सेयर प्रमाणपत्र अभौतिक नबनाएसम्म लगानीकर्ताको हातमा बोनस सेयर नपर्ने

सेयर प्रमाणपत्र अभौतिक नबनाएसम्म लगानीकर्ताको हातमा बोनस सेयर नपर्ने

लगानीकर्ताको कमजोरीका कारण नै कतिपयले बैंक खातामा नगद लाभांस अनि डिम्याट खातामा बोनस तथा हकप्रद नपाउने अवस्था देखिन थालेको छ । पुरातन शैलीमा बसिरहेको खण्डमा लाइनमा बसेर नै बोनस अनि लाभांस संकलन गर्छु भन्ने दिन सकिएका छन् । सेयरधनीले कागजी सेयर प्रमाणपत्र अभौतिक नबनाएसम्म लगानीकर्ताको हातमा बोनस सेयर नपर्ने निश्चित भएको छ । लगानीकर्ताले डिम्याट खाता अनिवार्य रुपमा सञ्चालन गरेर सबै सेयर डिम्याट गराए पटक पटक लाभांस अनि बोनस संकलन गर्न दौडनु पर्ने झण्झटबाट छुटकारा पाउने भएका छन् ।  प्रत्येक पटक लाभांस बितरण गर्ने समयमा सुचिकृत कम्पनीहरुले सूचना निकाल्ने गरेका थिए । यति मात्र नभई कागजी प्रमाणपत्र धारण गरेका लगानीकर्ताका लागि बोनस सेयर पनि कागजी बनाउनु पर्ने अवस्था थियो । यहि अवस्थालाई मध्यनजर गर्दै नबिल बैंकले आफ्ना लगानीकर्ताहरुलाई भौतिक रुपमा बोनस तथा लाभांस पूर्जा बितरण नगर्ने भन्दै कडा सूचना प्रवाह गरेको छ ।  बैंकले गत आर्थिक वर्षमा ३० प्रतिशत बोनस बितरण गरेको थियो । त्यसै गरी बैंकले नगद लाभांस पनि भौतिक रुपमा बितरण नगर्ने भएको छ । बैंकले अभौतिक सेयर हुनेहरुलाई आफ्नो बिक्री प्रबन्धक नबिल इन्भेष्टमेण्टमा बैंक खाता उपलब्ध गराउन भनेको छ ।

लगानीकर्ताले यसरी विबरण अद्यावधिक नगराएसम्म नगद लाभांस प्राप्त गर्न नसक्ने बैंकले सूचना मार्फत प्रष्ट पारेको छ । बैंकले गत आर्थिक वर्षको कमाईबाट लगानीकर्तालाई बोनस सेयर सहित १८ प्रतिशत नगद लाभांस बितरण गरेको थियो ।अझै पनि केही कम्पनीहरुले यो व्यवस्थालाई अनिवार्य गर्न सक्ने अवस्था छैन । तर अब अनिवार्य नगरी पनि सुख नहुने भएकाले सबै संस्थाहरुले यस्तै कडा सूचना प्रवाह गर्ने पक्का छ । बैंकका अनुसार अभौतिक सेयर धारण गरी बैंक खाताको पर्याप्त विबरण उपलब्ध गराएका सेयरधनीको खातामा लाभांस रकमान्तर गरिसकिएको जनाएको छ । बोनस सेयरको हकमा भने नेप्सेमा सेयर सूचिकरण भए पश्चात सेयर लगानीकर्ताको डिम्याट खातामा जम्मा गरिने बैंकले जनाएको छ ।

 

न्युयोर्कको वल्र्ड ट्रेड सेन्टर नजिकै आक्रमण

 न्युयोर्कको म्यानहटनमा वल्र्ड ट्रेड सेन्टर नजिकै आक्रमणकारीले सर्वसाधारणमाथि गाडी जोताउँदा कम्तीमा ६ जनाको ज्यान गएको छ ।आक्रमणकारीले गलत दिशातिर साइकलको लेनमा केही ब्लकसम्म गाडी जोताउदै लगेको थियो   भने कम्तीमा ११ जना घाइते भएका छन् । घटना म्यानहटनको वेष्ट स्ट्रीट र च्याम्बर स्ट्रीटको नजिक भएको हो । त्यसपछि आक्रमणकारीले नक्कली बन्दुक देखाउदै भ्यानबाट भाग्न खोज्दा प्रहरीले गोली हानेर नियन्त्रणमा लिएका छन् । घटनापछि न्युयोर्कमा नै कार्यक्रमको शिलशिलामा रहेकी राष्ट्रपति पत्नी मेलानिया ट्रम्पले ट्वीट गर्दै घटनाबाट आफ्नो हृदय विक्षिप्त भएको जनाएकी छिन् ।आक्रमणमा आफ्नो रेन्टल गाडीको प्रयोग भएको पुष्टी गरेको छ । होम डिपोका प्रवक्ता म्याट हेरिगनले अनुसन्धानका लागि आफूहरुले सहयोग गरिरहेको जनाएका छन् ।attract new York trade center

ढुंगेललाई पक्राउ गरी जेल पठाएपछि भारी बिसाएजस्तो भएको छ : सावित्री श्रेष्ठ

ढुंगेललाई पक्राउ गरी जेल पठाएपछि भारी बिसाएजस्तो भएको छ।  बल्ल दुःखजिलो गरेर काठमाडौ ओत लाग्ने घर बनाएका छौं।  भाइका हत्यारालाइ कारवाही गर्न के मात्रै भोगिएन र।   राज्यले अपराधीलाइ छुटाउने कोशिस नगरोस्। हाम्रो जस्तो पीडा अरुले भोग्न नपरोस्। यही कामना गर्छु। थातथलोमा बस्न दिएनन्। घर छोडेर एउटा कोठामा सीमित पारे। दाइ गणेश कुमार श्रेष्ठको २०५९ मंसिर ६ गते हत्या गरेका हुन्।   माओवादीबाट धम्की आइरहेको छ। बालकृष्ण ढुंगेलले पनि पटक-पटक आफ्ना भाषणमा न्यायाधीश सुशीला कार्की र कल्याण श्रेष्ठलाइ समेत नछाड्ने धम्की दिएका थिए।   जीविकोपार्जनका लागि तोरी पेल्ने मिल थियो। दुःख गरेर खान पुग्थ्यो। तर अहिले सबैकुरा ध्वस्त भएको छ। बम पड्काएर घर ध्वस्त पारिदिएका छन्। तोरी पेल्ने मिल उतिबेलै ध्वस्त पारिदिएका हु्न्। ढुंगेललाई पक्राउ गरी जेल पठाएपछि भारी बिसाएजस्तो भएको , राज्यले अपराधीलाइ छुटाउने कोशिस नगरोस्।