दिल्लीबाट काठमाडौं आएको नेपाल एयरलाइन्सको उडान आकस्मिक अवतरण

nepali airlance accident in nepal

दिल्लीबाट काठमाडौं आएको नेपाल एयरलाइन्सको उडान आकस्मिक अवतरण

काठमाडौं : दिल्लीबाट काठमाडौं आएको नेपाल एयरलाइन्सको उडान नम्बर २०५ को एयरबस ए320 ‌(लुम्बिनी) त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ककपिटमा धुँवा देखिएपछि अपरान्ह साढे तीन बजे फोर्स ल्यान्डिङ गरिएको छ। अवतरण गर्ने क्रममा ककपिटमा धुँवा देखिएपछि अपरान्ह साढे तीन बजे फोर्स ल्यान्डिङ गरिएको थियो। जहाजमा रहेका सबै यात्रु सकुशल छन् ।विमानमा चालक दलका सदस्यसहित डेढसय यात्रु थिए।  विमानस्थललाई खाली गराएर आपतकालीन अवतरण गराइएको थियो । आपतकालीन अवतरणका लागि एयरपोर्ट आधा घन्टा बन्द गरिएको थियो। अग्नी नियन्त्रकसहित विशेष उद्धार टोललाई एयरपोर्टमा तयारी अवस्थामा राखिएको थियो।

PM oushpakamal dahal and Deuwa

प्रधानमन्त्री दाहालसँग शेरबहादुर देउवा असन्तुष्ट

२०७३, आश्विन ९ :  गैरसरकारी संघसंस्थामार्फत बर्सेनि तीन अरब रुपैयाँ कोषले मात्रै परिचालन  गरिबी निवारण कोषलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यक्षेत्रभित्र राखिएको छ ।  बर्सेनि अर्बाैंको बजेट परिचालन गर्दै आएका गरिबी निवारण कोष, युवा स्वरोजगार र गरिबसँग विश्वेश्वर कार्यक्रम सहकारी तथा गरिबी निवारण मन्त्रालय मातहत ल्याउन नमानेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालसंँग कांग्रेस असन्तुष्ट बनेको छ । गैरसरकारी संघसंस्थामार्फत बर्सेनि तीन अरब रुपैयाँ कोषले  यसपटक साढे तीन अर्ब रुपैयाँ विनियोजन भएको छ । प्रधानमन्त्री कार्यालय, अर्थ र स्थानीय विकास मन्त्रालयबीच कार्यक्रमका विषयमा समन्वय नहुँदा दोहोरापन आउनुका साथै रकम दुरुपयोग हुने गरेको सहरी तथा गरिबी निवारण मन्त्रालयका एक अधिकारीले बताए ।

CIAA indicts Tokha Municipality Buddhi Jung Gurung red-handed kickback

CIAA indicts Tokha Municipality Buddhi Jung Gurung red-handed kickback

KATHMANDU: The Commission for the Investigation of Abuse of Authority (CIAA) has filed a charge sheet against an overseer at the Tokha Municipality charging him of taking a bribe from a service Buddhi Jung Gurung red-handed while he was taking the kickback of Rs 45,000 from a service seeker at his office.   Acting on a tip-off, a special team deployed from the CIAA headquarters Tangal had caught overseer . Meanwhile, the CIAA in its charge sheet has sought a maximum punishment as per Section 3(1) of the Prevention of Corruption Act, 2002. Source :- thehimalayantimes

भैरहवा विमानस्थलमा विमान दुर्घटना – सबैजना सकुशल

 २०७३ आश्विन ८: ‘यति एयरलाइन्सको उडान नम्बर ८९३ नम्बरको विमान अपरान्ह ४ बजेर ५४ मिनेटमा धावनमार्गबाट करिव डेढ सय मिटर बाहिर पश्चिमतर्फ ‘स्किड’ भएर झाडीसहितको खाल्डोमा  दुर्घटना भएको छ ।  शनिबार यती एयरलाइन्सको विमान भैरहवामा अवतरणको क्रममा २९ जना लिएर काठमाडौंबाट भैरहवा उडेको उक्त विमान भैरहवा विमानस्थलमा अवतरण गरेपछि रनवेबाट २५० मिटर चिप्लिएर घाँसे मैदानमा पुगेको थियो । भैरहवास्थित जिल्ला प्ररही कार्यालयका डिएसपी विरबहादुर पाण्डेका अनुसार विमान ४ बजेर ५५ मिनेटमा विमानस्थलमा अवतरण गर्ने क्रममा चिप्लिएको हो । उनको अनुसार उक्त विमानमा २९ जना यात्रु सवार थिए ।विमानको तिनवटै पांग्रा पड्केकाे छ ।    विमान के कारणले ओभरसुट भयो ? भन्ने बारेमा खुल्न सकेको छैन ।Accident in nepal yeti air

