अफगानिस्तानमा शक्तिशाली भूकम्प, ठूलो धनजनको क्षति, पाकिस्तानमा १३० को मृत्यु

earthquake in pakisthan

अफगानिस्तानमा शक्तिशाली भूकम्प, ठूलो धनजनको क्षति, पाकिस्तानमा १३० को मृत्यु

९ कात्तिक, काठमाडौं – अफगानिस्तानको हिन्दु कुश हिमालय पहाडलाई केन्द्र बनाएर गएको शक्तिशाली भूकम्पको धक्का,  पाकिस्तानमा मात्र १३० जनाको मृत्यु भएको छ ।  भूकम्पले बढी मानवीय क्षती भने पाकिस्तानमा भएको छ ।  अफगानिस्तानमा पनि ठूलो धनजनको क्षति भएको छ । पाकिस्तान र भारतका साथै काठमाडौंमा समेत धक्का महसुस भएको छ । भूकम्प  ७.७  भनिएको छ । भूकम्पमा परी पाकिस्तानमा मृत्यु हुनेको संख्या १०५ पुगेको छ । अफगानिस्तानमा पनि घरहरु भत्किएका छन् । एक स्कुलमा भूकम्पपछि भागदौड मच्चिँदा १२ छात्राको मृत्यु भएको छ । शक्तिशाली भूकम्पपछि ४ रेक्टर स्केलभन्दा माथिका दुई पराकम्प गएको छ ।

nepal-china-border

इन्धन खरिदको सम्झौता गर्न नेपाली टोली बेइजिङ प्रस्थान

९ कात्तिक, काठमाडौं-   चीनसँग इन्धन खरिद तथा आपूर्ति सम्न्धी सम्झौता गर्न एक नेपाली टोली आज सोमबार बेइजिङ जाँदैछ ।चीन तयार भएमा दिर्घकालीन रुपमा इन्धन खरिद गर्ने गरी सम्झौता गर्ने नेपाली टोलीको तयारी छ । दिउँसो २ बजे चीन प्रस्थान गर्ने टोलीको नेतृत्व चीनका लागि नेपाली राजदुत डा. महेश मास्के गर्दैछन् । ८ सदस्यीय टोलीमा बाणिज्य मन्त्रालयसहित अर्थ, कानून र परराष्ट्र मन्त्रालयका एक-एक जना सहसचिव छन् । टोली १ बजेर ५५ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट उड्नेछ ।  चीनले यसै हप्ता भित्र नेपाललाई १३ लाख लिटर पेट्रोल अनुदानमा दिँदैछ ।

KP-oli-vs-Prachanda

राष्ट्रपति चुनावबारे ओली र प्रचण्डबीच वार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सोमबार बिहान भेटवार्ता भएको छ । बालुवाटारबाट फर्केपछि प्रचण्डले पार्टीभित्र आन्तरिक छलफल गर्दैछन् ।  सरकार संचालनसम्बन्धी उच्चस्तरीय राजनीतिक समितिका संयोजक समेत रहेका प्रचण्डले बहुमतीय प्रक्रिया सुरु भए पनि सहमतिकै आधारमा राष्ट्रपति र उपराष्ट्रपति गर्नुपर्नेमा जोड दिएको छ ।
ओलीसँगको भेटवार्ताका लागि अध्यक्ष प्रचण्ड बिहान बालुवाटार पुगेका थिए। भेटमा राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेदवारीलगायतका विषयमा छलफल भएको थियो। प्रचण्डसँगको भेटपछि एमाले स्थायी समितिको बैठक सुरु भएको थियो ।
Shital-Niwas of thepowernews

Process for election of new President and Vice President

kathmandu –   A meeting of Legislature-Parliament on Saturday will commence the election process for the appointment of new President and Vice President.  According to the new constitution, the president and vice president should be elected within a month of constitution promulgation. However, the incumbent President Ram Baran Yadav has not yet resigned. The meeting has been scheduled for 3 pm.

The House session is resuming today first time after the Dashain break. The last House meet on October 16 had elected Onsari Gharti Magar to the post of Speaker and Ganga Prasad Yadav to the post of Deputy Speaker. They were elected uncontested. Today’s meeting will present a timetable for the election of President and Vice President and will also appoint the Parliament Secretariat General Secretary as the election officer. –  the kathmandu post

Petrol-line

पेट्रोलको कालोबजारी बढ्दै

 भद्रपुर – सीमावर्ती क्षेत्र बनियानी, पथरिया, काँकरभिट्टालगायतका क्षेत्रमा भारतीय नम्बरको मोटरसाइकलको ट्याकीमा ल्याएको पेट्रोल ग्यालेन वा पानीको बोतलमा खन्याएर बिक्री गर्ने गरिएको छ  ।इन्धनको सहज आपूर्ति हुन नसक्दा झापाको सीमावर्ती क्षेत्रमा पेट्रोलको कालोबजारी बढ्दै गएको छ ।  कतिपयले भारतीय नम्बरको मारुती भ्यान तथा बोलेरोमा ग्यालेनमा पेट्रोल राखेर ल्याई अनधिकृत व्यापार गर्ने गरेका छन् । तेलको कालोबजारी भारतीयले मात्र नभई सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपालीले पनि गर्ने गरेका छन् । यसरी ल्याइएको पेट्रोल प्रतिलिटर १५० देखि रु १८० सम्ममा बिक्री गर्ने गरिएको छ ।

nepal-police-install-missing-person-desk-600x0

प्रहरीमाथि आक्रमण गर्ने जुवाडे पक्राउ

गौशाला- प्रहरीमाथि आक्रमण गर्ने एक जुवाडेलाई महोत्तरी प्रहरीले  पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिजलपुरा–९ बस्ने रविन्द्र घोरारी रहेको छ ।
इलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको टोलीले बिजलपुरा–९ स्थित पथलैया बजारमा जुवा खेलिरहेका जुवाडेहरुलाई बिहीबार अबेर राति पक्राउ गर्न खोज्दा जुवाडे र प्रहरीबीच केहीबेर झडपसमेत भएको थियो । जुवाडेहरुले एकतर्फी रुपमा प्रहरीमाथि ढुङ्गामुढा गरेका थिए । घाइते प्रहरी हबल्दार भूमिहारको बर्दिबास स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । घटनामा संलग्न अन्य जुवाडेहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । रासस
Nepali road construction

