पहिलो चरणको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन निश्पक्ष – परिबेक्षक अनिल सिलवाल

पहिलो चरणको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन निश्पक्ष – परिबेक्षक अनिल सिलवाल

धादिङ : नेपाल युनेस्को संघ संस्था तथा क्लबहरुको राष्ट्रिय महासंघको टोली धादिङको शिद्दलेख गाऊँ पालिका, बेनिघाट रोराङ गाऊँ पालिका, निलकण्ठ नगरपालिका लगायतका स्थानहरुमा परिबेक्षणमा प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा गरिएको परिबेक्षमा निश्पक्ष र धाधली रहित ढंगले सम्पन्न भएको जानकारी नेपाल युनेस्को महासंघका उपाध्यक्ष तथा परिबेक्षक श्री अनिल सिलवालले द पावर न्युज लाई जानकारी गराउनु भयो ।  परिबेक्षणको क्रममा   रमेश त्रिपाठी,  दिपक अधिकारी को पनि सहभागीता रहेको थियो ।
अमेरीकाका  जोन भिल्ले का मेयर Jeff Papa परिबेक्षण पछिको छलफल कार्यक्रमा सहभागी हुनुहुन्थ्यो , RCDP नामक संस्थाको कार्यक्रममा आएका पुर्व मेयर  Jeff Papa, उनका महिला सहकर्मी Kelly तथा RCDP का Coordinator  होम ओझा लगायतले निर्वाचन सौहार्द पुर्ण वातावरणमा सम्पन्न भएको बताउनु भयो ।
National election of nepal Nga_chhap-lagaune24059202_1873654382663247_1674583718561649055_n24059196_1873654242663261_1335298831960719598_n23843334_1873654245996594_1554129649650119864_n

UNESCO Nepal

UNESCO Nepal

https://www.youtube.com/watch?v=LcBdm7-nqF0

एन आर एन च्यूयोर्क च्याप्टरको रक्तदान सम्पन्न

गैर आवासीय नेपाली संघ राष्ट्रिय सवन्वय परिषद न्युयोर्क च्याप्टरले कुइन्स ब्लड विभागको सहकार्यमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।  न्यूयोर्क ज्याक्सन हाइटस्स्थित सामाजिक सँस्था अधिकारको सभाहलमा आयोजनमा गरिएको थियो । एनआरएनए अमेरिकाका सचिव होमनाथ गौतमले रक्तदान गरि कार्यक्रमको उद्घाटन गरिएको थियो ।
 
नेपाली महाबाणिज्यदुत मधुकुमार मरासिनीको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा वाणिज्यदुत कृसु छेत्री लगायतका अधिकारिहरुको उपस्थिती थियो । कार्यक्रममा ४७ जना दाताहरुले रक्तदान गरेको एनआरएनए न्यूयोर्क च्याप्टरका महासचिव महेश खड्काले जानकारि दिए । च्याप्टरका उपाध्यक्ष विष्णु रानामगरको संयोजकत्वमा संपन्न कार्यक्रममा उत्तर अमेरिका क्षेत्रीय उपसंयोजक श्री नबिन शेरचन, एनआरएनए अमेरिका महासचिव श्री बि.आर लामा। बोर्ड सदस्य श्री संजय थापा , बोर्ड सदस्य श्री आङ्गनिमा गेल्जे शेर्पा र ब्लड डोनर्स अफ अमेरिका का पूर्व अधक्ष्य श्री अर्जुन मैनाली लगायतले न्यूयोर्क च्याप्टरको यो समाजिक अभियानको प्रसंशा गरेका थिए। 
 
