नक्साल पम्पमा पेट्रोलमा प्रहरीको एकलौटी राज – प्रहरीको घेरामा नागरिक

naksal police petrol pomp strike

नक्साल पम्पमा पेट्रोलमा प्रहरीको एकलौटी राज – प्रहरीको घेरामा नागरिक

 दिपक न्यौपाने, नक्साल, काठमाडौ – नक्साल स्थित प्रहरी पेट्रोल पम्ममा आज दिउसो १ः०० बजे जति मात्रमा प्रहरीको संयोजनमा पेट्रोल बाडिरहेको अबस्था थियो । यो एकाएक बदलिएर खुलेयाम प्रहरीका उच्च ओहोदा को लागी मात्र पेट्रोल बितण हुनथात्यो त्यस पछि १–२ लिटर पेट्रोल मात्र भएपनि देऊ भनि हत्ता दिन सम्म कुरि बसेका जनताहरुले एकाएक प्रहरी प्रति रिसले खनिएका थिए । प्रहरी पेट्रोल पम्ममा ज्याजति भैरहेको र उच्च ओहोदाका प्रहरीहरु खुलेयाम गेट भित्र बहिर आवत जावत गरिरहेका र पम्पमा भने पेट्रोल छैन भन्ने बोड राखेर बाटो पेटिमा बसिरहेका नागरिकलाई धकेल्दै हप्काउदै प्रहरी परिचालन गरिएको देखिन्त्यो । देशमा भैरहेको पेट्रोलको चरम अभाबमा प्रहरीले दशैको समयमा नागरिक प्रति देखाएको व्यबहार ज्यादै लाज मर्दो देन्थ्यिो । त्याहाको गतिबिधिको श्रव्य दृश्य

बीरगञ्ज नाका तत्काल खुल्दैन – भारतीय राजदूत रणजीत राय

३ कात्तिक, काठमाण्डौ – नेपालमाथि अघोषित नाकाबन्दी गरिरहेको भारतले बीरगञ्ज नाका तत्काल नखुल्ने बताएको छ । परराष्ट्रमन्त्री कमल थापाले भारत भ्रमण गरेर आएको भोलीपल्ट नेपालका लागि भारतीय राजदूत रणजीत रायले पत्रकार सम्मेलन गरी हजारौं आन्दोलनकारी सीमा नाकामा बसेर आन्दोलन गरिरहेको हुँदा तत्कालै नाका खुल्ने सम्भावना नरहेको बताए । नेपालले चीनबाट पेट्रोलियम पदार्थ आयात गर्ने तयारी थालेकोबारे सोधिएको प्रश्नमा राजदूत रायले भने-‘नेपाल सार्वभौम मुलुक हो, चीनबाट पनि ल्याउन सक्छ ।’
बीरगञ्जमा रोकिएका इन्धनका ट्याङ्कर अन्य नाकाबाट भित्राउने उपाय पनि सही नभएको उसले बताएको छ । सरकार र मधेसबादी दलहरुवीच वार्ता भइरहेको र संसोधन प्रस्ताव समेत दर्ता भइसकेको जानकारी आफुले पाएको भन्दै उनले छिटै समस्या समाधान हुनेमा आशाबादी रहेको बताए ।
govermnet staffs

बडादशैको आज फुलपाती भित्राउदै

३ कात्तिक, काठमाडौं । आज फूलपाती, देशभरका शक्तिपीठमा पूजाआजा गरिँदै छ । आश्विन शुक्ल सप्तमीका अवसरमा मङ्गलबार देशभरका शक्तिपीठमा फूलपाती भित्रयाइँदै छ । फूलपाती स्वरूप केरा, दाडिम, धान, हलेदो, मानवृक्ष, कवि, बेल, अशोक र जयन्ती नाम गरिएका नवपत्रलाई पूजा गरी दुर्गापूजा गरेको स्थानमा भित्रयाउने प्रचलन छ । नौ पातमा क्रमशः ब्रामायणी, रक्तदन्तिका, लक्ष्मी, दुर्गा, चामुण्डा, कालिका, शिवा, शोकहारिणी र कात्तिकी देवीलाई आहृवान गरेर पूजा पनि गरिन्छ ।