Metro Police intensify CCTV installation in Kathmandu Valley

Metro Police intensify CCTV installation in Kathmandu Valley

KATHMANDU:Busiest and most sensitive areas in the Valley are being brought under the CCTV surveillance.   The Metropolitan Police Commissioner’s Office has said the cameras have already been set in 241 public locations and the installation in more 94 locations including Jawalakhel, Satdobato, Budhanilakantha and Maharajgunj areas is underway. The Metropolitan Police Office has intensified its closed-circuit television (CCTV) installation drive in multiple locations of the Kathmandu Valley.

नेपाल पञ्चाङ्ग निर्णयक समितिले दसैंको टीकाको साइत निर्धारण

नेपाल पञ्चाङ्ग निर्णयक समितिले यस वर्षको टिकाको साइत असोज २५ गते ८ बजेर ४५ मिनेटमा आश्विन शुक्ल पक्ष प्रतिपदादेखि पूर्णिमासम्म मनाइने दसैंको साइत सार्वजनिक गरेको छ । आश्विन शुक्ल दशमीका दिन मान्यजनको हातबाट देबीको प्रसाद ग्रहणका लागि विजया दशमीको दिनभर नै उत्तम साइत भएकोले जुनसुकै बेला टीका प्रसाद ग्रहरण गर्दा पनि  शुभ हुने  नेपाल पञ्चाङ्ग निर्णयक समितिले जनाएको हो । विजया दशमीका दिन विहान ८ बजेर २५ मिनेटमा देवी विसर्जनका लागि शुभ साइत रहेको छ ।

fake doctor in nepal

नक्कली चिकित्सकलाई अदालतको सफाइ

वीरगन्जः नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर डाक्टरी पढेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले पक्राउ गरेर ठगी मुद्धा चलाएका वीरगन्जका आठ चिकित्सकलाई पर्सा जिल्ला अदालतले सफाइ दिएको छ ।

पर्सा जिल्ला अदालतले ठगी मु्द्धा चलाइएका चिकित्सकलाई बुधबार सफाइ दिएको हो । पर्सा जिल्ला अदालतका न्यायाधीश महम्मद जुनैद आजादको इजलासले वादीको माग दाबी ठहर नभएको फैसला गरेका छन् । पर्सा जिल्ला अदालतमा बुधबार दिउँसो भएको बहमा प्रतिवादी चिकित्सकको तर्फबाट कानुन व्यावसायी सुधीर कर्ण, प्रमोद साह, रामनारायण कुर्मी र हरिकृष्ण अधिकारीले बहस पैरवी गरेका थिए । वादीको तर्फबाट जिल्ला न्यायाधिवक्ता सूर्यप्रसाद सुवेदीले बहस गरेको अदालतका श्रेस्तेदार खरेलले जानकारी दिए ।  सिआइबीको टोलीले असार ३ गते वीरगन्जको नारायणी उपक्षेत्रीय, नेशनल मेडिकल कलेज र निजी क्लिीनमा छापा मारेर डा.कुशराज गिरी, डा.सरोज सिंह, डा.पन्नालाल पटेल, डा.दिनेशकुमार साह तेली, डा. निमेशपाल रमण, डा. रामकुमार प्रधान, डा.इर्शादुल हक र डा.मोहम्मद रहुल्लाहलाई पक्रेर काठमाडाँै लगेको थियो ।  उनले अदालतको फैसला पछि आठै जना चिकित्सक बुधबार नै धरौटी बापत आफूले जम्मा गरेको रकम बुझेर घर फर्किएका छन् ।

असार १७ गते सिआइबीले मिसिलसहित चिकित्सकलाई ठगी गरेको सम्बन्धी मुद्दा चलाउन जिल्ला प्रहरी कार्यालय पर्सालाई बुझाएपछि पर्सा प्रहरीले असार १९ गते डाक्टरविरुद्ध जिल्ला अदालत पर्सामा ठगी मुद्धा दर्ता गरेको थियो  । स्रोत : anapurnapost