प्राध्यापक तारा निरौला,ने ज स अमेरिका पूर्वसँयोजक बिष्णु सुबेदी, नर्बदा छेत्री, दुर्गेशजंग कार्की लगायतका सामाजीक अभियन्ताहरुले आगामि दिनमा पनि यस्तो समाजिक कार्यलाइ निरन्तरता दिन सुझाब दिएका थिए । कार्यक्रमलाइ व्यस्थिथत बनाउन करिब १८ जना बिद्यार्थीहरु स्वयंसेवकको रुपमा परचालन गरिएको एनआरएन न्यूयोर्क च्याप्टरका महिला संयोजक कंचन केसीले बताइन । यस्ता कार्यक्रम हरु ले हामी प्रबासी नेपाली हरु मा सहयोग को भाबना उत्पन्न गर्ने कुरा महिला कोअर्डिनेटर कन्चन के सि ले बताउनु भयो ।  रक्तदान कार्यक्रमको अन्त्यमा न्युयोर्क च्याप्टरका अध्यक्ष रामहरी अधिकारीले प्रमाणपत्र वितरण गर्दै कार्यक्रम सफल पार्न सहयोग गर्ने सम्पुर्णलाइ धन्यवाद  ज्ञापन गरेका थिए ।
एनआरएनए अमेरिकाको गत सेप्टेम्बरमा सम्मन्न निर्वाचनले एनसिसि अमेरिका र यस अन्तर्गतका २६ वटा च्याप्टरमा आगामि २ बर्षको लागी नयाँ कार्यसमिति चयन गरेको थियो । च्यूयोर्क च्याप्टरले नयाँ कार्यसमिति सामुदायीक हितलाइ मध्यनजर गर्र्दै विभिन्न सामाजिक जागरणका कार्यक्रम गर्ने प्रतिबद्धता सार्वजनिक गरेको थियो । च्याप्टरले यस अधि गत अक्टुबर १२ तारिखमा गैर आवासिय नेपाली दिवसको अवसरमा बृहद अन्तक्र्रिया आयोजना गरेको थियो। National election of nepal Nga_chhap-lagaune

एक–एक जोडेर एघार नतिजा – उद्यमी विनोद चौधरी

नवलपरासी, ११ मंसिर : सोमबार नवलपुरको अर्खलामा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका नेता एवं उद्यमी विनोद चौधरीले वर्तमान परिस्थितिमा विकास नै आफ्नो पार्टीको एक मात्र उद्देश्य रहेको भन्दै आर्थिक समृद्धि र विकासका लागि नयाँ ढंगले अगाडि बढ्नुपर्ने बेला आएको बताएका छन् । एक–एक जोडेर एघारको नतिजा ल्याउनुपर्ने अवस्था आएको भन्दै त्यसका लागि आफू दृढतापूर्वक लागिरहेको जानकारी दिएका छन् । आर्थिक समृद्धि र विकासको लक्ष्य प्राप्ति गर्नैका लागि सक्रिय राजनीतिमा प्रवेश गरेको मतदातासामु बताए । सोही क्षेत्रबाट प्रतिनिधि सभा सदस्यका लागि लोकतान्त्रिक गठबन्धनका उम्मेद्वार डा. सशांक कोइरालासँग उनी निर्वाचन प्रचारप्रसारका सिलसिलामा तेस्रो पटक त्यहाँ पुगेका हुन् ।  उद्योगधन्दामार्फत् देशको विकास गर्नका आफूले सारा जीवन लगाएको स्मरण गर्दै उनले लोकतन्त्रमा मात्रै आर्थिक समृद्धि र विकासले गति लिन सक्ने भएकाले आफूले नेपाली कांग्रेसलाई रोजेको भन्दै चौधरीले कांग्रेसलाई जिताएर यस अभियानमा साथ दिन आग्रह गरे ।