‘इन्धन आपूर्ति हुन नसक्दा सडकसम्बन्धी काम ठप्प’

भारतसँगका सीमा नाकाहरुमा देखिएको अवरोधका कारण इन्धनको सहज आपूर्ति हुन नसक्दा देशभर खासगरी सडक मर्मत र बाटो खोल्ने काम ठप्प भएका छन्। यसका कारण वर्षभरिमा सक्नुपर्ने कामको लक्ष्य पूरा गर्न कठिन हुनका साथै त्यसको लागत रकम पनि बढ्ने सडक विभागले जनाएको छ। तराईमा जारी आन्दोलन र त्यसपछि भारतसँगका सीमा नाकाहरुमा उत्पन्न अवरोध विकासको महत्वपूर्ण सूचक मानिने सडक सुधारमा पनि बाधक बन्ने पुगेको छ। सडक विभागका अनुसार इन्धन अभावले प्रभावित विकाश परियोजनाको एउटा ज्वलन्त उदाहरण हो नेपाललाई चीनसँग जोड्ने रसुवा नाका इन्धन अभावका कारण सडकसम्बन्धी प्रभावित कामका फेहरिस्त सुनाउँदै भट्टले भने, “हाम्रो हरेक कुरामा इन्धन चाहिने हुन्छ, जस्तो भनौँ न ठूला उपकरणहरुलाई इन्धन चाहिन्छ, लोडरमा इन्धन चाहिन्छ, इन्धन नभई त कुनै कामै हुँदैन, हाम्रो राजमार्गहरु जुन मर्मत हुन्छन् नि त्यो मर्मत गर्ने प्याच टाल्ने सबैकाम बन्द भएका छन्, त्यस्तै ठाउँ ठाउँमा राजमार्ग सहायक राजमार्गहरु जुन कालोपत्रे गर्नुथियो त्यो सबै काम बन्द भएको छ, भएकै छैन्।”

govermnet staffs

आज विजयादशमी ठूलाबडासँग अार्शिवाद थापिँदै

नेपाल पञ्चाङ्ग निर्णयक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमका अनुसार यस वर्ष महानवमी र दशमी(विजयादशमी) एकै दिन परेको छ । यस वर्ष विहान १०ः४५ बजे देवी विसर्जन र १०ः५५ बजे टीकाको शुभसाइत रहेको नेपाल पञ्चाङ्ग निर्णयक समितिले जनाएको छ । नेपालीहरूको महान चाड विजयादशमीमा आश्विन शुक्ल प्रतिपदा (घटस्थापना)मा घटस्थापनासहित जमरा राखी नवमीसम्म दुर्गा सप्तसती (चण्डी) पाठ गरी नवदुर्गा र शक्तिस्वरुपा महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजासहित प्रसादका रुपमा टीका जमरा ग्रहण गरिन्छ । दसैँ पर्वले काम, क्रोध, लोभ, मोह, अहङ्कार, आलस्य, हिंसा र चोरी आदि त्याग्ने सत्प्रेरणा दिने विश्वास गरिन्छ ।

long time strike in nepal

बिहान पूजा, दिउँसो आन्दोलन

रौतहट-बन्द, हड्ताल र नाकाबन्दीको कारण जिल्लाका बजार र यातायातसमेत ठप्प रहेको अवस्थामा मधेसी समुदायले दसैं मनाइरहेका छन्। विजयादशमीको दिन जिल्लाका प्रमुख शक्तिपीठमा दूर्गा भवानीको अस्थायी प्रतिमा बनाएर मेला लगाइएको छ।   दुई महिनादेखि आन्दोलनरत मधेसी समुदाय आन्दोलनसँगै दसैं मनाइरहेका छन्।  सदरमुकाम गौर, गरुडा, समनपुर, शिवनगर, मलाहीटोल, गंगापिपरा, बंकुल, कटहरिया र मत्सरी लगायतका पुराना बजारहरुमा वर्षौंदेखि दूर्गा भवानीको प्रतिमा बनाएर पूजा आजा भइरहेका छन्।

लामो समयदेखि बन्द, हड्ताल र नाकाबन्दी जारी राख्दै मधेसीको अधिकारका लागि दूर्गा भवानीको पाठसँगै आन्दोलन जारी राखेको छन्। ‘बिहान घरमा दूर्गा भवानीको पूजा पाठ गर्छौ,’  ‘दिउँसो आन्दोलन गर्छौ’ मोर्चाका संयोजक साह,।

Happy Vijaya Dashami 2072 - binit

“बडा दशै २०७२ को हार्दिक मंयलमय शुभ कामना” – भरतसन्तोषी लामा

विजया दशमी २०७२ को पावन अवसरमा समस्त नेपाली दाजुभाइ ,दिदीबहिनी,आमाबुबाहरुमा सुस्वास्थ्य तथा दिर्घायुको निम्ति हार्दिक मङलमय शुभकामना ब्यक्त गर्दछु। – भरतसन्तोषी लामा,गीतकार /अद्यापक