उपनियोग प्रमुख आनन्दराज शर्माले अस्पतालसँग मृतक चिन्ताकुमारीको साहु (स्पोन्सर) को नाम, मेडिकल रिपोर्ट र मृतक प्रमाणपत्र लिइसकिएको छ ।  क्षेत्रमा कार्यरत एकराज कठायत, रामचन्द्र मैनाली र याम मगरले शवबारे नेपाली दूतावासलाई जानकारी दिएपछि खत्रीको अवस्था बाहिर आएको हो ।   खत्रीलाई दलालमार्फत कुवेत हुँदै साउदी अरब लगिएको थियो । उनको शव राजधानी रियादबाट झन्डै हजार किलोमिटर टाढा वादी अलदवासरस्थित सरकारी अस्पतालमा राखिएको छ । अस्पतालले उच्च ज्वरो भएको अवस्थामा खत्रीलाई उपचारका लागि ल्याएको जनाएको छ । ‘निकै गम्भीर अवस्थामा अस्पताल ल्याइएको रहेछ । अस्पतालको आईसीयू कक्षमा उपचार थालेको आधा घण्टामै मृत्यु भएको रेकर्ड छ,’  ‘शव पठाउन मृतकका परिवारसँग समन्वय भइरहेको छ ।’ स्रोत : कान्तिपुर दैनिक

 

अस्पतालमा स्वास्थ्यकर्मीको अभाव प्रसुती सेवा प्रभावित

माघ १४, २०७४ –  नवलपरासी जिल्लामा रहेको अस्पतालमा प्रसुती सेवा बन्द हुँदा परासीका स्थानीय चर्को शुल्क तिरेर निजी स्वास्थ्य संस्थामा जान बाध्य छन् । परासीस्थित पृथ्वी चन्द्र अस्पतालमा दक्ष स्वास्थ्यकर्मीको अभावमा प्रसुती सेवा रोकिएको छ । दरबन्दी अनुसारको चिकित्सक र तालिम प्राप्त जनशक्ति नहुँदा सो अस्पतामा प्रसुती सेवा रोकिएको हो । प्रसुती सेवा प्रभावित हुँदा प्रसुतीका लागि आउने बिरामी समस्यामा परेका छन् ।

तीन महिनामा डिभीबाट अमेरिका जाने नेपाली ८०२

सन् २०१८ का लागि डिभी विजेताहरु अमेरिका जाने क्रम जारी छ । सन् २०१८ का लागि ४ हजार ९७ जनाले डिभी लोटरी जितेका थिए । उनीहरुले भिसा पाउने क्रम आगामी सेप्टेम्बरको अन्त्यसम्म जारी रहनेछ । अमेरिकी सरकारको तथ्यांक अनुशार डिसेम्बरमा १४७ जना डिभी विजेताहरु, उनीहरुका ६९ जना दम्पत्ति र ४६ जना छोराछोरीहरुले अमेरिकाको भिसा पाएका छन् ।   भिसा बुलेटिन अनुशार चालु महिना जनवरीमा २६५० भित्र केस नम्बर हुने डिभी विजेता नेपालीहरुले भिसा पाइरहेका छन् भने फरबरीमा ३२२५ सम्म केस नम्बर हुनेले पाउनेछन् ।   अक्टोबरमा १५७ जना डिभी विजेताहरु, उनीहरुका ७१ जना दम्पत्ति र ४४ जना छोराछोरीहरुले भिसा पाएका थिए । अमेरिकामा ग्रिनकार्ड पाउने गरी आप्रवासी भिसामा सबैभन्दा धेरै नेपाली डिभी लोटरबाटै आउने गरेका छन् ।