 

chau padi in nepal

छाउपडी प्रथाविरुद्ध अभियानको थालनी

दि पावर न्युज डट कम, सम्वाद दाता:  पश्चिमका जिल्लाहरुको अभिशापकोरुपमा लिइएको छाउपडीविरुद्ध अभियानको थालनी भएको पनि बर्षौ वितिसक्यो । नेपालको सुदुर पश्चिमाञ्चल र मध्य पश्चिमाञ्चलमा बिषेश गरी कुप्रथाकोरुपमा जरो गाडेको छाउपडी प्रथाले गर्दा महिला, किशोरीहरु ४ दिन देखि ७ दिन सम्म छाउ भएको बेला छुट्टै गोठमा वा ओडारमा बस्नु पर्ने बाध्यता रहदै आएको छ । कुप्रथालाई हटाउन मुगुमा पनि अभियानको थालनी भएको छ ।  सन २०१७ सम्म मुगुलाई छाउपडी मुक्त जिल्ला घोषणा गर्ने उद्देश्यले मुगुमा विशेष गरी ग्रामीण बस्ती, टोलटोल र सदरमुकाम गमगढी बजारमा अभियान नै छेडिएको छ । कुुुप्रथालाई हटाउन सरकारले संविधानत व्यवस्था गरेको छाउपडी प्रथा उन्मुलन निर्देशिका अनुसार मुगुमा अभियान तीब्र पारिएको छ । छुई भएको समयमा उनीहरुलाई गाई भैसी भन्दा तल्लो दर्जामा राख्ने ,खानेकुराहरु दुध दही माछा मासु ,लगायत पोषिलो भिटामिनयुक्त खानेकुरा नदिने घर भित्र राख्दा देबी देउता रिसाउने दुध दही खादा गाई भैसी बहुलाउने ,छाउ भएको बेला तरकारी बारी ,फलफुल बारीका काम गर्न जादा छुई हुने भई तरकारी फलफूल कुहिने अन्धविश्वासले सबै स्थान बर्जित गरिएको हुन्छ ।  धार्मिक मान्यताका आधारमा ३४८ घरधुरी, परम्परागत चलन २५४ घरधुरी ,समुदायमा नकारात्मक सोच ३३ घर धुरी र अन्य बिभिन्न कारण ८ घरधुरी देखिएकोले मुगुमा छाउपडी प्रथाले जरो गाडेको निष्कर्ष ती संस्थाहरुको छ ।

उत्तरी धादिङको अर्को नाम (Ruby Valley)

डेभिड घले, धादिङ्:  राजधानीबाट झन्डै २०० कि.मि टाढा सडक संजालले छोएको प्याल्दोर हिमालको फेदीबाट हेर्दा देखिने हरियाली रुबिको खानी भएको पर्यटकीय

डेभिड घले
डेभिड घले

गन्तब्य हो रुबि भ्यालि, जहाँ विभिन्न थरीका बहुमुल्य रुबिहरु; रातो, हरियो, निलो र सेतो ढुंगा पाइन्छ। उत्तरी धादिङका अधिकाश स्थानीय बासिन्दाहरु पर्यटक भन्ने बित्तिकै बिदेशी मूलको नागरिक र गोरो छाला भएको मानिस भनेर बुझ्ने गर्दछन। कमै मानिसहरु मात्र आन्तरिक पर्यटनको बारे सामान्य जानकारी भएको बताउछन्। आफ्नै मूलुक भित्र आन्तरिक पर्यटकको रुपमा नयाँ खोज अनुसन्धान, घुमफिर गर्नेहरुको संख्या बढदो छ, यद्यपि राजधानीबाट नजिकको प्राकृति सुन्दरताले भरिभराउ रुबि भ्यालीको बारेमा अधिंकाश आन्तरिक पर्यटकहरूलाई जानकारी नभएको हुन सक्छ किन कि यहाँको बास्तबिकता बारे राष्ट्रिय रुपमा प्रचारप्रसार त्यति बेला सुरु भयो जब धादिङ जिल्लाका पर्यटन ब्यवसायीहरु एकत्रित भएर धादिङमा “पर्यटन प्रबर्द्धन, सम्भावना र चुनौती विषयक गोष्ठी” तथा जनचेतनामूलक कार्यक्रमहरुको आयोजना गर्ने थुप्रै संघ संस्थाहरु जन्मिए, जस मध्ये ‘ गणेश हिमाल पर्यटन बिकास समिती’ का तत्कालीन अध्यक्ष कुल बहादुर गुरुङको नेतृत्वमा पर्यटन सम्बन्धि विभिन्न कार्यक्रमहरुको आयोजना गरि जनचेतना जगाउने कामहरुको थालनी भयो। पर्यटन ब्यवासयीहरुको छाता संगठन टान ( TAAN )का तत्कालीन अध्यक्ष रमेश धमलाको अगुवाईमा उत्तरी गा. बि. स. हरु लगायत धादिङमा पर्यटनसंग जोडिएका महत्वपूर्ण क्षेत्रहरुको पहिचान गरि पर्यटनमार्ग अर्थात ट्रेकिङ रुट निर्धारण गर्ने र आवस्यक बजेट बिनियोजन मार्फत पर्यटनको प्रबर्द्धन र वृद्धि बिकासको कार्यहरु सफल भए लगत्तै उक्त क्षेत्रको बारेमा आन्तरिक पर्यटनको विषयले चर्चा पाएका थिए।