दसैँको पहिलो दिन जस्तै सप्तमी, अष्टमी, नवमी एवम् दशमी तिथिको विशेष महत्व हुने शास्त्रीय मान्यतानुसार फूलपातीको आफ्नै विशिष्ट महत्व रहेको र दसैँका लागि पूजा सामग्री स्वरूप फूलपाती भित्रयाउने कार्य गरिने नेपाल पञ्चाङ्ग निर्णयक समितिले  जनाएको छ ।

narendra modi and kamal thapa

आन्तरिक समस्या आफैं हल गर्नुहोस् – मोदी

  नेपालमा उब्जिएको इन्धनसहितका दैनिक उपभोग्य पदार्थको संकट खुलाउन शनिबार दिल्ली आएका उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापालाई प्रधानमन्त्री मोदीले पनि ‘मधेस क्षेत्रमा देखिएको असन्तुष्टि सम्बोधन गर्दै आन्तरिक राजनीतिक समस्या सुल्झाउनु उपयुक्त हुने’ सुझाव दिएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सीमावर्ती नाकामा देखिएको बाधा/अवरोधका कारण दैनिक उपभोग्य सामानको नेपालमा सहज आपूर्ति हुन नसकिरहेको अवस्थाबारे आफू जानकार रहेको भन्दै नाकाको व्यवधान हटाउन र सुरक्षा प्रत्याभूति गराउन नेपाल सरकारलाई आग्रह गरेका छन् ।

परराष्ट्र मन्त्री थापाले ‘आपसी अविश्वास र असमझदारी हटाउनमा आफ्नो दिल्ली भ्रमण सफल भएको’ प्रतिक्रिया दिँदै ‘सहज आपूर्ति हुन नसकेर नेपालले बेहोरिरहेको समस्या हटाउन भारतले तत्काल पहल थाल्ने’ संकेत दिएको जनाए । प्रधानमन्त्री मोदीसँग भेटवार्ता गर्न सोमबार दिउँसो रेसकोर्स पुगेका थापाले ‘समस्याको ग्राउन्ड-रियालिटी बुझाउन आफू सफल भएको’ उल्लेख गर्दै ‘सहज आपूर्ति तथा ढुवानीको क्रम सुरु हुनेमा’ आश्वस्त रहेको बताए । ‘सामान निर्यात र ढुवानीमा भारतको तर्फबाट कुनै किसिमको अवरोध छैन, हुँदैन,’ प्रधानमन्त्री मोदीको भनाइ उद्धृत गर्दै परराष्ट्रमन्त्री थापाले भने, ‘अवरुद्ध नाका खोल्ने काममा नेपाल सरकारले पहल गर्नुपर्‍यो ।

   मधेस केन्दि्रत सरोकारमा जोडिएर गरिएको संविधान संशोधनको मस्यौदा अझै अल्भिmएर बसेको र सीमांकनसम्बन्धी समस्यामा मधेसी/थारू समुदायको गुनासो यथावत् रहेकोबारे पनि उच्चस्तरीय भेटवार्तामा सरोकार राखिएको थियो ।   प्रधानमन्त्री मोदीसँग भेटवार्ता गरेपछि पनि ‘वीरगन्ज (रक्सौल) बाहेक सहज आवागमन देखिएका नाकाहरूबाट मात्रै निर्यात अनुपात बढाउन सकिने जवाफ पाएपछि अघोषित नाकाबन्दीको स्थिति अझै केही समय लम्बिने संकेत नेपाली अधिकारीले पाएका हुन् ।  बिहारको बरौनी र पश्चिम बंगालको हल्दियास्थित रिफाइनरीमा भरिएका ग्यास-बुलेट सीमावर्ती नाकाहरूमा सुरु भएको बाधा/अवरोधका कारण रक्सौल नाकामा थन्किएका थिए । तीन सातायताको अघोषित नाकाबन्दीको स्थितिपछि नेपाली उपभोक्तामाझ पेट्रोलियम पदार्थको हाहाकार मच्चिएपछि पारवहनको असहज स्थितिबारे छलफल गर्न दिल्ली आएका आयल निगमका पदाधिकारले ग्यास ढुवानीका लागि मार्ग परिवर्तन को विकल्प अघि सारेका थिए । सबै कागजी प्रक्रिया पूरा भएपछि यी ग्यास बुलेट ढुवानी गरेर तिहारको मुखमा काठमाडौं पुर्‍याइनेछ ।