गोरखामा बाबुराम कि नारायणकाजी

गोरखामा चाहिँ भट्टराईले जित्ने कि श्रेष्ठले जित्ने भन्नेबारे लाख-लाख रुपियाँको बाजी थाप्न थालिएको छ। गोरखा नगरपालिका ८ का थापा थरका एक युवाले भट्टराईले जित्ने दाबीका साथ हारेमा एकलाख तिर्ने बाजी थापेका छन्।   प्रतिनिधि सभा र प्रदेश सभाको हिमाली र पहाडी ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा आइतबार सम्पन्न पहिलो चरणको मत गणना पनि मंसिर २१ गते साँझपछि मात्र सुरु गरिनेछ। गोरखाको एउटै क्षेत्रबाट चुनावी प्रतिस्पर्धा गरेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई जित्ने कि नारायणकाजी श्रेष्ठ भन्नेबारे देशभरि चासोको विषय बनेको छ बाजी खेल्दै गोनपा ८ का खत्री थरका एक युवाले भट्टराईले जित्ने दाबीका साथ हारेमा ५० हजार रुपियाँको बाजी थापेका छन्। उनका जोडी बस्नेत थरका अर्का युवाले श्रेष्ठले जित्ने दाबीका साथ हारेमा ५० हजार तिर्ने जनाएका छन्। स्रोत :  अन्नपूर्ण पोष्ट दैनिक

https://www.youtube.com/watch?v=Ebw-kVctcPg

 

National election of nepal Nga_chhap-lagaune

राजबिराजमा शैक्षिक सामाग्री वितरण

द पावार न्युज संवाद दाता, राजबिराज : हङकङमा क्रियाशिल नेपाली युवा समाजसेवीको अगुवाइमा स्थापना भएको राइनो क्लबको सहयोगमा राजबिराज, सप्तरीमा बाढी पीडित, गरीब तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ। एक्सन डेभलपमेन्ट सेन्टर काठमाडौं तथा राजबिराज सम्पर्क कार्यालयको समन्वयमा राजबिराज स्थित आदर्श वाटिका विद्या मन्दिरमा आयोजित एक औपचारिक कार्यक्रम बिच शैक्षिक सामाग्री प्रदान गरिएको हो। सोही अवसरमा केही उत्कृष्ट तथा मिहिनेती विद्यार्थीहरुलाई कला प्रस्तुत गर्न लगाई प्रोत्साहन स्वरूप पुरस्कर समेत प्रदान गरिएको थियोे। विद्यार्थीहरुमा सामाजिक सेवा भावना जगाउन र उनीहरुलाई आत्मबल बढाएर अध्ययन कार्यमा प्रोत्साहन दिन सकियोस् भन्ने हेतुले कार्यक्रम आयोजना गरिएको एक्सन डेभलपमेन्ट सेन्टरका अध्यक्ष शिरोमणि दवाडीले बताउनुभयो। परदेश र स्वदेश बिचका नेपाली र नेपाल भित्रैका नेपाली नेपाली बिच मित्रता र सद्भाव बढाउन पनि यस्ता कार्यक्रमले महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने दवाडीले बताउनुभयो । हास्य कलाकार सुरेश थापाले समय समयमा आउने प्राकृतिक प्रकोपले विद्यार्थीलाई अध्ययनमा असर पारिरहेकोले मनोबल बढाउन आवश्यक भएको बताउनुभयो । विद्यालयका प्रधानाध्यापक तथा प्राध्यापक रामचन्द्र यादवले समाजसेवा नै सच्चा धर्म र कर्म भएकोेले नयाँ पिढिलाई यो भावनाको विकास गर्न आवश्यक रहेको बताउनुभयो । हङकङका युवाले राजबिराजका विद्यार्थीलाई सम्झना गरि सहयोग गरेकोमा धन्यवाद समेत दिनुभयो । कार्यक्रम युवा संचारकर्मी आशुतोष आनन्द सिंहले संचालन गर्नु भएको थियो। एक्सन डेभलपमेन्ट सेन्टर राजबिराजका समन्वयकर्ता सिंहको अगुवाइमा यश अघि भुकम्पका समयमा पनि विद्यालय लक्षित जनचेतनामूलक कार्यक्रम संचालन गरिएको थियोे ।National election of nepal Nga_chhap-lagaune

action devlopment of thepowernews 1action devlopment of thepowernews 2action devlopment of thepowernews 3
action devlopment of thepowernews 5action devlopment of thepowernews 6action devlopment of thepowernews 7action devlopment of thepowernews 8action devlopment of thepowernews

