अधिकारी दम्पतीको अबस्था सुन्ने को ?

दि पावर न्युज सम्वाद दाता,काठमाडौ ।-छोराको हत्यारामाथि कारवाहीको माग राख्दै नौ महिन देखि  अनसनरत अधिकारी दम्पतीलाई अहिले आफ्नै स्वास्थ्यले साथ दिन छाडेको छ । गोरखा फुजेलका नन्दप्रसाद र गंगामाया अधिकारीको उपचार खर्च सरकारले दिन छाडेपछि उनिहरुको स्वास्थ स्थिती हेदा स्लाइन पानी दिन लाग्दा नसा नै भेटिदैन । कसरी उपचार गर्ने भन्ने कुराले वीरअस्पता पनि समस्याको रुपमा अधिकारी दम्पती रहेको उल्लेख गर्दै छ । दम्पत्तीको उपचारमा संलग्न चिकित्सकहरुले अहिलेकै स्थितिमा ुबचाउन नसक्नेु जानकारी दिइसकेको छ ।

हाल अधिकारी दम्पत्तीको आइसियु कक्षमा उपचार भइरहेको छ । उनीहरु नौ महिनादेखि अस्पतालमै अनसन बसेका हुन् । उनीहरुका छोरा कृष्णप्रसादको ०६१ मा माओवादीले अपहरिणपछि हत्या गरेको थिए ।

Spread the love