नुवाकोट अपांग परिचयपत्र बितरण कार्यक्रम

नुवाकोट : अपांगता भएका व्यक्तिहरुलाई सहजहाेस भन्ने किसिम्ले गाउँमानै अपांग परिचयपत्र बितरण कार्यक्रम सम्पन्न भएको छ। दुप्चेश्वर गा.पा. र महिला तथा बालबािलका कार्यलय नुवाकोटको सम्युक्त अायाेजना तथा अक्सफाम र सामुदायिक तथा ग्रामीण बिकास समाज नेपाल “कार्डसन”र “केसिडिसि”काे सहयाेगमा दुप्चेश्वर गा.पा.-६,समुन्द्रटारमा शनिबार एक कार्यक्रमकाे अायाेजना गरि परिचयपत्र बितरण गरियकाे हाे । दुप्चेश्वर गा.पा.काे सातै वडाहरुबाट अाएका ९९ जना शाररिक रुपमा अशक्त व्यक्तिहरुलाई अपांग परिचयपत्र वितरण गरियकाे हाे । अपांगकाे अबस्था हेरि `क´ `ख´ `ग´ र `घ´ वर्गको परिचयपत्र बितरण गरियकाे महिला तथा बालबालिका कार्यलय नुवाकाेटका प्रमुख भुला भण्डारीले जानकारि दिनुभयाे । भाैगाेलिक बिकटता, पारिवारिक असहयाेग र समाजमा अपांगता भएको व्यक्तिले पाउने सुिबधावारे जानकारि नहुदा उनिहरुले समयमै परिचयपत्र पाउन नसकेकाे `कार्डसन´ कि लेङ्गिक अधिकृत अन्जना माेक्तानले बताउनुभयाे।साथै कार्यक्रममा चेतनामुलक सडक नाटक समेत मञ्चन गरियकाे थियाे ।

हिउँदकाे मध्य माघ महिनामा आपूर्तिलाई सन्तुलन गर्न – कुलमान घिसिङ

देशभर विद्युत कटौती  हुदा  बिद्युत प्राधिकरणका कार्यकारी निर्देशन कुलमान घिसिङले भारतवाट बिद्युत आयात गरेर देशकाे ५० अर्बभन्दा बढी खर्च जोगाएको दाबी गरेका छन् । खासगरी माघको अन्तिममा हाम्रो उत्पादन अत्यन्तै न्यून बिन्दुमा झर्छ । अहिलेको भैरहेकाे उत्पादनबाट पनि १०-२० मेगावाट अझ बिद्युत घट्छ ।  कहिले काहीँ प्राबिधिक गडबढीले गर्दा केही समय विद्युत कटौती हुन्छ । हामी प्राबिधिक रूपमा कमजोर धरातलमा छौँ । कहिले काहीँ ठूलो स्थानमा समस्या आयो भने पुरै बिद्युत प्रवाहमा समेत असर गर्नसक्छ । हाम्रो व्याकअप कमजोर छ ।   देशको उत्पादनले नपुगेपछि भारतवाट आयात गर्नुपर्ने बाध्यता भएको बताउँदै घिसिङले तीन बर्षपछि हिउँदको समयमा पनि आत्मनिर्भर हुने बिश्वास ब्यक्त गरे । बिजुली आयातले आत्यासलाग्दो व्यापार घाटा कम गराउन महत्वपूर्ण भूमिका खेलेको छ । बिजुली आयात नहुँदा लोडसेडिङ्ग हुन्छ । लोडसेडिङ्ग भएको बर्ष सात अर्ब  रूपैयाँ हाराहारीको त इन्भर्टर नै आयात भएको छ । ५०/ ६० अर्बका डिजल जेनेरेटरहरू भित्रिएका छन् ।

हिउँदकाे मध्य माघ महिनामा विद्युतको माग र आपूर्तिलाई सन्तुलन गर्न  कहिले काँही १०-२० मिनेटका लागि हुने बिद्युत कटौती सामान्य सर्टहरू भएर हुने हुन्छ । तर दिनभरि वा ४ -५ घण्टा बिजुली जाने चाहीँ पोल सार्ने या कुनै प्राबिधिक समस्याले गर्दा हो । गत वर्ष बिद्युत बढी माग हुने समयमा ३८० मेगावाटको हाराहारी बिद्युत किनिएको थियो  यसपाली धेरै ठूलो मेहनत गरेर यति बिजुली आयत गरिएको हो । आयात गर्न पनि सजिलो थिएन । दुई देशमा हुनु पर्ने तथा भए गरेका सम्झौताहरू पनि कठिन थिए । पछि १५० मेगावाट हाराहारी बिजुली आयात बढेको छ । यो वर्ष लोडसेडिङ्ग नियन्त्रण गर्न आयातको विकल्प छैन   ।