https://www.youtube.com/watch?v=YTIuE9dtXqQ&feature=youtu.be

भाषाको हङकङ संस्करण सार्वजनिकीकरण

भरतसन्तोषी,काठमाडौ : हङकङ साहित्यिक साझा शृङ्खलाको ६७ भागअन्तर्गत यही नोभेम्बर २६ का दिन स्रष्टा वनभोज कार्यक्रम मङ्कीहिलमा सम्पन्न भएको छ । यस कार्यक्रममा नेपालका गीतकार भावेश भुमरीको गीतिएल्बम ‘भाषा’को हङकङ संस्करणको सार्वजनिकीकरण गरिएको छ । गीतकार भुमरीको भाषा एल्बमलाई साझा शृङ्खलाका संयोजक डीबी पालुङ्वा, साब्लावुङ साहित्यिक पत्रिकाका सम्पादक/प्रकाशक तथा नेपाली लेखक संघका वैदेशिक उपाध्यक्ष राजकुमार राई, हङकङ नेपाली साहित्यिक प्रतिष्ठानका अध्यक्ष टङ्क सुब्बा सम्बाहाम्फे, समीक्षक समाज हङकङका संयोजक हेमकुमार लवाती, विश्व नेपाली साहित्यिक महासंघ हङकङका अध्यक्ष चन्द्र मादेन अन्छान, शृङ्खलाका पूर्व संयोजकद्वय लालबहादुर गुरुङ र टीबी याक्खा, समालोचक किन्दर राई, कवि दाजु गुरुङ र कवि कमल पौडेलले संयुक्त रुपमा सार्वजनिक गर्नुभयो । एल्बमको टिप्पणी गर्दै गीतकार टङ्क सुब्बा सम्बाहाम्फेले ‘भाषा’ एल्बम पृथक् रहेको, चलनचल्तीका शब्दहरूभन्दा नयाँ शब्द र लेखनशैली प्रयोग भएको उल्लेख गर्दै सो एल्बम स्रोताहरूले पक्कैे रुचाउने कुरामा आफू ढुक्क भएको कुरा राख्नुभयो । राजकुमार राईले भावेश भुमरीले डायस्पोरिक सङ्गीतकार र गायकगायिकाहरूलाई समेटेर एल्बम तयार पारेकाले आफ्नो अनुरोधमा भुमरीको एल्बम हङकङमा आइपुगेको कुरा राख्नुभयो । आफूलाई यस एल्बममा नेपाली डायस्पोरिक जीवनसँग मिल्ने शब्द र सङ्गीत भएकाले नेपाल बाहिर रहेर नेपाली गीतसङ्गीत र साहित्यका स्रष्ठा र माया गर्ने व्यक्तिहरूले सुन्नुपर्ने कुरामा जोड दिनुभयो । सोही कारण यो एल्बम हङकङमा आइपुगेको कुरासमेत प्रष्ट पार्दै एल्बम खरिद गरेर प्रोत्साहन गर्न पनि सबैलाई अनुरोध गर्नुभयो । नेपाली गीतसङ्गीतमा राम्रो स्थान बनाएका र हङकङका धेरै स्रष्टासँग जानकार स्रष्ठा भावेशका तर्फबाट सबैलाई धन्यवाद पठाएको कुरा पनि राईले सुनाउनुभयो । एल्बम भाषाका सातवटै गीतमा दार्जिलिङमा जन्मेकी र काठमाडौँमा बस्दै आएकी गायिका निखिता थापाको एकल स्वर रहेको छ भने एकएकवटा गीतको सहगायनमा दार्जिलिङका थुप्देन भुटिया र महेश सेवाले साथ दिएका छन् । एल्बममा हङकङका दिनेश सुब्बा, दार्जिलिङका प्रदीप क्षेत्री, सिक्किमकी विमला सी प्रधान, अमेरिकाका पविधन खालिङ, सन्तोष श्रेष्ठ, केशव पौडेल र कर्मग्याल्छेन बमजनका सङ्गीत रहेका छन् भने सचीन सिंह, नोर्बु शेर्पा, चाँद सिंह, पविधन खालिङ र कुमार थापाका सङ्गीत संयोजन रहेका छन् । अनील स्थापितले आवरण तयार पारेको यस एल्बमका सबै गीत भुमरीकै ह्वाइट साउन्ड स्टुडियो अनामनगर, काठमाडौँमा रेकर्ड भएका हुन् भने भुमरीले आफ्नै म्युजिक कम्पनी सुरप्रभा गीत सङ्गीत प्रालि काठमाडौँबाट बजार व्यवस्थापन गरेका छन् । वनभोज कार्यक्रमको दोस्रो चरणमा समालोचक किन्दर राईले साब्लावुङ पत्रिकाको विवेचना गर्दै विश्वमा रहेका साहित्यकारहरूको स्तरीय साब्लावुङ पत्रिका हङकङबाट प्रकाशन हुँदै आएको कुरा बताउनुभयो । यस कार्यक्रममा धेरै कविहरूले आआफ्ना कविता वाचन गरेर कार्यक्रमलाई रोचक बनाउनुभयो । कार्यक्रममा हङकङका साहित्यकार, पत्रकार र कलाकारहरूको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमको समापन शृङ्खलाका संयोजक डीबी पालुङ्वाले गर्नुभएको थियोे ।hong kong