सोमदाङ् उपत्यका तस्विरः दिपक न्यौपाने
सोमदाङ् उपत्यका तस्विरः दिपक न्यौपाने

त्यस क्षेत्रको प्राकृतिक सुन्दरता र त्यहाँ पाइने अनेकन जैविक विविधताको कारण धेरै मानिसहरु रुबि भ्यालीको बयान गर्न चुकाउदैनन्,सोही क्षेत्र संग सरोकार राख्ने उच्च-पहाडी क्षेत्र संरक्षण अभियान-नेपाल, धादिङको बिशेष पहलमा पछिल्लो समय बिश्वकै दुर्लभ बन्यजन्तु हाब्रे(रेड पाण्डा)को सफल अध्ययन, अनुसन्धानले झन यसको महत्त्व बढाएको छ भने बेसि झरे लगत्तै अर्को दुर्लभ जनावर सालक (Pangolin)को सफल अनुसन्धान पश्चात बहसको विषय बन्नुले पनि रुबि भ्यालिको महत्व झनै दर्शाएको छ।

मोटर वाटोको अन्तिम गन्तव्य स्थल पार्वती कुण्ड तस्विरः दिपक न्यौपाने
मोटर वाटोको अन्तिम गन्तव्य स्थल पार्वती कुण्ड तस्विरः दिपक न्यौपाने

रुवी उपत्यका का केहि झलक

nepali polic dolakha in thepowernews

लैङ्गिक हिंसा न्यूनीकरण अन्तर संवाद कार्यक्रममा प्रहरीको संलग्नता

दि पावर न्युज डट कम, दोलखा: २०७३ असोज, कालीढुङ्गा उ.मा.वि. मिर्गे ( ७ दोलखामा साथी संस्था द्वारा आयोजित लैङ्गिक हिंसा न्यूनीकरणका लागि, प्रहरी र सरोकारवालाहरुसँग अन्तर संवाद कार्यक्रममा सम्पन्न भएको छ । कार्यक्रममा उपस्थित सहभागीहरुले निकै रुचि पुर्वक लैङ्गिक हिंसाको बारेमा जिज्ञासा राखेका थिए । प्रहरीसंग सम्बन्धीत आएका प्रश्नहरुलाई पालैपालो नेपाल प्रहरीका तर्फवाट प्र.स.नी. लाल प्रसाद लुईटेल (लक्ष्मण )ले सहभागीहरु लाई जानकारी गराउनुभयो । कार्यक्रममा सहभागी भएरलैङ्गिक हिंसा न्यूनीकरणका बारेमा जानकारी पाएकोमा खुसिलागेको र अन्य ज्ञान उपयोगी कार्यक्रमहरु ल्याउनसके यस भेगका मानिसहरुलाई फाइदा पुग्ने कुरामा उपस्थित सहभागीहरुको मत रहेको छ । सोहि क्रममा स्कूलका बिद्यार्थी भाइबैनीहरुलाई वक्तृत्वकलामा पुरस्कृत भएका लाई पुरस्कार बितरण गरिएको थियो  ।

 

nepali polic dolakha in thepowernews
कार्यक्रमा बोल्दै प्र.स.नी. लाल प्रसाद लुईटेल (लक्ष्मण )

nepali polic dolakha in thepowernews