Kaml-thapa back from india

भारतबाट परराष्ट्रमन्त्री थापाको ‘रित्तो हात’

२ कात्तिक, काठमाडौं – नाकाबन्दीका कारण देशमा उत्पन्न संकट निवारणको जिम्मवारी बोकेर भारत भ्रमणमा गएका उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापा लगभग रित्तो हात स्वदेश फर्केका छन् । परराष्ट्रमन्त्री थापा भारतीय नेताहरुलाई ‘कन्भिन्स’ गर्न गएका थिए कि उनीहरुबाट ‘कन्भिन्स’ हुन ? भारतबाट फर्केलगत्तै दिएको अभिव्यक्तिले उनी उल्टै भारतीय नेताहरुबाट ‘कन्भिन्स’ भएर फर्केको भान हुन्छ । ‘भारतीय प्रधानमन्त्री र विदेशमन्त्रीले नेपालको समस्याप्रति चासो र चिन्ता व्यक्त गर्नुभयो’ मन्त्री थापाले पत्रकारहरुसित भने-‘भारतीय पक्षबाट सीमानाकामा कुनै अवरोध नहुने प्रतिवद्धता व्यक्त भएको छ । थापाको भनाइबाट द्विपक्षीय वार्ताहरु अघोषित नाकाबन्दीभन्दा बढि नेपालको संविधानका विषयमा केन्दि्रत रहेको प्रतित छ ।

नेपालकै पत्रकारहरुमाझ ‘नाकाबन्दी’ शब्दको उच्चारण नगरेका थापाले भारतीय नेताहरुसित कति घुमाउरो किसिमले कुरा राखे होलान् भन्ने सहज अनुमान गर्न सकिन्छ ।

Wishing U all a very Happy Vijaya Dashami 2072- harihar bhandari

“बडा दशै २०७२ को हार्दिक मंयलमय शुभ कामना” – हरिहर भण्डारी

नेपालीहरुको घर आँगनमा आइरहेको बडा दशै  २०७२ साथै शुभ दिपावली तथा छटको उपलक्षमा सम्पुर्ण देशवासी नेपाली  दाजुभाई तथा दिदी बैनीहरुमा  नयाँ उत्साहका साथ भाईचाराको भाबना  मजबुद होस भन्ने कामना गर्दै “बडा दशै २०७२ को  हार्दिक मंयलमय शुभ कामना”

– हरिहर भण्डारी
प्रबन्ध निर्देशक
हिमालयन अनलाइन सर्भिस, परिवार

daura

काठमाडौंमा दसैंका लागी दाउरा – वन मन्त्रालय

२ कात्तिक, काठमाडौं – भारतको अघोषित नाकाबन्दीपछि ग्यासको अभाव चर्किएसँगै सरकारले काठमाडौंसहित मुख्य सहरी क्षेत्रमा सस्तो मूल्यमा दाउराको बिक्री सुरु गर्ने आश्वासन दिएको थियो । दसैंलाई लक्षित गरी सरकारी निकायबाट यो वर्ष उपत्यकामा दाउराको बिक्री नहुने भएको छ ।दाउरा विक्रीका लागि तयारी नपुगेको वन मन्त्रालयले जनाएको छ ।  वन मन्त्रालयले दसैंअघि नै दाउरा ल्याएर बिक्री सुरु गर्ने बताए पनि औपचारिक निर्णय अझैसम्म गरेको छैन । सरकार परिवर्तनका कारण औपचारिक निर्णयमा ढिलाइ भएको हो । भारतले पर्याप्त पेट्रोलियम पदार्थ नदिएपछि वन मन्त्रालय यस्तो तयारी थाले पनि दसैंअघि सर्वसाधारणले सुलभ मू्ल्यमा दाउरा किन्न नपाउने भएका हुन् ।