Light pollution rises on a global scale

The world is getting brighter, but scientists say that may not be a good thing. Researchers said on Wednesday satellite data showed that Earth’s artificially lit outdoor surface at night grew by about 2 percent annually in brightness and area from 2012 to 2016, underscoring concerns about the ecological effects of light pollution on people and animals. The rate of growth observed in developing countries was much faster than in already brightly lit rich countries. The researchers said the U.S. National Oceanic and Atmospheric Administration weather satellite data may understate the situation because its sensor cannot detect some of the LED lighting that is becoming more widespread, specifically blue light.

“Earth’s night is getting brighter. And I actually didn’t expect it to be so uniformly true that so many countries would be getting brighter,” said physicist Christopher Kyba of the GFZ German Research Centre for Geosciences, who led the research published in the journal Science Advances.

With few exceptions, growth in nighttime light was observed throughout South America, Africa and Asia. Light remained stable in only a few countries. These included some of the world’s brightest such as Italy, Netherlands, Spain and the United States, although the researchers said the satellite sensor’s “blindness” to some LED light may mask an actual increase. Source : REUTERS

मुक्तिनाथमा स्थापित नेपालको सबैभन्दा ठूलो ढुंगाको बुद्धमूर्ति

बुद्ध नेपालमा जन्मेको सन्देश  फैलाउन  पवित्र स्थलका रुपमा परिचित मुस्ताङको मुक्तिनाथमा स्थापित नेपालको सबैभन्दा ठूलो ढुंगाको बुद्धमूर्तिलाई रंग लगाएर अन्तिम रुप दिइएको छ । बौद्धधर्मालम्बीहरुको अमेरिका निवासी व्यवसायी सोनाम लामाको एकल पहल र लगानीमा बुद्धमूर्तीको स्थापना गरिएको हो । ३५ फिट अग्लो यो बुद्धमूर्ती एकबर्ष अगाडि मुक्तिनाथ लगेर स्थापना गरिएको हो । हिन्दुहरुले मुक्तिनाथलाई मुक्तिक्षेत्रका रुपमा लिइन्छ भने भगवान विष्णुको पावन क्षेत्रका रुपमा पुज्ने गरिन्छ । मुक्तिनाथमा स्थापना गरिएको बुद्धको मूर्ति काठमाडौंको पाटनमा निर्माण गरिएको हो ।  सतीदेवीको अंग पतन भएको शक्तिपीठका रुपमा समेत दर्शन गरिने मुक्तिनाथ क्षेत्रलाई बौद्धगुरु रिन्पोछे पद्मसम्भव तिब्बततिर यात्रा गर्ने क्रममा ध्यान गरेको पवित्र क्षेत्रका रुपमा लिने गरिन्छ । सन् २०१५ को अप्रिलमा नेपालमा आएको महाभूकम्पले बुद्धमूर्ति निर्माणको कामलाई समेत प्रभावित पार्यो । कालिगढहरुले बुद्धमूर्ति कुँदिरहँदा आएको भूकम्पले बनिसकेको मूर्तिलाई भत्काइदियो ।  पाटनबाट मुस्ताङको मुक्तिनाथमा मूर्ति ल्याउन सहज थिएन । त्यसैले निर्माण भइसकेपछि पनि मूर्ति मुक्तिनाथसम्म ल्याउन झण्डै ६ महिना लाग्यो । सन् २०१६ को मार्चमा १३ वटा मालबाहक ट्रकमा राखेर बुद्धमूर्ति मुक्तिनाथमा लगियो ।  बुद्धमूर्तिमा टाउकोमात्र पाँच फिट अग्लो रहेको छ । टाउकोको तौलमात्र झण्डै ५ हजार किलोको रहेको छ । टाउकोमाथि डेढ फिट अग्लो मुकुट रहेको छ । बुद्धमूर्तिको पाखुराको लम्बाई ९ फिट र चौडाई १८ इन्च रहेको छ । नेपालकै कलाकार र नेपालकै ढुंगाबाट परम्परागत शैलीमा छिना र हम्मरको प्रयोग गरेर मूर्ति बनाइएको हो । बुद्धमूर्ती निर्माण र स्थापनाको लागत २ करोड रुपैया भन्दा धेरै छ । buddha murti in mustang

