भारत छिमेकीलाई नतर्साऊ – पाकिस्तानी प्रधानमन्त्री नवाज शरीफ

NawaZ-Sarif

भारत छिमेकीलाई नतर्साऊ – पाकिस्तानी प्रधानमन्त्री नवाज शरीफ

४ असोज, काठमाडौं –  संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शरीफले आफ्नो छिमेकीले पाकिस्तानमा अस्थिरता निम्त्याउन चाहेको गुनासो पोखे । पाकिस्तानी प्रधानमन्त्री नवाज शरीफले कुनै पनि प्रकारको बलको धम्की दिएर छिमेकीलाई नतर्साउन भारतलाई चेतावनी दिएका छन् । पाकिस्तानले आतंकवादसँग जुधिरहेको र दक्षिण एशियामा शान्ति सुव्यवस्था कायम गर्न प्रयत्नरत रहेको शरीफले बताए । तर, पाकिस्तानलाई संकटमा फसाउनमा भारत जिम्मेवार रहेको शरीफले आरोप लगाए । गरीबी र शस्त्रीकरण भारत र पाकिस्तानका साझा समस्या भएकाले तिनीहरुसँग मिलेर जुध्न आग्रह गर्दै प्रधानमन्त्री नवाजले आफ्नो छिमेकीलाई कुनै पनि प्रकारको बल प्रयोग गरेर वा बल प्रयोग गर्ने धम्की दिएर नतर्साउन भारतसँग आग्रह गरे ।

 एक समय नेपालजस्तै स्वतन्त्र राष्ट्रका रुपमा रहेको कश्मिरलाई त्यहाँका हिन्दु राजाले हस्ताक्षर गरेर भारतलाई बुझाएपछि जम्मु-कश्मिर दशकौंदेखि हिंसाको शिकार बन्दै आएको छ । बहुसंख्यक कश्मिरी जनता भारतमा गाभिएको विरोधमा संघर्षरत छन् । कस्मिरमा राष्ट्रसंघलाई निम्तो पाकिस्तानी प्रधानमन्त्रीले संयुक्त राष्ट्र संघमा एकपटक फेरि कश्मीर मुद्दा उठाएका छन् । भारतले सीमारेखामा संघर्षविराम उल्लंघन गरेको भन्दै शरीफले कश्मिरमा संयुक्त राष्ट्रसंघको अनुगमनकर्ता मागसमेत गरेका छन् ।

यसै क्रममा भारत-पाक सीमानामा सन् २००३ मा भएको युद्धविराम भारतीय पक्षले उल्लंघन गरेको भन्दै पाकिस्तानी प्रधानमन्त्रीले राष्ट्र संघको ध्यानाकर्षण गराएका हुन् ।

Rajendra-mahato-in-Bhairahawa

भारतसँग मिलेर काठमाडौंमा नाकाबन्दी नाइकेको राजेन्द्र महतोसँग १५ करोड भन्दा बढी अबैध सम्पति

काठमाडौं –   महतो २०५६ सालको आम निर्बाचन र जनआन्दोलन २०६२र६३ पछि गठित बिभिन्न संयुक्त सरकारमा रहँदा र २०६४ सालको संबिधानसभा निर्बाचन पछि पनि गठित सरकारको मन्त्री पदमा रहँदै आएको र पदको दुरुपयोग गरी १५ करोड भन्दा बढी सम्पति आर्जन गरेकोले सो सम्पति जफत गरी राज्यको ढुकुटीमा जम्मा गरिदिनु हुन अनुरोध गर्दछौं भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरी अझै बिचाराधिन छ । भारतसँग मिलेर काठमाडौंमा नाकाबन्दी लगाउन मुख्य भूमिका खेलिरहेका सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोसँग १५ करोड भन्दा बढी अबैध सम्पत्ति रहेको तथ्य खुलेको छ।

पैत्रिक सम्पत्ति शुन्य बराबर रहेका महतोले  छोरा राधवेन्द्र महतोको नाममा बल्खुमा शिबशक्ति नामको हस्पीटल निर्माण गरी आर्थिक हैसियतलाई अझ उचाइमा पुर्याएका छन्। महतोले आपुर्ती र स्वास्थ्य मन्त्री बनेपछि १५ करोडको हाराहारीमा सम्पत्ति कमाइसकेका छन्। तर २०६४ अघि किराना पसल सञ्चालन गरी हेल्परको काम गर्ने उनका पिताको आर्शिवादबाट महतो एरपोर्टमा सामान्य ठेक्का पट्टाको काम गरेर राजनीतिमा उत्रिएपछि एकाएक उनको आर्थिक हैसियत आकाशिएको भन्दै उजुरी परेको थियो । महतोले  २०६८ साल असोजको दोश्रो साता संचारकर्मीहरूलाई बिजया दशमीको शुभकामना दिने भन्दै प्रतिब्यक्ति पाँच हजार देखि १५ हजार रुपैयाँसम्मको रकम अबैद्य रुपले बितरण गरेका थिए।

२०६४ साल अघि सामान्य हैसियतमा हिड्ने महतो  र उनको परिवारका नाममा सिद्धार्थ बैंकमा ५० प्रतिशत शेयर छ भने महतोले भिमसेनगोलामा एक रोपनी जग्गामा सात करोड भन्दा बढी खर्च गरी अलिसान महल निर्माण गरिसकेका छन् । त्यसैगरी, महतोले परिवारका सदस्यका नाममा जनकपुरको मुरलीचोकमा तीन विघा घडेरी खरिद गरिसकेका छन् भने वर्दिवास महोत्तरीमा पाँच कट्ठा जग्गा खरिद गरेका छन्। महतोले स्वास्थ्य मन्त्रीमा रहंदा बीपी कोइराला राष्ट्रिय स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानको उपकुलपतिमा बीपी दासलाई नियुक्ति गर्दा एक करोड घुस लिएको भन्दै उजुरी परेको थियो । उनले मेडिकल काउन्सिलमा डा.निरमणी उपाध्यायलाई रजिष्ट्रार बनाउँदा पचास लाख बुझेका थिए। तर आज तिनै निरमणीलाई लोकमानसिंह कार्कीले गोप्य सल्लाहाकार बनाएका छन् ।

tatopani naka

तातोपानी नाका खुलाउन अखिलका कार्यकर्ता सिन्धुपाल्चोक

१४ असोज, काठमाडौं – चीनसँगको तातोपानी नाकाको अवरोध हटाउन भन्दै एमाले समर्थित अनेरास्ववियुका दुई सय कार्यकर्ता राजधानीबाट सिन्धुपाल्चोकतर्फ लागेका छन् । भृकुटीमण्डवमा भेला भएर उनीहरु बसमा सिन्धुपाल्चोकतर्फ लागेका हुन् । अनेरास्ववियुका कार्यकर्ता र स्थानीयबासी समेतको सहभागितामा चार पाँच दिन लगाएर नाका खोलेर र्फकने लागेका छन् ।