धेरै होटल तथा रेष्टुरेन्टमा दाउराको प्रयोग भइरहेको छ । तर, मागअनुसार दाउरा नपाउँदा सबै पीडित छन् । निजी डिपोहरुले पनि दाउराको मूल्य बढाएका छन् । अहिले सरकारी वनमा दाउराका रुपमा प्रयोग हुन सक्ने सुकेका, लडेका रुख तथा मुडा रहेकाले त्यसलाई समेटेर काठमाडौंलगायतका सहरमा पुर्‍याउन प्रयत्न हुने मन्त्रालयले जनाएको छ ।

Happy Vijaya Dashami 2072 - binit

“बडा दशै २०७२ को हार्दिक मंयलमय शुभ कामना” – बिनित सत्याल

बिजया दशमी सधैं आऊ तिमी उन्नती बनेर, चुनौती सामना गर्न चट्टान बनेर, रातो टिका बनेर, जमरा बनेर, सक्तिद्दाएक बनेर, ज्ञान मय भएर, खुसी भएर, उल्लास भएर, सबैका लागि सधैं सधैं, मंगलमय बनेर, सबै सबैलाई शुभकामना बनेर ।

-बिनित सत्याल

www.thepowernews.com

modern style

“आधुनिक मा लोक परिबेश”

दिपक न्यौपाने, काठमाडौ – बर्षौ देखि गित संगीत क्षेत्रमा चाहे व्यावसायिक रुपमा होस चाहे संगीत सृजना सर्जक कोmodern style रुपमा कृयाशिल चिरपरिचित नाम बि पाण्डे को पछिल्लो गितको म्युजिक भिडियो बजारमा आएको छ।गायक राजु बराल को स्वर र अर्का चर्चित गायक डिज राज पौडेलले संगीत गरेको हिमाली भेगमा हिउँ पर्यो कान्छी बोलको गितलाइ निकेश खड्का ले भिडियोनिर्देशन गरेका छन।किशोर पिताम्बर र सम्पदा बानियाँले अभिनय गरेको यो गितको भिडियो यो हप्ता मात्र बजारमा आएको हो।।लोक आधुनिक फ्युजनमा बनेको यो गितले स्रोता दर्सक को मन जित्ने कुरामा आफू ढुक्क रहेको गितकार बि पाण्डेले thepowernews.com लाई बताएका छन।यो गितलाइ गायक राजु बराल को दोस्रो अल्बम “पाइला” मा समाबेश गरिएको छ भने उहाँहरुकै सहकार्य मा अर्को एउटा देशप्रेम ले भरिएको गितको भिडियो बजारमा आउने क्रममा छ।”मलाइ यो देशको ईतिहास पड्न मन छ बनाउदै बाटो कुलो अघि बड्न मन छ”बोलको यो गितको निर्देशन भने पाण्डे आफैले गर्ने जानकारी आएको छ।

aids-ribbon

‘एड्स रोगीमा औषधिले काम गरेन’

काठमाडौं –हाल मुलुकभर एचआईभीको औषधि सेवन गरिरहेकाहरुको संख्या करिब १६ हजार रहेकोमा १० प्रतिशत व्यक्तिको शरीरबाट एचआईभी एड्सको भाइरसको संख्या कम नभइरहेको देखिएको हो । करिब १० प्रतिशत एड्स रोगीमा औषधिले काम नगरिरहेको सरकारी सर्वेक्षणले देखाएको छ । मुलुकमा एचआइभी–एड्स भएकामा गरिएको औषधि प्रतिरोधी सर्वेक्षण राष्ट्रिय जनसंख्या प्रयोगशाला र राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको संयुक्त अगुवाइमा सुरु भएको हो ।  स्रोत: स्रोत: कान्तिपुर दैनिक