buddha murti in mustang buddha murti in mustang

हुम्ला रारा आधारभूत विद्यालय मतदान केन्द्रमा मतदाता नै आएनन्

हुम्ला : हुम्लाको शंखेली गाउँपालिका ३ रारामा आधारभूत विद्यालय मेखाला मतदान केन्द्रमा मतदाता नै उपस्थित नभएपछि आयोगका कर्मचारी र सुरक्षाकर्मी घाम तापेर बसेका छन् । ११९ मतदाता रहेको उक्त केन्द्रमा  स्थानीय  उपस्थित नभएपछि डीएसपी कमल प्रकाश नेपालले विज्ञप्ति टाँसेर गाउँले मतदानस्थलमा उपस्थित नभएको जानकारी दिए ।

सशस्त्र द्वन्द्वको सबैभन्दा ठूलो गल्ती-बाँदरमुढे घटन

मंसिर १०, २०७४- माडीको बाँदरमुढेमा निर्मित स्मारकमा आइतबार बिहान माल्यार्पण गर्दै  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले माडीको बाँदरमुढे घटना सशस्त्र द्वन्द्वको क्रममा घटेको सबैभन्दा ठूलो गल्ती भएको स्वीकार गरेका छन् । बाह्र वर्षअघि विसं २०६२ जेठ २३ गते  सशस्त्र द्वन्द्वमा तत्कालीन माओवादीले थापेको विद्युतीय एम्बुसमा यात्रुवाहक बस परेर सोही ठाउँमा ३८ जनाको ज्यान गएको थियो भने ७२ जना घाइते भएका थिए । उनले बाँदरमुढेका पीडितप्रति आफ्नो सधैँ सम्मान रहेको बताए । प्रचण्डले पीडित परिवार र मृतकका पक्षमा दीर्घकालीन प्रकृतिका काम गर्ने प्रतिबद्धता व्यक्त गरे । दाहाल सोमबार दिनभर पनि चुनावी कार्यक्रमअन्तर्गत माडीमा रहने कार्यक्रम रहेको छ ।

घटनापछि पहिलो पटक प्रचण्ड बाँदरमुढे पुगेका हुन् । यसअघि १२ वर्षको अवधिमा घटनास्थलमा बनेको स्मारकमा प्रचण्ड जाने कार्यक्रम पटक पटक तय भएको भए पनि मिलेको थिएन । चितवन क्षेत्र नं ३ बाट प्रचण्ड वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार छन् । चुनावी प्रचारका लागि माडीको बाँदरझुला जाने क्रममा दाहाल बाँदरमुढे हुँदै गएका थिए । दिउँसो बाँदरझुलामा घरदैलो र चुनावी सभा हुँदैछ ।