अधिकारी दम्पतीको अबस्था सुन्ने को ?

अधिकारी दम्पतीको अबस्था सुन्ने को ?

दि पावर न्युज सम्वाद दाता,काठमाडौ ।-छोराको हत्यारामाथि कारवाहीको माग राख्दै नौ महिन देखि  अनसनरत अधिकारी दम्पतीलाई अहिले आफ्नै स्वास्थ्यले साथ दिन छाडेको छ । गोरखा फुजेलका नन्दप्रसाद र गंगामाया अधिकारीको उपचार खर्च सरकारले दिन छाडेपछि उनिहरुको स्वास्थ स्थिती हेदा स्लाइन पानी दिन लाग्दा नसा नै भेटिदैन । कसरी उपचार गर्ने भन्ने कुराले वीरअस्पता पनि समस्याको रुपमा अधिकारी दम्पती रहेको उल्लेख गर्दै छ । दम्पत्तीको उपचारमा संलग्न चिकित्सकहरुले अहिलेकै स्थितिमा ुबचाउन नसक्नेु जानकारी दिइसकेको छ ।

हाल अधिकारी दम्पत्तीको आइसियु कक्षमा उपचार भइरहेको छ । उनीहरु नौ महिनादेखि अस्पतालमै अनसन बसेका हुन् । उनीहरुका छोरा कृष्णप्रसादको ०६१ मा माओवादीले अपहरिणपछि हत्या गरेको थिए ।

काठमाडौको सडकमा धान कोदो छुपु छुपु

दीपक न्यौपाने काठमाठडौ, साउन ०७, २०७१– सुन्दा अचम्म लाग्ला अझ देख्दा त छक्कै पर्नु हुन्छ । काठमाडौ महानगरपालीका वडा नं १६ मा पर्ने बालाजु चोकमा आज दिउँसो १०ः४५ बजे एक लाज लाग्दो दृश्यले दुनियाँ दंग बनायो । बालाजु चोक बाट बाइपास जाने बाटोमा सडक बिभागले काम थालेको थुपै्र भैसक्यो तरपनि काम गर्न आलेटाले गर्दा बाटोमा हिड्न कठिन समस्या भोग्दै आएका स्थानियहरुले सम्बन्धीत निकायसंग रीस पोख्दै काम नगर्ने भए खेती लगाउनु भन्दै हिलोमा धान र कोदो रोपाई गरेका Dhan Ropai छन् ।चौवाटोको एउटा चोकमै यो रोपाई भैरहदा काठमाडौबाट अन्य जिल्लामा जान बसमा यात्रा गरि रहेका यात्रुहरु इयालको सिसा तानातान गर्दै यो दृश्यलाई हतार हतारमा नजरअन्दाज लगाइरहेका थिए ।Dhan ropai 206

 

वी पी को संझनामा कबिता वाचन

दीपक न्यौपाने काठमाठडौ, साउन ०७, २०७१– भृकुटिमण्डप स्थित बिश्वाभाषा क्याम्पस को कार्यक्रम हलमा वी पी को संझनामा स्वरुप कबिता वाचन तथा बिचार बिमर्श कार्यक्रम गरियो । बक्क्तताहरुले वीपीको आदर्श र उहाको व्यक्तित्वको बारेमा चार्चा गरेका थिए भने कार्यकं्रमा बिभिन्न क्षेत्रका कविहरुले समसामयीक, आफ्ना भाबना अनुकुलका चोटिला व्यङ्य कबिता बाचन गरेका थिए । कार्यक्रमका बिशेष अतिथिको रुपमा नेपाली कांग्रेसका केन्दीय सदस्य एवं सभासद दिलबाहादुर घर्ती उपस्थित हुनुभएको थियो ।